संखुवासभा– संखुवासभामा डेंगुु संक्रमण रोक्न जिल्ला रेडक्रस सोसाइटीले तीन महिने अभियान थालेको छ। जिल्लामा डेंगु संक्रमण फैलिएपछि रेडक्रसले उक्त अभियान थालेको हो। रेडक्रसले आगामी नोभेम्बरसम्म डेङ्गुविरुद्धको अभियान सञ्चालन गरेको हो।
यस क्रममा विद्यालयमा बालबालिकालाई डेंगुुबारेमा जानकारी दिन ‘स्कूल हेल्थ नर्स’ कार्यक्रम अघि बढाइएको जिल्ला रेडक्रस सोसाइटीका अध्यक्ष सरोजकुमार वज्राचार्यले जानकारी दिए। यसका साथै रेडक्रसले डेंगुु नियन्त्रण तथा रोगथामका लागि स्वयंसेवक परिचालन तथा स्थानीय तह र स्वास्थ्य संस्थामार्फत लार्भा खोज र नष्ट अभियानसमेत थालेको छ।
हिमाली जिल्लामा पनि डेंगु संक्रमित बढेपछि रेडक्रस सोसाइटीले अभियान सुरु गरेको हो । संखुुवासभामा साउनयता डेंगुु संक्रमितको संख्या ६ सय २५ पुगेको छ। जिल्ला स्वास्थ्य कार्यालयका खोप अधिकृत रोशन श्रेष्ठका अनुसार १० स्थानीय तहमध्ये आठमा डेंगुु संक्रमण फैलिएको छ।
‘भोटखोला र चिचिला गाउँपालिकामा मात्र डेंगुु संक्रमित देखिएका छैनन्’, उनले भने। सबैभन्दा बढी संक्रमित खाँदबारी नगरपालिकामा भेटिएका छन्।–रासस


