२०८३ कार्तिक ११ गते मङ्गलबार

राष्ट्रपतिलाई भारती सोध्छिन् – तपाईंको दिदी-बहिनी परेको भए के गर्नुहुन्थ्यो?

 |  नेपाल क्लिक्स
Sanket

नेपाल क्लिक्स

काठमाडौँ, असोज ९
bhaaarati-1695618843

काठमाडौं- संविधान दिवस २०८० भन्दा दुई दिनअघिको कुरा थियो।

२८ वर्षीय भारती मानन्धर बर्दिया माइतीबाट फर्केको दोस्रो दिन हुँदै थियो।

बर्दियामा उनका बुवा बितेका थिए। काजकिरिया सकेर उनी नेपालगञ्ज आएकी थिइन्। शोककै घडीमा आफ्नो काममा फर्किने कोसिसमा थिइन्।

नेपालगञ्जमा उनी एरोबिक ट्रेनर हुन्। घरीघरी टाउको दुख्ने समस्या छँदैथियो। औषधी खाँदै उनी काममा जान्थिन्।

असोज ३ गते आफन्त दिदीले भनिन्- रिगल डन त छुटेछ नि!

‘सुरूमा त पत्याउनै सकिनँ, अबिर-माला लगाएको फोटो देखेपछि हो रहेछ,’ भारतीले भनिन्।

सामाजिक सञ्जालमा एकैछिनमा रिगल छुटेको, भिडिओ, लावालस्कर गाडीले स्कर्टिङ गरेको खुसीयाली छायो। रिगलका साथीभाइ, कांग्रेसनिकट तरुण दलका कार्यकर्ताले उत्सव मनाएको देख्दा भारती झन्डै बेहोस् भइन्।

‘बुवाको काम सकेर फर्केको दोस्रो दिनमै आठ वर्षअघिको त्यो कहालीलाग्दो घटना स्मरणमा आइहाल्यो,’ उनले भनिन्, ‘नेपालगञ्ज बस्न सकिनँ, अहिले माइती आएर बसेकी छु।’

हत्या आरोपमा अदालतबाट जन्मकैद सजाय तोकिएका कांग्रेस कार्यकर्ता ‘रिगल’ भनिने योगराज ढकालले संविधान दिवसमा कैद मिनाहा पाएर छुटेपछि भारती थामिन सकिरहेकी छैनन्।

संविधान दिवसको दिन मन्त्रिपरिषदको सिफारिसमा राष्ट्रपति रामचन्द्र पौडेलले ढकालको कैद मिनाहा गरिदिएका थिए।

ढकालमाथि नेपालगञ्जमा दिउँसै २९ वर्षीय चेतन मानन्धरको हत्याको आरोप थियो। २०७२ साल असार २८ गते ढकालसहितको समूहले मानन्धरलाई खुँडा प्रहार गरेको थियो।

सो समूहका ११ जना पक्राउ परे पनि तत्कालीन अवस्थामा उनी फरार भएका थिए। उनले एक वर्षपछि अदालतमा आत्मसमर्पण गरे।

त्यसबेला जिल्ला अदालत बाँकेले २०७५ वैशाखमा सर्वस्वसहित जन्मकैद (२० वर्ष)को सजाय सुनाएको थियो।

त्यो सजायलाई उच्च अदालतले हुबहु स्वीकार्‍यो। त्यसपछि ढकाल घोराही कारागारमा जेल जीवन बिताइरहेका थिए।

उच्च अदालतको फैसलापछि सरकारी वकिल ढकाललाई त्यहाँभन्दा बढी सजाय माग गर्नु पर्दैन भन्ने निष्कर्षमा पुग्यो। उच्च अदालत सरकारी वकिलले सर्वोच्च अदालतमा पुनरावेदन निवेदन दिएन।

बरू, ढकाल आफैं सर्वोच्च अदालत पुगे। सर्वोच्च अदालतमा उनले कैद घटाउन माग गरे।

४० प्रतिशत कैद भुक्तानपछि बाँकी सजाय मिनाहातर्फ उनी अग्रसर भए। त्यता प्रक्रिया मिलाउन उनले सर्वोच्चमा दिएको निवेदन फिर्ता लिएका थिए।

रिगल तरुण दल बाँके क्षेत्र नम्बर ३ का क्षेत्रीय सभापतिसमेत थिए। उनी आपराधिक पृष्ठभूमिका ‘गुन्डा नाइके’ हुन्। तरुण दलका कार्यकर्ताले उनको रिहाइमा स्कर्टिङ गरे।

ढकाल छुटेको दिनदेखि चैनले सास फेर्न नसकेको उनी बताउँछिन्।

त्यो घटनापछि भारती डेढ वर्षजति सम्हालिन सकिनन्। उनलाई टाउको दुख्ने समस्या आइलाग्यो। ‘म त लामो समय डिप्रेसनमा गएँ, टाउको दुखिरहन्छ, अहिले पनि औषधी नियमित खाइरहेकी छु,’ उनले भनिन्।

रिगलले माफी पाएपछि राष्ट्रपति पौडेलसँग उनले आक्रोश पोखेकी छिन्।

उनले राष्ट्रपतिलाई विभिन्न प्रश्न गर्दै सामाजिक सञ्जालमार्फत् भिडिओ बाहिर ल्याएकी छिन्।

‘आखिर त्यो राष्ट्रपति रामचन्द्र पौडेल भनेको को हो? उनको कसरी हिम्मत हुन सक्यो एउटा हत्यारालाई माफी दिने?,’ उनले प्रश्न गरेकी छिन्।

हत्यारालाई माफी दिने अधिकार कहाँबाट आयो? भन्दै उनले आफूमाथि सरकारले अन्याय गरेको बताइन्।

‘माफी दिने अधिकार मेरो घर परिवार र मलाई मात्रै छ। राष्ट्रपति हो भन्दैमा माफ दिन पाइन्छ?,’ उनको प्रश्न छ।

यो घटना राष्ट्रपतिका दिदी, बहिनी वा आमा कसलाई परेको हो? भन्दै प्रश्न उठाइन्।

‘जसलाई कसैको सिन्दुरको केही मतलब थाहा छैन। कसैले आफ्नो छोरा, श्रीमान, कसैले बुवा गुमाएको छ, यो घटनाबाट हामी कोही पनि निस्किन पाएका छैनौं,’ उनले भनेकी छिन्।

चेतनको हत्यापछि आफू बिरामी परेको र अहिलेसम्म पनि ओषधी सेवन गरिरहेको भारतीले बताएकी छिन्।

‘मैले अहिलेसम्म त्यो घटना बिर्सिन सकेको छैन। हिम्मत कसरी भयो छुटाउने? मलाई नेपालको कानुन र सरकारप्रति विश्वास थियो, मैले यस्तो सोचेकी थिइनँ, हाम्रो घरको सिन्दुर मेट्न राष्ट्रपति र सरकारको हात हुँदो रहेछ,’ उनको चित्त दुखाइन्।

राष्ट्रपति र मन्त्री बनाउने आम जनताले हो भन्दै उनले त्यसको सामान्य हेक्का राख्न पनि अनुरोध गरिन्।

‘जनतालाई न्याय नदिनेलाई कसरी राष्ट्रपति बनाउन सकिन्छ, कसरी भन्न सकिन्छ?,’ उनले भनेकी छिन्, ‘मान्छे मरेर गयो, वर्ष कट्यो भन्दैमा बाहिरको मान्छेले आएर फैसला गर्न मिल्छ? घरको मान्छे कति पीडामा छ, कसलाई के भएको छ, कसैले बुझेको छ?’

उनले सरकार र राष्ट्रपतिलाई भनेकी छिन्, ‘तिमीहरू आफ्ना दिदी-बहिनीको सिन्दुर पनि किनबेच गर्थ्यौ?’

ढकाल जेल परेपछि बल्ल-बल्ल न्याय पाएको महसुस गर्दै घटना बिर्सने प्रयासमा रहेकोमा फेरि बल्झाइदिएको उनले बताइन्।

ढकाललाई जेलबाट छुटाउँदा मन्त्री-महामन्त्रीको सम्मान दिइएको भन्दै उनले आक्रोश पोखिन्।

‘हाम्रो नेपाल भनेको यस्तो हो जहाँ स्वार्थ र मतलबले भरिने र पैसाले बिक्ने ठाउँ,’ उनले राष्ट्रपतिलाई भनिन्, ‘मेरो ठाउँमा बसेर हेर्नुस्, भोलेनाथले कहिल्यै तपाईं र तपाईंको घर-परिवारलाई सुखी नराखुन्।’

ढकाल जेल परेपछि आफ्नो श्रीमानको आत्माले शान्ति भएको छ चुपचाप बसेकोमा माफी दिएर आफूलाई जगाइदिएको उनले बताइन्।

‘नेपालको कानुन दैवले जानुन्। हत्या गर्नेभन्दा त्यस्तालाई साथ दिने झन् ठूलो हत्यारा हुन्,’ उनले भनिन्, ‘मेरो बच्चा जसले बाबुको मुख पनि राम्रोसँग हेर्न पाएन,’ उनले भनिन्।

‘राष्ट्रपतिलाई जहाँ भेट्टाए पनि दुई झापड हानेर सोध्छु – तिम्रो आमाले तिमीलाई यही सिकाएकी थिइन्?,’ उनको आक्रोश छ।

चेतन र भारतीका एक छोरा छन्। त्यो घटना हुँदा छोरा तीन वर्षका थिए।

११ वर्ष पुगेका छोरा अहिले भारतीको साथमा छैनन्।उनी अहिले नेपालगञ्जमा एक्लै कोठा भाडामा लिएर बस्छिन्। ‘सासु-ससुराले स्वास्थ्य ठिक छैन भनेर छोरालाई म सँग बस्न दिनुभएको छैन,’ उनले भनिन्।

चेतन र भारतीको सानै उमेरमा प्रेम विवाह भएको थियो। सुरूमा चेतनसँग भारतीलाई छुट्याउनका लागि बुवा-आमाले मुम्बई लगेर राखे।

त्यहाँ दुई वर्ष पुगेपछि भागेर उनी नेपालगञ्ज आइन्। चेतनसँग घरजम गरेर बसिन्।

यहीबीचमा छोरा जन्मेका थिए।

‘म चेतनसँग जम्माजम्मी पाँच वर्ष मात्रै बसें, यस्तो घटना भइहाल्यो,’ उनले भनिन्।

चेतन ठेक्कापट्टाको काम गर्थे। सुरूमा ढकाल र चेतन साथी-साथी थिए। कांग्रेसमै आवद्ध थिए। पछि चेतन एमालेसँग नजिक भए।

ढकाल समूहबाट छुट्टिएर एक्लै ठेक्कापट्टा गर्न थालेपछि उनीहरूबीच दुश्मनी बढेको थियो।

२०७२ असार २८ गते भेट्न बोलाएर ढकालसहितले चेतनमाथि खुँडा प्रहार गरेका थिए।

यो पनि हेर्नुहोस्:

हत्यारालाई संविधान दिवसमा माफी

प्रकाशित: २०८० असोज ९ गते मङ्गलबार १२:२८
प्रतिक्रिया

थप समाचार

कहीँ नभएको जात्रा हाँडीगाउँमा !

काठमाडौँ: दशैँको कोजाग्रत पूर्णिमाको भोलिपल्टदेखि काठमाडौँको हाँडीगाउँमा मनाइने चोक्काथुनारायणको जात्रा सुरू भएको छ। ‘कहीँ नभएको जात्रा हाँडीगाउँमा’ उखानसँग जोडिएको यो जात्रा तीन दिनसम्म...

संघीयताले बदलेको अर्थतन्त्र: गाउँगाउँमा व्यापारिक केन्द्र, बदलिँदो कर्नाली

संघीयतापछि स्थानीय सरकारले सडक, विद्यालय र व्यवस्थापन, कृषि, साना उद्यम दर्ता, खानेपानी आयोजना लगायतका काम आफैँ सञ्चालन गर्न थाले। विकास योजना वडा तहसम्म छलफल गरेर स्थानीय आवश्यकता अनुसार बनाउन...

रसुवा–भोटेकोशी बाढीः ३२ हजारभन्दा बढी नागरिक प्रभावित, ७९ अर्बको क्षति

बाढीले निजी घरपरिवारतर्फ मात्रै ६९ अर्ब ५७ करोड रुपैयाँ र व्यावसायिक प्रतिष्ठानतर्फ ९ अर्ब ६० करोड रुपैयाँ बराबरको क्षति पुर्‍रयाएको प्रारम्भिक आकलन छ।

कस्तो छ आजको मौसम?

काठमाडौँ: हाल देशमा पश्चिमी वायुको आंशिक प्रभाव रहेको मौसम पूर्वानुमान महाशाखाले जनाएको छ । जसको प्रभावले देशका हिमाली र पहाडी भूभागमा आंशिक बादल लागेको छ । तराई भूभागमा मौसम मुख्यतया सफा...

धानमा ‘किरा’ले क्षति पुर्‍याएपछि भोजपुरका किसान चिन्तित

भोजपुर। धान भित्राउने समय नजिकिँदै गर्दा धानबालीमा ‘लाई किरा’को समस्या देखिएपछि भोजपुरका किसान चिन्तित बनेका छन्। किराको प्रकोपका कारण धानको फेदमा क्षति पुग्दा बोट ढल्ने, बाला सुक्ने तथा...
ambika
उद्योग

जहाँ संकट, त्यहाँ अम्बिका

सरकारी जागिर हुँदै पुँजीबजार, चन्द्रागिरीदेखि समस्याग्रस्त संस्थाको पुनरुत्थानसम्म, अम्बिकाप्रसाद पौडेलको जोखिम, सिकाइ र उद्यम यात्रा।
TRISHULI_FLOOD (2)
पूर्वाधार

रसुवा–भोटेकोशी बाढीः ३२ हजारभन्दा बढी नागरिक प्रभावित, ७९ अर्बको क्षति

बाढीले निजी घरपरिवारतर्फ मात्रै ६९ अर्ब ५७ करोड रुपैयाँ र व्यावसायिक प्रतिष्ठानतर्फ ९ अर्ब ६० करोड रुपैयाँ बराबरको क्षति पुर्‍रयाएको प्रारम्भिक आकलन छ।
Bijuli_export
आर्थिक नीति

तीन महिनामा १६ अर्ब बढीको बिजुली भारत र बंगलादेश निर्यात

रसुवा बाढीका कारण केही जलविद्युत आयोजनाको उत्पादन बन्द भई निर्यात प्रभावित भए पनि गत वर्षको असोज र चालू आर्थिक वर्ष भदौको तुलनामा यस वर्ष असोजमा विद्युत निर्यातबाट प्राप्त कारोबार रकम बढेको...
advance-international-hospital-nepal
स्वास्थ्य

भैरहवामा ४ अर्ब २० करोडको अत्याधुनिक अस्पताल अन्तिम चरणमा, पुसदेखि सञ्चालन गर्ने तयारी

नेपालगञ्ज मेडिकल कलेज, सञ्जिविनी नर्सिङ कलेज र सिटी अस्पतालका सञ्चालहरूले 'एडभान्स इन्टरनेसनल हस्पिटल'  निर्माण गरिरहेका हुन्।
saudi
विदेश

साउदीमा हुथी आक्रमणः कच्चा तेलको भाउ बढेर पुग्यो ब्यारेलको ११३ डलर माथि

खाडी अशान्त बनेपछि अन्तर्राष्ट्रिय बजारमा कच्चा तेलको भाउ उकालो लागेको छ। ब्रेन्ट क्रुडमा कच्चा तेलको भाउ बढेर ११३.४ डलर पुगेको आयल प्राइस डटकमले जनाएको छ।

सम्पर्क

Homepage Media Pvt. Ltd.
सूचना विभाग दर्ता नंः ३८६१-०७९/८०

Anamnagar, Kathmandu, Nepal
फोन: +977-9849664207
इमेल: [email protected]

विज्ञापनको लागि

फोन: : +977-9802356661
इमेल : [email protected]
  • अध्यक्ष/प्रधान सम्पादक
    नारायण अमृत
  • सम्पादक
    बाबुराम खडका
  • प्रमुख कार्यकारी अधिकृत
    जीवन तिम्सिना