काठमाडौँ- काठमाडौँको टुँडिखेलमा भव्य समारोह गरी सरकारले संविधान दिवस मनाएको छ। बुधबार बिहान आयोजित समारोहमा नेपाली सेनाको टोलीले शान्तिको प्रतीक परेवा उडाएका थिए।
समारोहमा हेलिकप्टरबाट पुष्पवृष्टि, सुरक्षा निकायका विभिन्न समूहहरूले कवाज प्रदर्शन गरिएका थिए।
काठमाडौं महानगरपालिका, ललितपुर महानगरपालिका र भक्तपुर नगरपालिकाले विभिन्न सांस्कृतिक झाँकीहरु प्रदर्शनी गरे।
समारोहमा राष्ट्रपति रामचन्द्र पौडेल, उपराष्ट्रपति रामसहायप्रसाद यादव, कार्यवाहक प्रधानमन्त्री पूर्णबहादुर खड्का, प्रतिनिधिसभाका सभामुख देवराज घिमिरे, राष्ट्रिय सभाका अध्यक्ष गणेशप्रसाद तिमिल्सिना, मन्त्रीहरू, काठमाडौं महानगरका प्रमुख बालेन शाह लगायत सरकारका उच्च पदस्थ व्यक्तिहरू सहभागी थिए।















