काठमाडौँ- राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)ले आगामी १० वैशाखमा हुने उपनिर्वाचनका लागि तीनै क्षेत्रका उम्मेदवार घोषणा गरेको छ।
शनिबार पार्टी कार्यालय महाराजगञ्जमा आयोजित पत्रकार सम्मेलनमा चितवन-२ मा अध्यक्ष रवि लामिछाने, तनहुँ-१ मा स्वर्णिम वाग्ले र बारा-२ मा रमेश खरेललाई उम्मेदवार बनाउने घोषणा गरिएको हो।
केन्द्रीय निर्वाचन आयोगका नारायण प्याकुरेलले सभापति लामिछाने,खरेल र वाग्लेलाई टिकट हस्तान्तरण गरेका हुन्।


