ललितपुर– नेपाल बालकुमारी क्योकुसिन कराते संघले श्याम महर्जनको अध्यक्षतामा २१ सदस्यीय नयाँ कार्यसमिति चयन गरेको छ। भाद्र ३० गते (शनिबार) सम्पन्न संघको दोस्रो साधारणसभा तथा निर्वाचनले नयाँ कार्यसमिति चयन गरेको हो।
नेपाल फुल कन्ट्यआक कराते महासंघका अध्यक्ष शालिकराम कुँवरको प्रमुख आतिथ्यतामा सम्पन्न संघको महासचिवमा विकास महर्जन चयन भए। संघमा पाँच जना उपाध्यक्ष हुने व्यवस्था छ। सुवर्ण राज श्रेष्ठ, काजि रत्न महर्जन, ज्ञानेन्द्र महर्जन, विष्णु श्रेष्ठ र उसन वज्राचार्य उपाध्यक्ष बने।
अनिल सुवेदी सचिव चयन भएको कार्यसमितिमा कृष्ण सुवेदी कोषाध्यक्ष छन्। नारायण अधिकारी, विश्व महर्जन, सुदर्शन खतिवडा, मोहन खड्का, नम्रता लामा, प्रबिन्द्र अवाले, अनिल राई, राजिव महर्जन, रुपेश जोशी, सुरज बज्राचार्य, बिजय महर्जन र विक्रम सिंह सदस्य छन्।
संघले चौथो मेयर कप राष्ट्रिय फुलकन्ट्याक कराते प्रतियोगिता गर्ने समेत जानकारी गराएको छ।


