काठमाडौं । नेशनल लाईफ इन्स्योरेन्स कम्पनी आफ्ना अभिकर्ताका लागि ३ दिने ‘चेयरपर्सन क्लव, तालिम तथा सम्मान कार्यक्रम काठमाण्डौस्थित होटल ह्यात रिजेन्सीमा सम्पन्न गरेको छ ।
कम्पनीका अध्यक्ष प्रेमा राज्यलक्ष्मी सिंहको सभापतित्वमा सम्पन्न भएको उक्त कार्यक्रममा आर्थिक वर्ष २०७९/२०८० मा तोकिएको लक्ष्य पुरा गर्न सफल ४५० जनाभन्दा बढि अभिकर्ताज्यूलाई चेयरपर्सन क्लबको सदस्यता वितरण तथा सम्मान प्रदान गर्नुका साथै नेपालभरीबाट आफ्नो कोड र सञ्जालको व्यवसायमा सर्वोत्कृष्ट व्यवसाय गरी प्रथम द्धित्तिय र तृत्तिय हुने अभिकर्ताहरु, समूहगत व्यवसायबाट प्रथम हुने र आफ्नो र सञ्जालमा अलग अलग उत्कृष्ट गर्ने ७ जना लिडर अभिकर्तालाई सम्मानपत्र तथा नगद पुरस्कारबाट सम्मानित गरिएको थियो ।
सो समारोहमा सातवटै प्रदेशबाट आफ्नो कोडको व्यवसाय र सञ्जालको व्यवसायबाट अलग अलग प्रथम, द्धित्तिय, तृत्तिय हुने लिडर अभिकर्ताहरुलाई पनि सम्मानित गरिएको थियो ।
समारोहमा अध्यक्ष सिंहले नेपालको जीवन बीमा क्षेत्रमा कम्पनीले आफ्नो अलग्गै पहिचान बनाई एक प्रमुख जीवन बीमा कम्पनीको रुपमा आफुलाई स्थापित गरेको बताए । कम्पनीले आउने दिनहरुमा आफ्नो प्रतिष्पर्धात्मक धारलाई कायम राखी सबै सरोकारवालालाई उचित प्रतिफल उपलब्ध गराउन प्रयासरत रहेको बताए ।।
कम्पनीले सामाजिक उत्तरदायित्व क्षेत्रमा आफ्नो जिम्मेवारी निर्वाह गर्दै आईरहेको र विशेष गरी स्वास्थ्य क्षेत्र, वातावरण र महिला शशक्तिकरणजस्ता क्षेत्रमा योगदान पु¥याउन आर्थिक सहयोग उपलब्ध गराउदै आएको जानकारी गराए ।
कार्यक्रममा प्रमुख कार्यकारी अधिकृत सुरेश प्रसाद खत्रीले आफ्नो वर्ष भरीको मेहनत र परिश्रमबापत तोकिएको लक्ष्य पुरा गरी यस कार्यक्रममा सहभागी भई चेयर पर्सन क्लबको सदस्यता प्राप्त गर्न सफल अभिकर्तालाई बधाई ज्ञापन गर्दै अभिकर्ताहरु कम्पनीका मेरुदण्ड रहेको र अभिकर्ताहरुको अथक परिश्रम र मेहनतका कारण नै कम्पनी सँधै अब्बल रहने भएकोले अभिकर्ता सञ्जाललाई अझ व्यवसायिक बनाउन थप लगानी गर्ने प्रतिवद्धता व्यक्त गरे ।
कम्पनीको सबै वित्तिय सूचकांकहरु सन्तोषजनक रहेको र कम्पनीले प्रदान गरेको उच्चवोनस दरको कारणले बीमितहरुलाई उचित प्रतिफल प्राप्त भई रहेको बताउँदै आगामी दिनमा कम्पनीले थप प्रगती गर्ने विश्वास प्रकट गरे ।
विविध मनोरञ्जनात्मक एवं सांस्कृतिक कार्यक्रम समावेश गरिएको सो भव्य समारोहमा सम्मानित बिजनेश लिडरहरुले कम्पनीका अध्यक्षबाट सम्मान ग्रहण गर्न पाउँदा आफूले गरेको मेहनतको कदर भएको र अत्यन्तै गर्व लागेको बताउँदै भविष्यमा अझ राम्रो प्रगती गर्ने हौसला प्राप्त भएको बताए ।


