काठमाडौँ- संविधान दिवसका अवसरमा राष्ट्रिय सूचना तथा प्रविधि केन्द्र (एनआईटीसी)ले दीपावली गरेको छ।
बुधवार साँझ सिंहदरवारस्थित एनआईटीसी कार्यालयमा दिपावली कार्यक्रम गरिएको हो।
कार्यक्रम संयोजक कमल रिजालका अनुसार दीपावली कार्यक्रममा केन्द्रका कार्यकारी निर्देशक प्रदीप शर्मा पौडेललगायतका कर्मचारीहरूको उपस्थिति थियो।
दिपावली कार्यक्रमम बोल्दै एनआईटीसीका कार्यकारी निर्देशक प्रदीप शर्मा पौडेलले संविधानको महत्वमाथि बोलेका थिए।
‘संविधानको पालना गर्न गर्नु र यसको रक्षा गर्नु सबै नेपालीको कर्तव्य हो,’ कार्यकारी निर्देशक पौडेलको भनाइ थियो।




