२०८३ कार्तिक १४ गते शुक्रबार

पोखरा महानगरका ४८ प्रहरी दीक्षित, प्रमुखलाई दर्ज्यानी

 |  नेपाल क्लिक्स
Sanket

नेपाल क्लिक्स

काठमाडौँ, भदौ ३०
pokhara

पोखरा- पोखरा महानगरपालिकाका ४७ जना नगर प्रहरीहरू दीक्षित भएका छन्। गण्डकी प्रदेश प्रहरी तालिम केन्द्र लामापाटनमा सम्पन्न नगर प्रहरी जवान आभारभूत तालिम (७–०१) औँ समूहको तालिममा सहभागी ४७ जना नगर प्रहरी जवानहरूलाई दीक्षित गरिएको हो।

उनीहरूलाई पोखरा महानगरपालिकाका प्रमुख धनराज आचार्य, कास्कीका प्रमुख जिल्ला अधिकारी वासुदेव घिमिरे, पोखरा महानगरपालिकाका प्रमुख प्रशासकीय अधिकृत श्यामकृष्ण थापा, गण्डकी प्रदेश प्रहरी तालिम केन्द्रका समादेशक प्रहरी वरिष्ठ उपरीक्षक अरुण पौडेलले संयुक्त रूपमा दीक्षित गरेका हुन्।

४५ दिनसम्म चलेको आधारभूत तालिममा नगर प्रहरी जवान मैना श्रेष्ठ सर्वोत्कृष्ट भएकी छन्। तालिममा नगर प्रहरी जवान सृष्टि अधिकारी देवकोटा द्वितीय र नगर प्रहरी जवान सीमान्त थारु तृतीय भएका छन्।

अध्ययन तर्फ नगर प्रहरी जवान सृष्टि अधिकारी देवकोटा, कवाज तर्फ नगर प्रहरी जवान मसिना राई, शारीरिक व्यायाम तर्फ नगर प्रहरी जवान सञ्जय क्षेत्री र खेलकुद तथा अतिरिक्त क्रियाकलाप तर्फ नगर प्रहरी जवान लक्ष्मी कार्की प्रथम भएका छन्।

उनीहरूलाई केन्द्रका तालिम संयोजक प्रहरी निरीक्षक सागर तिमिल्सीना, प्लाटुन कमान्डर तथा प्रशिक्षक प्रहरी सहायक निरीक्षक सङ्गम हमाल, प्रहरी हवलदार गुरु प्रसाद कालुङ, प्रहरी जवान तथा प्रशिक्षक अमन चौधरी र प्रहरी जवान तथा प्रशिक्षक जानुका श्रेष्ठ लगायतले प्रशिक्षण प्रदान गरेका हुन्।

तालिमको पहिलो चरणमा नगर प्रहरी परिचय तथा मूल्य शिक्षा र संविधान तथा ऐन नियम (६ दिन), दोस्रो चरणमा सुरक्षा तथा नगर प्रहरी कार्य र भिड व्यवस्थापन (२५ दिन) र तेस्रो चरणमा स्थानीय निकायको काम कर्तव्य र अधिकारका (१४ दिन) विषयमा प्रशिक्षण प्रदान गरिएको तालिम संयोजक प्रहरी निरीक्षक सागर तिमिल्सिनाले बताए।

तालिमको आन्तरिक मूल्याङ्कन प्रक्रियामा १३ जना महिला तथा ३४ जना पुरुषहरू मध्ये २९ जना क श्रेणी र १८ जना ख श्रेणीमा परेका छन्।

दीक्षान्त समारोहमा नगर प्रहरी जवानहरूले राष्ट्रिय सलामी अर्पण सहित कवाज समेत प्रदर्शन गरेका छन्। उनीहरूलाई पोखरा महानगरपालिकाका प्रमुख प्रशासकीय अधिकृत श्यामकृष्ण थापाले शपथ गराएका हुन्।

उनीहरूलाई दीक्षित गर्दै महानगरपालिकाका प्रमुख धनराज आचार्यले नयाँ नगर प्रहरीहरूको आवागमनले नगर प्रहरीलाई थप शसक्त बनाएको बताए।

जनशक्तिका हिसाबले नगर प्रहरीको संख्या बढ्नुका साथै समग्र पोखरा महानगरपालिकाको सुव्यवस्थामा समेत सहयोग पुग्ने विश्वास व्यक्त गरे।

बजार व्यवस्थापनमा नगर प्रहरीको भूमिका अझ शसक्त बनाएर लैजान उनले निर्देशन समेत दिए।

तालिम केन्द्रका समादेशक प्रहरी वरिष्ठ उपरीक्षक अरुण पौडेलले महानगरपालिकाले सुम्पेको जिम्मेवारी कुशलता पूर्वक सम्पन्न गरेको स्मरण गराउँदै आगामी दिनमा समेत नगर प्रहरीको क्षमता अभिवृद्धि लगायतका तालिम कार्यक्रमहरू सञ्चालनका लागि सहकार्य गर्न तत्पर रहेको बताए।

नगर प्रहरीहरूले इमान्दातिाका साथ तालिम पुरा गरेको र तालिममा सिकेका कुराहरूलाई अक्षरशः व्यवहारमा उतार्ने समेत उनले विश्वास व्यक्त गरे। नगर प्रहरीहरूको हौसला बढाउनका लागि नेपाल प्रहरीको तर्फबाट सदैव साथ र सहयोग रहने उनले उल्लेख गरे।

पोखरा महानगरपालिका नगर कार्यपालिकाको कार्यालय पदपूर्ति समितिको निर्णयअनुसार नगर प्रहरी जवान पदमा सेवा करारका लागि महानगरपालिकाले गत २०७९ चैत्र १२ गते खुल्ला तर्फ २७ जना, महिला तर्फ ४, आदिवासी जनजाति तर्फ ७, मधेसी तर्फ ६, दलित तर्फ ३ र पिछडिएको क्षेत्र तर्फ १ गरी ४८ जना प्रहरी जवानका लागि दरखास्त आह्वान गरेको थियो। सो दरखास्त अनुसार छनौट भई ४५ दिनको आधारभूत तालिममा सहभागी ४७ जना नगर प्रहरीहरू दीक्षान्त पश्चात कार्यक्षेत्रमा खटिनेछन्।

पोखरा महानगरपालिकाको नगर प्रहरी व्यवस्थापन ऐन २०७५ अनुसार नगर प्रहरीलाई महानगरपालिकाको सम्पत्तिको सुरक्षा र संरक्षण, महानगरमा हुने विभिन्न सभा समारोह, स्थानीय जात्रापर्वहरुको सुरक्षा व्यवस्थापन, महानगर क्षेत्रको पार्किङ स्थलको रेखदेख तथा व्यवस्थापन, सरसफाइ सम्बन्धी मापदण्डको कार्यान्वयन, न्यायिक समितिले गरेका मिलापत्र तथा निर्णयको कार्यान्वयन, सार्वजनिक जग्गा तथा सम्पत्तिको संरक्षण, विपद् व्यवस्थापन, छाडा पशुको नियन्त्रण, अनधिकृत निर्माणमा रोक लगायतका जिम्मेवारीहरू तोकिएका छन्।

यसैबिच हालै मात्र नगर प्रहरी निरीक्षकमा बढुवा भएका नगर प्रहरी प्रमुख पुरुषोत्तम थापालाई दज्र्यानी चिन्ह प्रदान गरिएको छ। प्रहरी निरीक्षक थापालाई पोखरा महानगरपालिकाका प्रमुख धनराज आचार्यले दज्र्यानी चिन्ह प्रदान गरेका छन्।

२०६० साल जेठ ७ गते नगर प्रहरी सहायक निरीक्षक पदबाट सेवा प्रवेश गर्नुभएका थापा २०७७ सालमा नगर प्रहरी नायव निरीक्षक र २०८० साउन ९ गतेको निर्णयअनुसार नगर प्रहरी निरीक्षक पदमा बढुवा भएका हुन्। प्रहरी निरीक्षक थापा त्रिभुवन विश्वविद्यालयबाट राजनीति शास्त्रमा स्नातकोत्तर पास गरेका छन्।

प्रकाशित: २०८० भदौ ३० गते शनिवार ०८:०१
प्रतिक्रिया

थप समाचार

चक्रवाती आँधीको प्रभावले हवाई उडान प्रभावित हुन सक्ने, सतर्कता अपनाउन प्राधिकरणको आग्रह

काठमाडौँ: चक्रवाती आँधी ‘अर्नब’ को सम्भावित प्रभावका कारण नेपालका विभिन्न प्रदेशमा वर्षा, हावाहुरी र हिमपात हुन सक्ने भन्दै नेपाल नागरिक उड्डयन प्राधिकरणले हवाई उडान सुरक्षामा उच्च सतर्कता...

प्रधानमन्त्री विपद् कोषमा कति रकम आयो? कति खर्च भयो? समितिले खोज्यो हिसाब

काठमाडौँ: भोटेकोशी तथा कालीगण्डकी करिडोर विपद्सम्बन्धी अध्ययन तथा अनुगमन संसदीय विशेष समितिले प्रधानमन्त्री दैवी प्रकोप उद्धार कोषमा प्राप्त रकम, प्रभावित वडा र पालिकामा भएको खर्चको विस्तृत...

अर्नब चक्रावत: नारायणगढ–मुग्लिनसहित प्रमुख राजमार्गमा पहिरोको जोखिम

अत्यावश्यकबाहेक वर्षाको समयमा राजमार्गमा यात्रा नगर्न र गर्नैपरे ट्राफिक वा सडक कार्यालयबाट सूचना लिएरमात्र यात्रा गर्न अपिल गरिएको छ।

त्रिवि मैदान बाहिर सानो व्यापार, ठूलो राहत : कुमारीको मुहारमा चमक

काठमाडौँ: नेपाल प्रिमियर लिग (एनपीएल) ले त्रिवि क्रिकेट मैदानबाहिरको चहलपहलसँगै साना व्यापारीको व्यापार पनि बढाएको छ। खेल हेर्न आउने दर्शकको भीडले मैदानबाहिर चटपटे, चाउचाउ, पानीलगायतका सामान...

भारत–चीन जोड्ने कर्णाली करिडोर: व्यापार, पर्यटन जलविद्युतको सम्भावना 

सुर्खेत: भारतको जमुनाहादेखि चीनको हिल्सा नाकासम्म जोड्ने कर्णाली करिडोरलाई उत्तर–दक्षिण व्यापारिक मार्गका रूपमा विकास गर्ने लक्ष्य राखिएको छ। करिब ५०५ किलोमिटर लामो यो करिडोरले कर्णालीका...
ambika
उद्योग

जहाँ संकट, त्यहाँ अम्बिका

सरकारी जागिर हुँदै पुँजीबजार, चन्द्रागिरीदेखि समस्याग्रस्त संस्थाको पुनरुत्थानसम्म, अम्बिकाप्रसाद पौडेलको जोखिम, सिकाइ र उद्यम यात्रा।
rameshwar-shah-4
अन्तर्वार्ता

‘जनकपुरमा २ अर्बको होटलदेखि मुक्तिनाथसम्म लगानी गर्दैछौँ’ [अन्तर्वार्ता]

पर्यटकका लागि सबैभन्दा ठूलो कुरा सुरक्षा हो। उनीहरू आफ्नो पैसा र समय खर्च गरेर नेपाल आउँछन्। सुरक्षा जोखिमको सन्देश गएपछि बुकिङ रद्द हुनु स्वाभाविक हो।
advance-international-hospital-nepal
स्वास्थ्य

भैरहवामा ४ अर्ब २० करोडको अत्याधुनिक अस्पताल अन्तिम चरणमा, पुसदेखि सञ्चालन गर्ने तयारी

नेपालगञ्ज मेडिकल कलेज, सञ्जिविनी नर्सिङ कलेज र सिटी अस्पतालका सञ्चालहरूले 'एडभान्स इन्टरनेसनल हस्पिटल'  निर्माण गरिरहेका हुन्।
hyatt_place
उद्योग

पौने तीन अर्बमा कुपन्डोलमा पाँचतारे ‘हायात प्लेस’ होटल बन्दै, दुई वर्षमा सञ्चालन हुने

हालसम्म होटलको ४८ प्रतिशत वित्तीय प्रगति भएको छ।कूल प्रगति मध्ये १७ प्रतिशत जग्गा खरिदको हिस्सा रहेको छ। होटल आगामी सन् २०२८ को मध्यमा सम्पन्न गर्ने लक्ष्य रहेको सायनले जनाएको छ।
Amit_Agrawal_Greenline
बैंकिङ

ऋण नतिरेपछि ग्रिनलाइनका अमित अग्रवालको सम्पत्ति लिलाम गर्दै एनआईएमबी

बैंकले आरती घिराई अग्रवालको नाममा मालपोत कार्यालय कलंकीमा दर्ता भएका दुई रोपनी १५ आना जग्गा लिलाम गरेर ऋण असुली गर्न लागेको हो।

सम्पर्क

Homepage Media Pvt. Ltd.
सूचना विभाग दर्ता नंः ३८६१-०७९/८०

Anamnagar, Kathmandu, Nepal
फोन: +977-9849664207
इमेल: [email protected]

विज्ञापनको लागि

फोन: : +977-9802356661
इमेल : [email protected]
  • अध्यक्ष/प्रधान सम्पादक
    नारायण अमृत
  • सम्पादक
    बाबुराम खडका
  • प्रमुख कार्यकारी अधिकृत
    जीवन तिम्सिना