काठमाडौँ- काठमाडौँको बुद्धनगरमा रहेकाो एसभी एकेडेमीका सञ्चालक अशोक राई शिक्षामन्त्री बनेका छन्।
दुईवटा मन्त्रालय पाएको जनता समाजवादी पार्टी (जसपा)को सिफारिस अनुसार प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले शिक्षा, विज्ञान तथा प्रविधिमन्त्रीमन्त्रीमा राईलाई नियुक्त गरेका हुन्।
सुनसरी-१ बाट प्रतिनिधि सभामा विजयी भएको भन्दै स्कुलले सन् २०२२ नोभेम्बर २८ मा बधाई ज्ञापन गरेको छ। उक्त फेसबुक स्टाटसमा राई विद्यालयका अध्यक्ष भएको उल्लेख छ।
प्रधानमन्त्री पुष्पकमल दाहालले नेपाली कांग्रेस, जसपा, नेकपा एसलगायतका दललाई समेटेर शुक्रबार मन्त्रिपरिषद् विस्तार गरेका हुन्। यद्यपि मन्त्रिपरिषद्ले पूर्णता पाउन भने बाँकी छ।
उता आजै खानेपानी मन्त्रीले राजीनामा दिएका छन्। आफूहरूले उद्योग मन्त्रालय मागेको तर मन्त्रिपरिषद् विस्तार हुँदा पनि प्रधानमन्त्रीले माग सम्बोधन नगरेको भन्दै खानेपानी मन्त्री अब्दुल खानले प्रधानमन्त्रीलाई राजीनामा बुझाउका हुन्।


