काठमाडौँ– नाडा अटो शोमा ५ सयभन्दा बढी टाटाको टियागो गाडीको बुकिङ भएको छ। भारतीय सवारी उत्पादक कम्पनी टाटा मोर्टसको आधिकारिक वितरक सिप्रदी ट्रेडिङले भदौ २६ गतेबाट ३१ गतेसम्म चलेको शोमा ५ सयभन्दा बटी टियागो गाडीको बुकिङ भएको जानकारी दिएको हो।
शोमा टाटा टियागो ईभीका साथै टाटा नेक्सन ईभी एक्स जेड प्लस र टाटा पन्चको पनि उल्लेख्य मात्रामा बुकिङ भएको सिप्रदीले जानकारी दिएको छ। नेपाली बजारमा टियागो ईभीको मूल्य २२ लाखबाट सुरु हुने कम्पनीको भनाइ छ।
सिप्रदीका प्यासेन्जर भेहिकल बिजनेस युनिट प्रमुख सावन्त जंग सिजापतिले शो उत्साहप्रद भएको बताए। ‘हामीमा थप ऊर्जा थपिदिनुभएको छ। टाटा मोटर्सका गाडीहरुप्रति चासो मात्र नभएर बुकिङ पनि गरिदिनुभएको छ। नेपालीले चाहअनुसारको गाडी ल्याउन सफल भएको महसुस गरेका छौँ,’ उनले भने,’भविष्यमा पनि बजारको माग अनुसारको गाडीहरु नेपालमा भित्र्याउने दृढ संकल्प लिएका छौँ।’

अत्याधुनिक जिपट्रन प्रविधियुक्त टियागो इभीमा आरामदायी रहेको सिप्रदीको भनाइ छ। क्रुज कन्ट्रोलसहितको यो गाडीमा अत्याधुनिक टेलिम्याटिक्स, कन्ट्रयास्ट रुफ, पूर्ण स्वचालित क्लाइमेट कन्ट्रोल, प्रोजेक्टर अटो हेडल्याम्पलगायत विशेषता छन्।
यस्तै, अर्को गाडी नेक्सन ईभी एक्स जेट प्लसको ब्याट्री क्षमता ४०.५ किलोवाट र रेञ्ज ४५३ किलोमिटर रहेको छ। टियागो ईभी जस्त अत्याधुनिक जिपट्रन प्रविधि भएको यस एसयुभीको बनावट आकर्षक रहेको छ।
आरामको लागि पावर विन्डो र पूर्ण स्वचालित क्लाइमेट कन्ट्रोल लगायत अन्य विशेषताहरु भएको नेक्सन इभी एक्स जेट प्लसले अन्य भन्दा उत्कृष्ट सुरक्षाको प्रत्याभूति गर्दछ। सुरक्षाको लागि यसमा एन्टी–लक ब्रेकिङ्ग सिस्टम, चाइल्ड सेफ्टी लक, ट्रयाक्सन जस्ता व्यवस्थाहरु छन्।

त्यसैगरी, टाटाको ‘न्यु फरेभ’ रेञ्ज अन्तर्गतको टाटा पन्चको चार आधार स्तम्भहरु हुन्। आकर्षक डिजाइन, विशेष कार्यक्षमता, फराकिलो इन्टेरिएर र पूर्ण सुरक्षा रहेका छन। नयाँ युग सुहाँउदो सोच र प्रविधिमा आधारित यो गाडीले ग्राहकहरुको बदलिदो इच्छा एवं आकांक्षाहरुको परिपूर्ति गर्दछ। टाटा पन्च हाल भारतीय बजारमा सबैभन्दा बढी विक्री भइरहेको सब कम्प्याक्ट एसयुभी रुपमा पनि परिचित छ।


