काठमाडौं– एनसेलले आफ्नो १८औं वार्षिकोत्सवका अवसरमा काठमाडौं उपत्यकालाई थप हरियाली बनाउन करिडोरको सडक छेउमा वृक्षरोपण गरेको छ। स्वच्छ र हरियाली सहरको प्रवर्द्धनमा जोड दिँदै एनसेल आजियाटा लिमिटेडले ललितपुर महानगरपालिका सँगको सहकार्यमा ललितपुर महानगरपालिका– १ स्थित बागमती करिडोर रोडमा वृक्षारोपण गरेको हो।
यो हरियाली पहलले समग्र समुदायको लागि स्वस्थ वातावरणमा योगदान पुर्याउने एनसेलले विश्वास लिएको छ। वृक्षरोपणले जलवायु कार्य लक्ष्यहरू पूरा गर्न सहयोग गर्नुका साथै वातावरणीय मोर्चामा एसडीजीहरू हासिल गर्न सरकार र सहरलाई योगदान पुर्याउने कम्पनीले जनाएको छ। ‘यहाँ तपाईका लाग’ थिम अन्तर्गत ब्रान्डको प्रतिबद्धता पूरा गर्न एनसेलले वृक्षरोपण गरेको हो।
बिहीबार एक कार्यक्रमका बीच एनसेलका प्रमुख कार्यकारी अधिकृत (सीईओ) तथा प्रबन्ध निर्देशक (एमडी) जब्बोर कयुमोभ र ललितपुर महानगरपालिका मेयर चिरीबाबु महर्जनले संयुक्त रुपमा वृक्षारोपण गरेका थिए। एनसेलको वार्षिकोत्सवको थिम ‘हेयर फर यु’ अन्तर्गत कम्पनीको ब्राण्डको वाचा ‘आज’ अन्तर्गत ललितपुर महानगरको वडा नम्बर १ स्थित वाग्मती करिडोर रोडको दुबै छेउमा २०० भन्दा बढी रुख रोपिएको छ।
वृक्षारोपण कार्यक्रमलाई सम्बोधन गर्दै एनसेलका सीईओ र एमडी जब्बोर कयुमोभले भने, ‘हाम्रो जीवनमा ३ वटा महत्वपूर्ण कुरा छन्, )१) घर बनाउने, (२) बच्चा हुर्काउने र (३) रुख रोप्ने भन्नेमा म विश्वस्त छु। स्वच्छ हरियाली सहरको यो महान् पहलमा सहभागी हुन पाउँदा म व्यक्तिगत रूपमा विशेषाधिकार र सम्मानित छु। हाम्रो सुन्दर सहर काठमाडौं उपत्यकाको स्वस्थ वातावरणमा योगदान पु¥याउँदै यी रुखहरूको दीर्घायु होस् भन्ने आशा राखेको छु। समाजलाई फिर्ता दिने सन्दर्भमा एनसेल एक जिम्मेवार अपरेटर हो र हामी यस परियोजनाको लागि ललितपुर महानगरपालिकासँग सहकार्य गर्न पाउँदा खुसी छौं।’


