काठमाडौं । महालक्ष्मी विकास बैंकका ग्राहकले संस्थाका सेवाहरुमा छुट पाउने भएका छन् । ‘सबल बैंक, सफल सहकार्य’ को नारालाई आत्मसाथ गर्दै विगत २९ वर्ष देखि गुणस्तरिय वित्तीय सेवा प्रदान गर्दै आएको बैंकले स्वास्थ्य, श्रृगार र होटल तथा रेष्टुरेन्ट क्षेत्रका संस्थाहरुसँग समन्वय गरी अगाडि बढ्ने अभिप्रायका साथ विभिन्न स्थानमा अवस्थित संस्थाहरुसँग सम्झौता गरेको हो ।
सम्झौतापश्चात बैंकका डेविट अथवा क्रेडिटकार्ड तथा मोबाइल बैंकिङ्ग प्रयोग गर्ने ग्राहकहरुले उक्त संस्थाहरुका विभिन्न सेवाहरुमा छुट प्राप्त गर्न सक्नेछन् । ललितपुर धापाखेलस्थित सुमेरु अस्पताल प्रालिले ओपीडी र आइपीडी सर्भिसमा १० प्रतिशत र फार्मेसीमा ५ प्रतिशत, भैरहवा सिद्धार्थनगर–६ मा रहेको एसियन बुद्ध होटलले फुड, बेभरेज र ग्रील बारमा १० प्रतिशत र स्पामा २० प्रतिशत, तनहुँको आँबुखैरेनी–३ मा रहेको मल्ल फेन्सीले फेन्सी आइटममा १० प्रतिशत, मकवानपुर हेटौडा–४ मा रहेको रिसु ब्युटि पार्लरले ब्युटी सर्भिसमा १० प्रतिशत र काठमाडौंस्थित बाँसबारीमा रहेको ब्युटिफुल कलेक्सनले कपडाजन्य वस्तुमा १० प्रतिशत र झोला र जुत्ता आइटममा ५ प्रतिशतसम्म छुट दिने भएका हुन् ।
यस किसिमको सहकार्यबाट बैंकका डेविट अथवा क्रेडिट कार्ड तथा मोबाइल बैंकिङ्ग प्रयोग गर्ने ग्राहकहरु प्रत्यक्ष रुपमा लाभान्वित हुने विश्वास बैंकले लिएको छ ।


