२०८३ कार्तिक १२ गते बुधबार

मोटरसाइकलले ठक्कर दिएको घटनाको रिसइबी साँध्दा तीनकुनेमा ४ जनाको हत्या

 |  नेपाल क्लिक्स
Sanket

नेपाल क्लिक्स

काठमाडौँ, भदौ ३१
Tinkune_hatya4-8

काठमाडौँ- काठमाडौँ-३२ तीनकुनेको दिव्य काठ मिलभित्र पसेर चार जनाको हत्या आरोपमा पक्राउ परेका व्यक्तिलाई प्रहरीले सार्वजनिक गरेको छ।

प्रहरीले सिन्धुपाल्चोक बाह्रबिसे नगरपालिका-९ का २३ वर्षीय सञ्जय भण्डारीलाई पक्राउ गरी सार्वजनिक गरेको हो।

जिल्ला प्रहरी परिसर काठमाडौंले आइतबार बेलुका भण्डारीलाई सार्वजनिक गरेको छ। प्रहरीले पत्रकार सम्मेलन गर्दै सामूहिक हत्या प्रकरण हुनुको मुख्य कारण मोटरसाइकलको ठक्कर रहेको पाइएको बताएको छ।

भण्डारी बोल्न सक्दैनन्। प्रहरीले सांकेतिक भाषाबाट उनीसँग बयान लिएको थियो।केही समयअघि मोरङ बेलबारीका नवीन भनिने विशाल राईले चलाएको मोटरसाइकलले भण्डारीलाई चाबहिलमा ठक्कर दिएको थियो।

त्यसबेला राईले भण्डारीलाई कुटपिट गरेका थिए। त्यसैको रिसिइबी साँध्न भण्डारी काठमिलमा राईलाई खोज्दै पुगेको देखिएको छ।

हत्यामा प्रयोग भएको खुकुरी।

सुरूमा राई बस्ने ठाउँ खोज्दै भण्डारी काठ मिलमा पुगेको देखिएको छ। सुरूमा उनले ‘भेट्छु निहुँ खोजे छप्काइदिन्छु’ भनी दिदी-भिनाजुको घरको डेराबाट खुकुरी लिएर काँडाघारीबाट निस्केका थिए।

मिलको पछाडिपट्टीको बन्द गेटबाट माथि चढेर उनी भित्र छिरेका थिए।

‘उनी भित्र छिरेर सोफामा बसे,’ परिसर प्रवक्ता प्रहरी उपरीक्षक कुमोध ढुंगेलले भने, ‘किन बसेको भन्दै विशालले कुटपिट गरेपछि रिस थाम्न नसकेर टाउकोमा खुकुरी प्रहार गरी हत्या गरे।’

विशालको हत्या गर्ने क्रममा बुढी आमा शुभद्रा भुजेलले देखिन्। भण्डारीले उनलाई पनि टाउकोमा खुकुरी प्रहार गरे।

त्यसपछि पूर्णबहादुर भुजेल (कुमार)ले देखे। उनलाई पनि प्रहार गरे। क्रमश: उनकी श्रीमती अम्बिकाले देखिन्। उनलाई पनि टाउकोमा नै प्रहार गरे।

काठमाडौँ प्रहरीले आयोजना गरेको पत्रकार सम्मलेन।

त्यसपछि भण्डारीले पूर्णबहादुरको लाशलाई छिसार्दै टहराको कुनामा रहेको ट्वाइलेटको ढोका छेउमा फाले। अम्बिकाको लाशलाई पानीको कल छेउमा लगेर फाले। शुभद्राको शव काठको गोदाम छेउमा लगेर फाले।

‘तत्काल उनले विशाललाई रिसिइबीको कारण हत्या गरेको भए पनि अन्य तीन जनालाई सो घटना बाहिर आउँछ भनी हत्या गरेको खुल्यो,’ ढुंगेलले भने।

चारै जनाको हतयापछि मिलको मुख्य गेटमा ड्याङड्याङ आवाज आएको र बत्तीको लाइट देखिएपछि पछाडिपट्टीको गेटबाटै हामफालेर कोटेश्वर चोक हुँदै काँडाघारी वीरेन्द्र चोकमा पुगेर दिदी-भिनाजुको कोठामा गएर सुतेको पाइएको छ।

शनिबार बिहान उठेर उनी आफू पढेको नक्सालस्थित स्कुलमा गएर साथीभाइ भेटी घर आएर सुतेको खुलेको छ।

आइतबार बिहान उठेर खान खाएपछि सिन्धुपाल्चोक घर जाने क्रममा प्रहरीले उनलाई पक्राउ गरेको हो। उनको झोलामा हत्या गर्दा प्रयोग गरेको खुकुरी बरामद भएको छ।

उनले कापीमा ‘आई किल्ड फोर पिपल’ लेखेको ढुंगेलले बताए। भण्डारीले सांकेतिक भाषामा कक्षा १२ पास गरेको बताएका छन्।

काठ मिलभित्र दोलखा घर भई सोही काठ मिलमा गेटपालेको काम गर्ने ५५ वर्षीय पूर्णबहादुर (कुमार) भुजेल, उनकी श्रीमती अम्बिका भुजेल, उनकी आमा ७० वर्षीया शुभद्रा भुजेल भुजेल र मोरङ बेलबारी घर भएका १९ वर्षीय विशाल (नवीन) राईको शुक्रबार राति हत्या भएको थियो।

हत्याको अनुसन्धान सिलसिलामा धनकुटा घर भई सोही मिलमा काम गर्ने २८ वर्षीय दीपेन्द्र राईलाई प्रहरीले पक्राउ गरेको थियो। उनी राति मिलभित्र पस्दा सबैको हत्या भइसकेको पाइएको छ।

राई राति बानेश्वर वृत्तमा हस्याङफस्याङ गर्दै ट्याक्सी लिएर पुगेका थिए। भण्डारीले हत्या स्वीकार गरेपछि प्रहरीले दीपेन्द्रलाई रिहा गरेको छ।

नवीन दीपेन्द्रका काकाका छोरा हुन्। नवीन एक महिनाअघि मात्रै वैदेशिक रोजगारीका लागि प्रक्रिया अघि बढाउन काठमाडौं आएका थिए।

प्रकाशित: २०८० भदौ ३१ गते आईतबार ०७:३२
प्रतिक्रिया

थप समाचार

विद्युत् व्यापार आशयपत्रको स्वागत गर्दै इप्पानले राख्यो चार माग

काठमाडौं। स्वतन्त्र ऊर्जा उत्पादकहरूको संस्था, नेपाल (इप्पान) ले अन्तरदेशीय विद्युत् व्यापारको तयारीका लागि निजी क्षेत्रलाई आशयपत्र जारी गर्ने सरकारको निर्णयको स्वागत गर्दै अनुमतिपत्र पाउने...

एनपीएलका लागि ९ सहरमा एक्सट्रीमका १० फ्यान जोन, प्रवेश निःशुल्क

काठमाडौँः नेपाल प्रिमियर लिग (एनपीएल) को तेस्रो संस्करणलाई लक्षित गर्दै एक्सट्रीम इनर्जी ड्रिङ्कले देशका ९ सहरमा १० वटा फ्यान जोन सञ्चालन गर्ने भएको छ। कात्तिक ९ देखि मंसिर ५ गतेसम्म हुने एनपीएलका...

भैरहवामा ४ अर्ब २० करोडको अत्याधुनिक अस्पताल अन्तिम चरणमा, पुसदेखि सञ्चालन गर्ने तयारी

नेपालगञ्ज मेडिकल कलेज, सञ्जिविनी नर्सिङ कलेज र सिटी अस्पतालका सञ्चालहरूले 'एडभान्स इन्टरनेसनल हस्पिटल'  निर्माण गरिरहेका हुन्।

एनपीएल क्रिकेट: जनकपुर टस जितेर फिल्डिङमा

काठमाडौँ: राजधानीमा जारी तेस्रो संस्करणको नेपाल प्रिमियर लिग (एनपीएल)को दोस्रो दिनको दोस्रो खेलमा अहिले जनकपुर बोल्ट्स र कर्णाली याक्स भिड्दैछन्। कीर्तिपुरस्थित त्रिवि अन्तर्राष्ट्रिय...

कहीँ नभएको जात्रा हाँडीगाउँमा !

काठमाडौँ: दशैँको कोजाग्रत पूर्णिमाको भोलिपल्टदेखि काठमाडौँको हाँडीगाउँमा मनाइने चोक्काथुनारायणको जात्रा सुरू भएको छ। ‘कहीँ नभएको जात्रा हाँडीगाउँमा’ उखानसँग जोडिएको यो जात्रा तीन दिनसम्म...
ambika
उद्योग

जहाँ संकट, त्यहाँ अम्बिका

सरकारी जागिर हुँदै पुँजीबजार, चन्द्रागिरीदेखि समस्याग्रस्त संस्थाको पुनरुत्थानसम्म, अम्बिकाप्रसाद पौडेलको जोखिम, सिकाइ र उद्यम यात्रा।
advance-international-hospital-nepal
स्वास्थ्य

भैरहवामा ४ अर्ब २० करोडको अत्याधुनिक अस्पताल अन्तिम चरणमा, पुसदेखि सञ्चालन गर्ने तयारी

नेपालगञ्ज मेडिकल कलेज, सञ्जिविनी नर्सिङ कलेज र सिटी अस्पतालका सञ्चालहरूले 'एडभान्स इन्टरनेसनल हस्पिटल'  निर्माण गरिरहेका हुन्।
TRISHULI_FLOOD (2)
पूर्वाधार

रसुवा–भोटेकोशी बाढीः ३२ हजारभन्दा बढी नागरिक प्रभावित, ७९ अर्बको क्षति

बाढीले निजी घरपरिवारतर्फ मात्रै ६९ अर्ब ५७ करोड रुपैयाँ र व्यावसायिक प्रतिष्ठानतर्फ ९ अर्ब ६० करोड रुपैयाँ बराबरको क्षति पुर्‍रयाएको प्रारम्भिक आकलन छ।
Bijuli_export
आर्थिक नीति

तीन महिनामा १६ अर्ब बढीको बिजुली भारत र बंगलादेश निर्यात

रसुवा बाढीका कारण केही जलविद्युत आयोजनाको उत्पादन बन्द भई निर्यात प्रभावित भए पनि गत वर्षको असोज र चालू आर्थिक वर्ष भदौको तुलनामा यस वर्ष असोजमा विद्युत निर्यातबाट प्राप्त कारोबार रकम बढेको...
saudi
विदेश

साउदीमा हुथी आक्रमणः कच्चा तेलको भाउ बढेर पुग्यो ब्यारेलको ११३ डलर माथि

खाडी अशान्त बनेपछि अन्तर्राष्ट्रिय बजारमा कच्चा तेलको भाउ उकालो लागेको छ। ब्रेन्ट क्रुडमा कच्चा तेलको भाउ बढेर ११३.४ डलर पुगेको आयल प्राइस डटकमले जनाएको छ।

सम्पर्क

Homepage Media Pvt. Ltd.
सूचना विभाग दर्ता नंः ३८६१-०७९/८०

Anamnagar, Kathmandu, Nepal
फोन: +977-9849664207
इमेल: [email protected]

विज्ञापनको लागि

फोन: : +977-9802356661
इमेल : [email protected]
  • अध्यक्ष/प्रधान सम्पादक
    नारायण अमृत
  • सम्पादक
    बाबुराम खडका
  • प्रमुख कार्यकारी अधिकृत
    जीवन तिम्सिना