काठमाडौँ- नेकपा (एमाले)को बागमती प्रदेशको अध्यक्षका लागि दाबेदारी गरेकामध्ये केशवराज पाण्डेले उम्मेदवारी फिर्ता लिएका छन्। योसँगै अध्यक्षमा दाबेदारको संख्या ४ मा खुम्चिएको छ।
निवर्तमान अध्यक्षसमेत रहेका पाण्डेले आफ्नो समर्थन कैलाश ढुंगेललाई रहेको बताएका छन्।
पछिल्लो सूचीअनुसार कृष्ण दाहाल, केशवबहादुर बुढाथोकी, कैशालप्रसाद ढुंगेल र सानुकुमार श्रेष्ठ अध्यक्षका उम्मेदवार छन्।
साँझ ६ बजेबाट मतदान सुरू हुने कार्यतालिका सार्वजनिक गरिएको छ।
५ पदाधिकारीसहित २४० सदस्यीय कमिटीका लागि मतदान हुँदैछ।
मतदानका लागि विद्युतीय भोटिङ मेसिन प्रयोग गर्ने एमालेले गरेको छ।
दाबी विरोधको समय सकिएपछि सर्वसम्मतिका लागि प्रयास हुने नेताहरूले बताएका छन्।
एमाले बागमतीले भोटिङ मेसिन प्रयोग गरेर मतदान गर्दै छ। ४० वटा भोटिङ मेसिन प्रयोग गरेर चुनाव गर्ने तयारी एमालेको छ।
सफ्टवेयरमा उम्मेदवारको नामावली राख्न चारदेखि पाँच घन्टा लाग्ने भएकाले मतदान सुरु हुन समय लाग्ने आकलन छ।
भोटिङ मेसिनबाट मतदान गर्न २५ मिनेटसम्म लाग्ने छ। एमाले बागमतीमा १ हजार १६४ जना मतदाता रहेका छन्।


