काठमाडौं– कोका कोला नेपालले ‘चिल एन विन’ को अपार सफलतापछि ‘चिल एन विन २.०’ क्याम्पेन फेरी लिएर आएको छ । यो क्याम्पेनले ग्राहकहरूलाई बम्पर पुरस्कारको रूपमा एउटा कार तथा साप्ताहिक रूपमा ८ जनाका लागि एउटा बाइकलगायतका पुरस्कारहरू जित्ने अवसर प्रदान गर्ने कम्पनीले जनाएको ।
दैनिक टप–अपसहित स्मार्ट फोनहरू पनिप्रदानगरिनेछ । यस रोमाञ्चक क्याम्पेनले ग्राहक वर्गमाझ अनेकौं एक्साईटिङ्ग पुरस्कारहरू जित्ने सम्भावना अगाडि ल्याएको छ ।
यस क्याम्पेनमा सहभागी हुन ग्राहकहरूले कोका–कोला, स्प्राइट वा फ्यान्टाका पेट बोतलहरूको लेबलको पछाडि वा कुनै रिटर्नेबल ग्लास बोतलहरू (आरजीबी) को बिर्को मुनि प्रिन्ट गरिएको युनिक कोड एसएमएस गर्नुपर्नेछ ।
यी कोडहरू ‘चिल एन विन २.०’ क्याम्पेनको वेबसाइट www.sprite.com.np मा पनि पठाउन सकिन्छ । एसएमएसमार्फत इन्टर गर्न, सहभागीहरूले मेसेज बक्समा <COKE><SPACE><LABEL युनिक कोड ><SPACE><FULL NAME> टाईप गरी ३४००१ मा एसएमएस पठाउनु पर्ने हुन्छ। यसको विकल्पमा ग्राहकहरूले लेबलमा रहेको विशेष क्युआर कोड स्क्यान गर्न पनि सक्नेछन् । प्रत्येक दिन एक भाग्यशाली विजेतालाई रोमाञ्चक अफरहरू प्रदान गरिनेछ ।
‘चिल एन विन २.०’ क्याम्पेन १ सेप्टेम्बर २०२३ मा सुरु भई ३१ अक्टोबरसम्म चल्नेछ । ग्राहकहरूले यस क्याम्पेनमाभागलिएर धेरै भव्य र रोमाञ्चक पुरस्कारहरू जित्ने मौका पाउनेछन् ।
नेपालमा कोका–कोलाले यस किसिमको क्याम्पेन ल्याएको यो पहिलो पटक भने होइन। कोका–कोला नेपालले आफ्नाग्राहकहरूलाई रोमाञ्चक र आकर्षक दुवै किसिमका क्याम्पेनहरू प्रदान गर्दै आएको छ। ‘चिल एन विन’ को पहिलो संस्करण, ‘क्यापमा कार’ तथा ‘स्प्राइटसंग जित्ने मौका’ कोका–कोलाको गतवर्षका स्मरणीय क्याम्पेनहरू मध्येका यो महत्वपूर्ण क्याम्पेन हो ।
‘चिल एन विन २.०’ को साथमा कोका–कोलाले नेपालभरका ग्राहकवर्गलाई रिफ्रेशमेन्टका साथै अविस्मरणीय अनुभवहरू प्रदान गर्ने आफ्नो प्रतिबद्धता कायम राखेको छ । अब कोका–कोला, स्प्राइट तथा फ्यान्टा पिएर एक्साईटिङ्ग उपहार जित्न सकिने कम्पनीले जनाएको छ ।


