काठमाडौं । भारतमा सम्पन्न पहिलो मोटोजीपी इभेन्टको रोमाञ्चक साहसिक अनुभव बटुलेर टोली नेपाल फर्किएको छ। नौजना यामाहा उत्साही र बाइकरहरूको टोलीले गत सेप्टेम्बर २४, २०२३ मा भारतमा भएको मोटोजीपी इभेन्टमा सहभागी भएका थिए । टोलीले सेप्टेम्बर २३ र २४ मा मुटुको ढुकढुकी बढाउने दौडको अनुभव गरेको थियो। त्यसपछि सेप्टेम्बर २७, २०२३ मा उनीहरूले आफ्नो शब्दाती त साहसिक कार्यको उत्कर्षलाई काठमाण्डौ फर्केर बिट मारेका थिए।
रेसिङ सम्पदाका लागि प्रख्यात यामाहा नेपालमा रेसिङ संस्कृतिको प्रवर्द्धन र विकास गर्न अथक रूपमा समर्पित छ । उक्त प्रतिबद्धतासँगै यामाहा नेपालले यामाहा मालिकहरूका लागि मोटोजीपीको प्रत्यक्ष साक्षी बन्ने अविष्मरणीय अनुभवमा सहभागी हुने विशेष अवसरको गर्विलो घोषणा गरेको थियो।यो कार्यक्रमले यामाहा मोटर साइकलको पराक्रम मात्र नदेखाई खुल्ला सडकहरूमा ब्रान्डको गहिरो माया बाँड्ने राइडर्सकोअटल जोशलाई पनि उत्सवका रूपमा मनाएको थियो।
राइडरहरुमा संग्राम पुडासैनी,सुरेश जीसी,माइकल थापा,रुपेश पण्डित,राजकुमार कुशवाहा,अर्जित महर्जन,राजकुमार कार्की,तारा खड्का र मार्शल प्रमोद श्रेष्ठ उक्त इभेन्ट सहभागी भएका थिए। आठ दिनमा २१६० किलोमिटरको दूरी छिचोल्दै यो साहसिक कार्यले उनीहरूको असीम जोश र अटल प्रतिबद्धताको बलियो प्रमाणको रूपमा कार्य गरेकोछ।


