काठमाडौं । नेपालमा होन्डा दुईपाङ्ग्रे सवारी साधनको आधिकारिक वितरक स्याकार ट्रेडिङ कम्पनीले ग्राहक केन्द्रित चाडपर्वको अवसरमा ‘दशैंमा १० लाख’ अफर ल्याएको छ । योजना अनुसार ग्राहकले कुनै पनि होन्डा बाइक र स्कुटर खरिद गर्दा स्क्र्याच कुपन प्राप्त गर्नेछन् ।
एक भाग्यशाली विजेताले पूर्ण रूपमा रु १० लाख रुपैयाँ जित्न सक्नेछन् । ग्राहकहरूले ‘चुज योर स्किम’ अन्र्तगत १० हजार सम्मको स्क्रयाच कार्ड पाउन सक्नेछन । त्यस्तै, १२ हजार ५०० बराबरको ५ वर्षे एएमसी प्याकेज पाउन सक्नेछन् । कम्पनीले चाडपर्व योजनाको साथसाथै अफरलाई अझ आकर्षक बनाउन सजिलो “एक रुपैयाँ फाइनान्स स्कीम” मा पनि दशैंमा दश लाख योजना उपलव्ध गराएको छ
होन्डा बिग बाइकको खरिदमा १ लाख रुपैयाँसम्मको आकर्षक छुट अफर गरेको छ । यो अविश्वसनीय प्रस्ताव सीमित समयको लागि मात्र उपलब्ध हुने कम्पनीले जनाएको । यस चाडपर्वको अफर मार्फत, होन्डा टु–ह्वीलर्सले नेपालभरका ग्राहकहरूका लागि रोमाञ्चक र उत्साह थप्ने लक्ष्य राखेको छ, जसले उनीहरूलाई मनपर्ने दुई पाङ्ग्रे सवारीहरूलाई अझ आकर्षक बनाउने छ।


