काठमाडौं । वेस्टर्न युनियन मनी ट्रान्सफरले आफ्नो चाडपर्व अभियान ‘दशैंमा दश गुणा’ सुरु गरेको छ। नेपालीहरुको महान चाड दशैं, तिहार र छठको शुभ अवसरमा वेस्टर्न युनियन मनी ट्रान्सफरले ग्राहकहरूलाई हरेक हप्ता बम्पर ड्रमा मार्फत कारोबार रकम दोब्बर गर्न सक्नेछन् ।
यो योजना सेप्टेम्बर २५ देखि नोभेम्बर २६ सम्म चल्नेछ । यस अवघिमा यस योजनामा सहभागी हुनको लागि, ग्राहकहरूले १५ हजार प्लस भुक्तानीमध्ये कुनै पनिबाट आफ्नो रेमिटेन्स वेस्टर्न युनियनमार्फत प्राप्त गर्नुपर्नेछ । प्रत्येक लेनदेन स्वचालित रूपमा साप्ताहिक र बम्पर ड्रको लागि योग्य हुनेछ ।
साप्ताहिक लक्की ड्रअनुसार, प्रत्येक हप्ता वेस्टर्न युनियनमार्फत पैसा प्राप्त गर्ने आठ भाग्यशाली ग्राहकहरूले आफ्नो कारोबार रकम दोब्बर गरी २५ हजार जित्न सक्नेछ । यदि विजेताको कारोबार २५,००० भन्दा बढी छ भने उनीहरूले रु २५,००० को पुरस्कार पाउनेछन्।

बम्पर लक्की ड्रमा यदि विजेताको कारोबार रकम रु ५०,००० र रु १,००,००० बीचमा हुन्छ भने, उनीहरूले दश गुणा लेनदेन रकमको पुरस्कार जित्नेछन् । यदि विजेताको कारोबार रकम ५०,००० भन्दा कम छ भने, उनीहरूले ग्यारेन्टी पुरस्कार ५ लाख रुपैयाँ प्राप्त गर्नेछन्।
यदि विजेताको कारोबार रकम १ लाख भन्दा माथि छ भने उनीहरूले ग्यारेन्टी पुरस्कारबापत १० लाख रुपैयाँ प्राप्त गर्नेछन् । वेस्टर्न युनियन मनी ट्रान्सफर नेपालमा ल्याइएको पहिलो रेमिट्यान्स सेवा हो । विश्वभरका २०० भन्दा बढी देशहरू र क्षेत्रहरूबाट पैसा प्राप्त गर्नका लागि प्रसिद्ध रेमिट्यान्सले २७ वर्षभन्दा बढी समयदेखि नेपालीको सेवा गर्दै आएको छ ।


