काठमाडौं । एनसेलले तीज पर्वलाई स्थानीय समुदायसँग जोड्न विभिन्न सहरमा सांगीतिक कार्यक्रम आयोजना गरी ठूलो उत्साह र उमंगका साथ मनाएको छ । ‘यहाँ तिम्रो लागि’ (हामी तपाइकै लागी) को १८ औं वार्षिकोत्सवको नाराका साथ कार्यक्रम आयोजना गरिएको थियो ।
तीज नेपालीहरुको प्रमुख चाड हो, जसलाई महिलाहरुले हर्षोल्लासका साथ मनाउने गर्दछन् । मानिसहरूसँग जोडिने विशेष अवसरहरूको आनन्द बाँड्ने एनसेलको प्रतिबद्धता असीमित छ।
एनसेलको १८औँ वार्षिकोत्सव मनाउँदै र तीजसँगै सोमबार एनसेलले विभिन्न ४ सहर सिन्धुली, महेन्द्रनगर, पोखरा र बिर्तामोडमा तीज कार्यक्रम आयोजना गरेको छ । कार्यक्रममा सामुदायिक जनता विशेष गरी महिलाहरुको उल्लेख्य सहभागिता रहेको थियो ।
स्थानीय कलाकारहरुको प्रस्तुति सहित तीज गीतमा सहभागीहरुले सांगीतिक कार्यक्रमको मजा लिएका थिए । मूल्यवान ग्राहकहरूको सञ्चार आवश्यकतालाई सम्बोधन गर्ने उद्देश्यले एनसेलले आफ्नो स्टल पनि स्थापना गरेको छ जहाँबाट ग्राहकले नयाँ सिमकार्ड, रिचार्ज कार्ड र एनसेलका उत्पादन तथा सेवाहरू स्थलमै लिन सक्नेछन् ।
एनसेलले आफ्नो १८औं वार्षिकोत्सव मनाउँदै छ, एकताको १८ वर्ष र स्थानीय टच, कनेक्टिभिटीको बृद्धि र नेपाली समुदायको जीवनलाई समृद्ध बनाउने विश्वस्तरीय दूरसञ्चार सेवाहरूका साथ नेपाललाई सेवा दिने उल्लेखनीय यात्राको रूपमा। एनसेलले ‘हेयर फर यु’ थिमलाई अनुरुप ग्राहकहरुसंग बलियो सम्बन्ध बढाउन कम्पनी प्रतिबद्ध रहेको जनाएको छ ।


