काठमाडौँ– क्रिकेटर सन्दीप लामिछानेको चीन जाने टिकट रद्द भएको छ। सोमबार एसियाली खेलकुद खेल्न चीन जानका लागि टिकटसमेत भइसकेको भएपनि उनले मानसिक रूपमा आफू खेल्नका लागि तयार नरहेको बताएका हुन्।
सन्दीपले नाबालिग बलात्कारको अभियोग खेपिरहेका छन्। उक्त मुद्दाको सुनुवाइ असोज ७ गतेका लागि तोकिएको थियो। तर उक्त मुद्दाको सुनुवाइ सरेको थियो। यसपछि नेपाल क्रिकेट संघ (क्यान)ले लामिछानेलाई चीन पठाउनका लागि टिकट समेत लिइसकेको थियो।
क्यानका अध्यक्ष चतुरबहादुर चन्दले सन्दीपलाई बोलाएर कुराकानी गरेका थिए। चन्दसँग सन्दीपले आफू खेलका लागि तयार नभएको बताएका थिए।
काठमाडौँमा जिल्ला अदालतमा सन्दीपविरुद्धको मुद्दा विचाराधीन छ।


