काठमाडौं । सिटिजन लाइफ इन्स्याोरेन्सको प्रारम्भिक सर्वसाधारा सेयर (आइपीओ) नेप्सेमा सूचिकृत भएको छ । कम्पनीको शेयर सिएलआर्ई सिम्बोलबाट सुचीकृत भएको हो । कम्पनीको चुक्ता मुल्य १ सय रुपैयाँका भएको ३ करोड ७५ लाख कित्ता साधारण शेयर सूचिकृत भएको हो । कम्पनी र नेप्सेबीच शेयर सूचिकरण सम्बन्धी सम्झौता भएको हो ।
कम्पनीको आइपीओ निष्काशन तथा बिक्री प्रबन्धकमा एनआइएमबि एस क्यापिटल रहेको छ । सर्वसाधारण लगानीकर्ता शेयरधनी (वैदेशिक रोजगारीमा रहेका नेपाली, सामुहिक लगानी कोष र कर्मचारी) समेत मा वितरण गरिएको १ करोड १२ लाख कित्ता अर्थात ३० प्रतिशत, कम्पनीका संस्थापक शेयरधनीहरुको लगानी गरेको २ करोड ६२ लाख ५० हजार कित्ता अर्थात ७० प्रतिशत समेत गरी ३ करोड ७५ लाखकित्ता सूचीकृत भएको हो ।
कम्पनीको शेयर आइतबारदेखि कारोबारमा आउनेछ । नेप्सेले कम्पनीलाई पहिलो शेयर कारोबारका लागि न्युनतम प्रतिकित्ता १७२ रुपैयाँ ४३ पैसा देखि अधिकतम ५१७ रुपैयाँ २९ पैसा सम्म रेञ्ज दिएको छ । पहिलो कारोवारको लागि कम्पनीले वास्तविक किताबी मूल््य देखि किताबी मूल्यको तीन गुणासम्म रेञ्ज पाउने गर्छन ।


