काठमाडौं- प्रधानमन्त्री पुष्पकमल दाहालले सात राजनीतिक दलका नेताहरूको बैठक बोलाएका छन्।
आइतबार बिहान नेकपा एमाले अध्यक्ष केपी ओली, उपाध्यक्ष विष्णु पौडेललगायतसँग छलफल गरेका दाहालले पुन: अर्को बैठक बोलाएका हुन्।
सुन तस्करी प्रकरणमा जाँचबुझ आयोग गठन गर्ने विषयमा दाहालले ओलीसहितका नेतालाई बालुवाटार बोलाएका थिए।
दाहाल र ओली जाँचबुझ आयोग गठनबारे सहमतिनजिक पुगेको एमाले सचेतक महेश बर्तौलाले बताए।
आइतबार नै जाँचबुझ आयोग गठन गर्ने तयारी प्रधानमन्त्री दाहालको छ।
जाँचबुझ आयोग गठनकै विषयमा प्रधानमन्त्रीले राजनीतिक दलका नेताहरूलाई बोलाएको बालुवाटार स्रोतले बतायो।
प्रधानमन्त्री दाहाल शनिबार मात्रै चीनबाट फर्किएका थिए।


