काठमाडौँ । लोकप्रिय नेपाली चाउचाउ कम्पनी यशोदा फुड्सले आफ्नो ब्रान्ड एम्ब्यासेडरको घोषणा गरेको छ । यशोदा फुड्सले आफ्नो लोकप्रिय उत्पादन करेन्ट नुडल्स तथा स्न्याक्सको लागी ब्रान्ड एम्ब्यासेडर चयन गरेको छ ।
कम्पनीले नेपालीचलचित्र जगतकी परिचित अभिनेत्री केकी अधिकारीलाई ब्रान्ड एम्ब्यासेडर चयन गरिएको जानकारी दिएको छ । काठमाडौँमा एक कार्यक्रमको आयोजना गर्दै कम्पनीले सो कुराको जानकारी दिएको थियो ।
यशोदा फुड्सको अत्यधिक लोकप्रिय चाउचाउ करेन्ट नुडल्सको ब्रान्ड एम्ब्यासेडर घोषणाको लागी आयोजित कार्यक्रममा नायिका केकी अधिकारी लगायत कम्पनीका प्रतिनिधिहरुको उपस्थिति रहेको थियो ।
यशोदा फुड्स प्रालिले सन् २०१७ मे महिना देखि आफ्नो ब्यवसायको थालनी गरेको थियो । सुरुवाती दिनमा लाली र करेन्ट ब्राण्ड अन्र्तगत तयारी चाउचाउ उत्पादन गर्ने सोँचका साथ रुपन्देहीको तिलोत्तमाबाट कम्पनीले आफ्नो उत्पादनको सुरुवात गरेको थियो ।
हाल कम्पनीले बिभिन्न ब्राण्डका चाउचाउ तथा स्न्याक्सहरु उत्पादन गरी नेपाल तथा विश्वका बिभिन्न मुलुकहरुमा निर्यात गर्दै आईरहेको छ । सुपर प्रिमीयम सेगमेन्ट अन्र्तगत कम्पनीले करेन्ट हट एण्ड स्पाईसी, करेन्ट २× स्पाईसी, करेन्ट हट एण्ड लेमन स्पाईसी नुडल्स, करेन्ट चिज एण्ड बटर, करेन्ट मसरुम तथा करेन्ट कप नुडल्सको उत्पादन गरीरहेको छ भने प्रिमीयम सेगमेन्ट अन्र्तगत करेन्ट, लाली, लगायतका चाउचाउहरु उत्पादनमा छन ।
त्यसै गरी प्रिमीयम स्न्याक्स सेगमेन्ट अन्र्तगत, करेन्ट चिजवल, करेन्ट हट एण्ड स्पाईसी स्टीक्स, करेन्ट पोटेटो क्रयाकर, करेन्ट पोटेटो स्टीक्स, करेन्ट अचारी स्टीक्स, करेन्ट हट एण्ड लेमन स्टीक्स, करेन्ट ओनियन रिङ्ग, करेन्ट मखनालगायतका प्रिमीयम स्न्याक्सको उत्पादन गरी नेपाललगायत विदेशमा समेत निर्यात गरीरहेको छ ।
हाल यस कम्पनीको उत्पादन करेन्ट हट एण्ड स्पाईसी नुडल्स नेपालमा सर्वाधिक रुचाईएको चाउचाउअन्र्तगत पर्दछ भने नेपालको परिपेक्षमा यो चाउचाउ १ नम्बर स्थानमा पर्दछ । आजको दिनमा यस कम्पनीका चाउचाउ तथा स्न्याक्सप्रति दैनिक रुपमा आम उपभोक्ताको माग र विश्वास बढ्दै गएको छ ।
उपभोक्ताको मागअनुसारका उत्पादनहरु बजारमा पस्कदै छोटो समयमा नै अत्यधिकबजार हिस्सा ओगट्न सफल कम्पनीका रुपमा पनि यशोदा फुड्स परिचित छ ।


