काठमाडौं । उत्कृष्ट गुणस्तरका सामानको ब्रान्ड बनाएको सोनामले दशैंलगायतका चाडबाडलाइ लक्षित गरी आउँदो असोज ११ गतेदेखि २७ गते सम्म आफ्नो उत्पादनमा छुट दिने भएको छ ।
छुट योजनाअन्तर्गत कम्पनीले आफ्ना विभिन्न उत्पादनमा विशेष छुट घोषणा गरेको हो । यो अफरमा छानिएका वस्तुमा ७० प्रतिशतसम्म छुट पाइने कम्पनीले जनाएको छ ।
विशेष छुट कम्पनीका सबै आउटलेटमा लागू गरिएको छ । सोनाम ब्रान्डमा महिला, बालबालिका र पुरुषका ज्याकेट, ट्राउजर, सर्ट, पाइन्ट, पञ्जा, जिम भेस्ट, स्वेटर, कोट, ट्रेकिङ जाँदालगाउने पोसाक, टेन्ट, ब्यागलगायतउत्पादन छन्। राजधानीउपत्यकामा ठमेलको क्वाबहाल, ठमेलकै छायाँ सेन्टर, ललितपुरको जावलाखेलकुमारीपाटी, कमलपोखरीको सिटी सेन्टर, टुसाल, चाबहिलको केएल टावर, सुन्धाराको सिभिलमल, बालाजुको बिजीमल, जडिवुटीको जडिबुटी चोक, चितवनको सिजी ल्यान्डमार्क, सुन्सरीको धरानपुतलीलाइन, पोखराको लेकसाइड र न्युरोडतथा बुटवल र सुर्खेतमामासोनामका सोरुम छन् ।


