विराटनगर- प्रहरीले विराटनगरबाट गाँजा बोकेको एम्बुलेन्स र त्यसका चालकलाई पक्राउ गरेको छ।
विराटनगर महानगरपालिका-१८ लाभाघाटबाट मंगलबार राति प्रहरीले साढे २१ किलो गाँजा र चालकलाई पक्राउ गरेको हो।
राति साढे १० बजे इलाका प्रहरी कार्यालय बुधनगरबाट खटिएको प्रहरी टोलीले चेकजाँचको क्रममा को१च ४६१९ को एम्बुलेन्सको डिकीमा लुकाएर ल्याइएको गाँजा बरामद गरेको हो।
जिल्ला प्रहरी कार्यालय मोरङका अनुसार एम्बुलेन्स राजन अधिकारी फाउण्डेसन धरानद्वारा सञ्चालित रहेको खुलेको छ। चालक धरान-११ का ३८ वर्षीय गंगा सरकार र सोही स्थानमा रहेको बिआर३८एएफ०३३६ नम्बरको मोटरसाइकललाई नियन्त्रणमा लिइएको मोरङ प्रहरी प्रवक्ता प्रहरी नायब उपरीक्षक रञ्जनकुमार दाहालले बताए।
यसैगरी, इलाका प्रहरी कार्यालय बुधनगर र अस्थायी प्रहरी पोष्ट भेडियारीबाट खटिएको प्रहरी टोलीले विराटनगर-१८ स्थित खेतको परालमा लुकाएर राखिएको साढे १६.५ किलो गाँजासमेत बरामद गरेको छ।
गाँजासहित पक्राउ परेको एम्बुलेन्स तथा चालकलाई इलाका प्रहरी कार्यालय रानीमा राखिएको छ।


