काठमाडौँ- पुनम एकेडेमीले दुई दिने ब्युटी वर्कसप सम्पन्न गरेको छ।
शुक्रबार र शनिबार धुलिखेलको माउन्टेन रिसोर्टमा वर्कसप एन्ड एड्भान्स स्किन केयर ट्रिटमेन्ट सम्पन्न गरेको हो।
वर्कसपमा मन्टिनेसनल ब्रान्ड अमिनो स्किन केयरका प्रशिक्षक अमन महुनतारा र स्किन एक्सपर्ट प्रिंयका भण्डारीले तालिम दिएका थिए।
अमिनोका उत्पादन नेपालमा पुनम एकेडेमीले भित्र्याएको हो।
अमिनोका उत्पादन प्लान्ट बेस उत्पादन रहेको ब्युटिसियन पुनम श्रेष्ठ बताउँछिन्। कम्पनीका अनुसार बजारमा यसको माग बढेको छ।
एक पटक लगाए पछि दोस्रो पटक यही प्रोड्क्ट खोज्ने बढेका उनको भनाइ छ।
तालिममा सातै प्रदेशका ३८ जना ब्युटिसियन सहभागी थिए।
तालिममा २८ वर्षदेखि सौन्दर्ययका क्षेत्रमा काम गरिरहेका अनुभवी ब्युटिसियन सहभागी थिए।



