दोलखा- दोलखा प्रहरीले चार किलो सुन बरामद गरेको गरेको छ।
बुधबार राति इलाका प्रहरी कार्यालय सिँगटीबाट खटिएको टोलीले चार किलो सुन बरामद गरेको हो।
जिल्ला प्रहरी कार्यालय दोलखाका प्रहरी प्रमुख डिएसपी दीपक खड्काका अनुसार सुनसहित तीन जना पक्राउ पनि परेका छन्।
पक्राउ परेका तीनै जना दोलखा जिल्ला बिगु गाउँपालिका वडा नम्बर १ लामाबगर स्थायी ठेगाना भएका व्यक्तिहरू भएको खड्काले जानकारी दिए।
उनीहरूको थप विवरण बिहीबार पत्रकार सम्मेलन गरी जानकारी दिने तयारी प्रहरी कार्यालयले गरेको छ।


