२०८३ कार्तिक ११ गते मङ्गलबार

एन्थोनीको कथा : शव टेकेर तय गरेको सपनाको बाटो

 |  रिचार्ड मार्टिन
Sanket

रिचार्ड मार्टिन

काठमाडौँ, असोज १५
anthony5

ब्राजिलको साओ पाउलोको पेबेलादेखि म्यानचेस्टरको होम ग्राउन्ड ओल्ड ट्राफोर्डमा ८५ मिलियन पाउन्डमा अनुबन्ध हुँदासम्म एन्थोनीको करियर रफ्तारमा थियो। तर, उनीमाथि लागेको गम्भीर आरोपका कारण उनको करियरले अहिले अक्करे भिरको यात्रा गरिरहेको छ।

म्यानचेस्टर युनाइटेडका प्रशिक्षक एरिक टेन हग र क्लबले उनीमाथि ठूलो भरोसा राखे। हगको अनुरोधमा म्यान्चेस्टर युनाइटेडले उनलाई ८५ मिलियन पाउन्डमा सन् २०२२ को अगस्टमा अनुबन्ध गर्‍यो।

टेन हग र एन्थोनीले डच क्लब आयाक्समा २ वर्षसँगै काम गरेका थिए। उनीहरुले घरेलु लिग समेत जितेका थिए। एन्थोनी म्यानचेस्टर युनाइटेडले अहिलेसम्म सबैभन्दा महँगो मूल्य तिरेर भित्र्याएका खेलाडी हुन्। एन्थोनीको आगमनले म्यानचेस्टर युनाइटेडले महँगो सुरुवा शुल्क तिरेर भित्र्याएको खेलाडीको सूचीको पहिलो नम्बरमा रहेका पल पोग्बालाई दोस्रो स्थानमा धकेलिदियो।

युनाइटेडमा एन्थोनीको पहिलो सिजनको यात्रा भने निराशाजनक रह्यो। यद्यपि क्लब र टेन हगले उनले क्षमता देखाउने विश्वास गरिरहे। तर जब उनीमाथि कुटपिट र यौन हिसांको आरोप लाग्यो, तब क्बलमा उनको भविष्यलाई लिएर शंका उब्जिएको थियो। एन्थोनीले आफूमाथि लागेका सबै आरोप अस्वीकार गरेका छन्।

पूर्वप्रेमिका ग्राबिएला क्याबलिनले हिंसाको आरोप लगाएपछि थप दुई महिलाले पनि एन्थोनीमाथि गम्भीर आरोप लगाएका थिए। यसले फुटबल जगतलाई अचम्मित बनाएको थियो।

एन्थोनीमाथि लागेजस्तै आरोपमा मेसन ग्रिनउडले सफाई पाएका थिए। तर युनाइटेड र ग्रिनउडबीच टकरावपूर्ण सम्बन्धबाट आलोचित भएको केही सातापछि युनाइटेड अर्को असहज परिस्थितीबाट ग्रुजनु पर्‍यो।

यद्यपि युनाइटेडले शुक्रबार एन्थोनीलाई टिममा समावेश गर्ने घोषणा गरेको छ। अब उनले युनाइटेडको प्रशिक्षण सत्रमा भाग लिनेछन् र टेन हगको खेलाडी चयन प्रकियामा उनी पनि पर्ने अपेक्षा छ।

गम्भीर आरोप र युनाइटेडको घोषणाका कारण चर्चामा रहेका एन्थोनीको जीवन भने निकै उतारचढावपूर्ण छ। उनको जीवनले लागुऔषधको नर्कदेखि थिएटर अफ ड्रिम्स (सपनाको रंगमञ्च) सम्मको यात्रा तय गरिसकेको छ।

एन्थोनी साओ पाउलोमा जन्मिएका हुन्। त्यहाँ ‘इन्फिर्निन्हो’ भनेर चिनिने परिवारमा उनी हुर्किए। ब्राजिली भाषाको शब्द ‘इन्फिर्निन्हो’को अंग्रेजी रुपान्तरण ‘लिटिल हेल’ अर्थात् ‘सानो नर्क’ भन्ने हुन्छ।

पूर्वप्रेमिका ग्राबिएला क्याबलिनले हिंसाको आरोप लगाएपछि थप दुई महिलाले पनि एन्थोनीमाथि गम्भीर आरोप लगाएका थिए। यसले फुटबल जगतलाई अचम्मित बनाएको थियो।

एन्थोनीले सन् २०२२ मा द प्लेयर्स ट्रब्यूनसँग गरेको कुराकानीमा बाल्यकालका दर्दनाक अनुभवबारे खुलाएका छन्। जसमा ग्याङस्टार र ड्रग्स डिलरहरुसँगको संगत र गरिबीमा हुर्किँदाको अनुभव साटेका छन्।

‘यदि तपाईले मलाई एक व्यक्तिका रुपमा बुझ्न चाहनुहुन्छ भने तपाईले म कहाँको हुँ भनेर बुझ्न पर्ने हुन्छ। मेरो इतिहास, मेरो थातथलो र म जन्मिएको वर्ग इनफर्निन्हो हो। यो निकै बदनाम ठाउँ हो। हाम्रो घरको मूल ढोकाबाट १५ कदमको दूरीमा रहेको ड्रग्सडिलरमा सँधै लागुपदार्थको कारोबार हुन्थ्यो। त्यसको गन्ध लगातार झ्यालबाट छिरिरहन्थ्यो।’

एन्थोनीको घर यति साँघुरो थियो कि किशोर हुँदासम्म आफ्ना माता-पितासँग एउटै कोठा र ओछ्यान प्रयोग गरे। त्यो बेला उनका लागि बन्दुक, हिंसा र पुलिसको छापा सामान्य थियो। त्यो बाहेक अर्को चिज उनले देख्न पाएनन्। उनले भनेका छन्, ‘हामी बन्दुक दिनहुँ देख्थ्यौं। त्यसकारण बन्दुकदेखि डर लाग्दैन थियो। बन्दुक हाम्रो दैनिकीको हिस्सा थियो। तर पनि पुलिसले हाम्रो ढोका ढकढकाउँदा धेरै डराएका थियौँ। एकपटक पुलिसले कसैलाई खोज्दै हाम्रो घरमा हमला गरेको थियो। तर पुलिसले केही पनि भेटेन। सानो उमेरका कतिपय क्षण तपाईँका लागि यादगार बनिरहन्छन्।’

एक दिन उनले स्कुल जाँदै गर्दा एक लास भेटे। ‘फबेला (उनी बस्ने ठाउँ)मा यी चिज सामान्य थिए। मैले त्यो दिन लास भेटेँ। जाने अर्को बाटो थिएन। मलाई स्कुल जानु थियो। त्यसकारण मैले आँखा बन्द गरेँ अनि लासमाथि टेकर दौडिएँ।’

एन्थोनीले आफ्नो गाउँको भयावह स्थितिबाट बच्न फुटबलको साहारा लिनुपर्‍यो। उनी आफ्ना भाइसँगै गाउँका साथीहरुसँग फुटबल खेल्थे। फुटबल खेल्नका लागि जुत्ता किन्ने पैसा थिएन। नाङ्गो खुट्टाले फुटबल खेल्थे। खाली खुट्टा फुटबल खेल्दा रगत बग्थ्यो, पोल्थ्यो।

‘म सानै थिएँ। तर भगवानको कृपाका कारण ड्रिबिलिङ गर्थेँ। ड्रिबिलिङ मेरो रगतमा थियो। सोही कारण मैले कसैका अघि आफ्नो शिर झुकाउन परेन,’ उनले विगत सम्झिएका छन्, ‘मैले ड्रग्सडिलरलाई रोक्न प्रयास गरेँ। चोरहरुसँग पनि डराउनुपरेन। किनकि मेरो खुट्टामा एउटा बल थियो। त्यसैको आडमा मलाई कुनै डर थिएन।’

एन्थोनी साओ पाउलोमा जन्मिएका हुन्। त्यहाँ ‘इन्फिर्निन्हो’ भनेर चिनिने परिवारमा उनी हुर्किए। ब्राजिली भाषाको शब्द ‘इन्फिर्निन्हो’ शब्दलाई अंग्रेजी अनुवाद गर्दा ‘लिटिल हेल’ अर्थात् ‘सानो नर्क’ भन्ने हुन्छ।

फुटसल टिमका निर्देशक ग्रेमियो बारुएरी उनका लागि ठूलो आड थिए। बारुएरीले फवेलामा एउटा म्याच देखेका थिए। त्यो म्याच एन्थोनीले पनि खेलेका थिए। त्यो बेला उनको उमेर आठ वर्षको थियो। आफ्नो खेलशैलीका कारण वयस्कविरुद्ध खेलिरहेका थिए। जसमध्ये केही खतरनाक ग्याङस्टार समेत थिए।

छिमेकीको वाइफाईका माध्यमबाट युट्युबमा फुटबलका क्लिप हेर्न थाले। रोनाल्डिन्होको खेलकौशलले उनलाई खुब प्रेरित गर्‍यो। त्यसकारण उनले रोनाल्डिन्होलाई आफ्नो आदर्श मान्न थाले। त्यसपछि उनले आफैंसँग बाचा गरेँ- म व्यावसायिक फुटबलर बन्नेछु, अनि एउटा रातो रेन्जरोभर किन्नेछु।

उनले आफैँसँग गरेका दुवै वाचा पूरा गरे।

एन्थोनी १४ वर्षको उमेरमा स्थानीय दिग्गज क्लब साओ पाउलो फुटबल क्लबको एकाडेमीमा सहभागी भए। यो क्लब ब्राजिलको सबैभन्दा ठूलो र सबैभन्दा सफल क्बलमध्येको एक हो। काफू, काका अनि म्यानचेस्टर युनाइटेडमा अहिलेसँगै खेलिरहेका कासिमिरो पनि साओपाओलोको एकाडेमीकै माध्यमबाट आएका थिए।

यद्यपि त्यो बेला एन्थोनी कठिन समयबाट गुज्रिरहेका थिए। उनी स्कुलमा पढाइ सकेर भोकै प्रशिक्षणका लागि जान्थे। खाजा खाने पैसा थिएन। ‘म निकै दुब्लो थिएँ। तर म सँधै आफ्नो आँखामा सपना बोकेर खेल्थेँ,’ उनले भनेका छन्।

उनी अनुशासनको कठघरामा उभिन परेको थियो। ‘मेरो भावनासँग जोडिएका केही समस्या थिए। मेरा समस्या अनुशासनसँग सम्बन्धित थिए। तीन वटा मौका दिइएको थियो। म क्लबबाट निकालिने अवस्थामा पुगेको थिएँ,’ उनले भने।

सन् २०१९ मा एन्थोनीले साओ पाउलो शहरको प्रतिष्ठित युवा फुटबल प्रतियोगितामा आफ्नो टिमलाई एउटा जित दिलाए। जुन प्रतियोगितालाई कोपिन्हो भनिन्छ। फाइनलमा भास्को डी-गामाविरुद्ध एन्थोनीले गोल गरेका थिए। सोही कारण उनी प्रतियोगिताका उत्कृष्ट खेलाडी पनि घोषित भएका थिए। उनले सोही वर्ष सिनियर टोलीमा पनि अवसर पाए। उनले उत्कृष्ट प्रदर्शन गर्दा साओ पाउलो स्टेट च्याम्पियन्ससिपको फाइनलसम्म पुगेको थियो।

एन्थोनीले कोरिन्थियस विरुद्धको फाइनलको दोस्रो हाफमा गोल गरेका थिए। तर उनको टिम २-१ गोलले पराजित भयो। यो खेल हेर्न ४४ हजार दर्शक मैदानमा आएका थिए। टेलिभिजनबाट खेल हेर्न दर्शकको संख्या पनि उल्लेखिय थियो। त्यो समयमा पनि एन्थोनी फवेलामै बस्थे। खेलपछि उनी फबेलामै फर्किए। त्यहीँ बस्ने एक जनाले उनलाई तुरुन्तै प्रश्न गरे, ‘मैले तिमीलाई अघि टीभीमा देखेको थिएँ। तिमी यहाँ के गर्दैछौं?’

जवाफमा एन्थोनीले भनेका थिए, ‘ब्रदर! म यहीँ बस्छु।’

सन् २०१९ एन्थोनीका लागि व्यक्तिगत रुपमा पनि महत्वपूर्ण रह्यो। साओ पाउलो च्याम्पियन्सिपमा क्वार्टर फाइनल खेलको तयारीको समयमा उनकी तत्कालीन प्रेमिका गर्भवती रहेको थाहा पाएका थिए। यो खबर उनलाई उतिसारो मन परेको थिएन।

‘म चाहान्नथेँ म पिता बनौं। किनकी म परिपक्व भइसकेको थिइनँ,’ उनले भने। उनका छोरा लोरेन्जोको जन्म २०१९ को नोभेम्बरमा भयो। ‘म एक किशोरबाट एक वयस्क पुरुष बनेँ। जब तपाईँले एक बच्चालाई पालनपोषण गर्नुपर्छ, तब जिम्मेवारी पनि बढ्छ। तपाईँले आफ्ना लागि मात्रै होइन, तपाईँलाई माया गर्नेहरुका लागि पनि काम सुरु गर्नुहुनेछ।’

यूरोपियन क्लबले एन्थोनीमाथि चासो राख्न थालिहाले। बोरुसिया डर्टमन्डले पनि उनी माथि चासो राखेको थियो। तर टेन हग प्रशिक्षक रहेको आयाक्सले उनलाई सन् २०२० मा १३ मिलियन पाउन्डमा अनुबन्ध गर्‍यो। कोरोना भाइरसका कारण भएको लकडाउनका बेला एन्थोनीले ७ किलो तौल बढाए। जब उनी सन् २०२०-२१ को सिजन सुरुवात गर्न एमस्टर्डम गए, तब उनी तेज र बलियो बने। उनले सबै प्रतियोगिता गरेर १९ खेल खेले अनि ९ गोल गरे। जुन शानदार सुरुवात थियो।

नेदरल्यान्डमा उनले सहज महसुस गरे। फबेलामा जस्तो समस्या थिएनन्। फबेलामा रहँदा उनी बिहान ९ बजे स्कुल जान्थे अनि बेलुका ९ बजे केही खान्थे। ‘जब मलाई थाहा भयो कि म आयाक्समा अनुबन्धित हुँदैछु, तब मैले आफूलाई मानसिक रुपमा तयार गरेँ।’

आयाक्समा उनको पहिलो सिजनको अन्त्यमा टोकियो ओलम्पिक खेल्नका लागि ब्राजिलको अन्डर-२३ टिममा उनी समावेश भए। उनी प्रतियोगिताको एक उत्कृष्ट खेलाडीमध्ये एक थिए। उनी सबै खेलमा सुरुवाती ११ मा परे। उनको टिम फाइनलमा पुग्यो। स्पेनविरुद्धको फाइनल खेलको अतिरिक्त समयमा माल्कोमलाई गोल गर्नका लागि अवसर सिर्जना गरिदिए। जसका कारण ब्राजिलले २-१ गोलको जित निकाल्दै गोल्ड मेडल जित्यो। त्यसपछि ब्राजिलका प्रशिक्षक टिटेले उनलाई विश्वकप छनौट खेलका लागि पहिलो पटक सिनियर टोलीमा बोलाए। उनले सिनियर टोलीमा डेब्यू गरेको खेलमा ब्राजिलले भेनेजुयला विरुद्ध ३-१ गोलको जित निकाल्यो।

आयाक्समा एन्थोनीको दोस्रो सिजन अझ उत्कृष्ट रह्यो। उनले च्याम्पियन्स लिगको समूह चरणमा शानदार प्रदर्शन गरे। टेन हगको टिमले सबै ६ खेल जितेर १८ अंक जोडेर समूहको शीर्ष स्थान कब्जा गर्‍यो। एन्थोनीले डर्टमन्ड र स्पोर्टिङ सिपीविरुद्ध २-२ गोल गरेका थिए। उनले सिजनभर १२ गोल र १० असिस्ट गरेका थिए।

टेन हगले आयाक्स छाडे। उनी म्यानचेस्टर युनाइटेड सम्हाल्न इंग्ल्यान्ड पुगे। एन्थोनीलाई अनुबन्ध गर्ने प्रयास टेन हगले गरिरहेका थिए। सिजनको खराब सुरुवातका कारण पनि टेन हग एन्थोनीलाई अनुबन्ध गर्न चाहन्थे।

एन्थोनीले युट्रेक्टविरुद्धको खेल भन्दा पहिला प्रशिक्षण गर्न अस्वीकार गरे। जसका कारण उनलाई आयाक्स पनि बेच्न तयार हुँदै गयो। तर आयाक्स उनलाई सस्तैमा बेच्न चाहँदैन थियो। अन्ततः युनाइटेडले उनलाई ८५ मिलियन पाउन्डमा अनुबन्धन गर्‍यो। आयाक्सले एन्थोनीबाट २ वर्गमा ६७ मिलियन पाउन्डको मुनाफा कमायो।

टेन हगको टिमले सबै ६ खेल जितेर १८ अंक जोडेर समूहको शीर्ष स्थान कब्जा गर्‍यो। एन्थोनीले डर्टमन्ड र स्पोर्टिङ सिपीविरुद्ध २-२ गोल गरेका थिए। उनले सिजनभर १२ गोल र १० असिस्ट गरेका थिए।

एन्थोनीले युनाइटेडमा पनि शानदार सुरुवात गरे। आर्सनलविरुद्धको डेब्यू खेलमा उनले युनाइटेडका लागि पहिलो गोल गरे। ओल्ड ट्राफोडमामा आर्सनलविरुद्ध युनाइटेडले ३-१ गोलको जित निकाल्यो। उनले म्यानचेस्टर सिटीविरुद्ध पनि शानदार प्रदर्शन गर्दै गोल गरे। एभर्टनविरुद्ध गोल गरेर उनी सुरुवाती तीन खेलमा गोल गर्ने युनाइटेडका पहिलो खेलाडी बने। तर उनले आफ्नो शानदार सुरुवातले उनलाई निरन्तरता भने दिन सकेनन्।

एभर्टनविरुद्ध गोल गरेको ६ महिनापछि उनले नटिङ्घम फरेस्टविरुद्ध शानदार प्रदर्शन गर्दै गोल र २ असिस्ट गरेका थिए।

एन्थोनीलाई सन् २०२२ मा कतार विश्वकप खेल्ने टिममा प्रशिक्षक टिटेले समावेश गरे। तर त्यो विश्वकप न एन्थोनीका लागि न त ब्राजिलका लागि नै उत्कृष्ट रह्यो। उनले विश्वकपका ४ खेल खेलेका थिए। जसमध्ये एक खेलमा मात्रै सुरुवात गरे। उनले राम्रो प्रदर्शन गर्न सकेनन्, त्यसो हुनुको कारण उनले एसी रहेको बताए। क्रोएसियाविरुद्ध पेनाल्टीमा ब्राजिल हार्‍यो। त्यसपछि उनले ईएसपीएनसँग भनेका थिए- म स्टेडियममा लगाइएको एयर कन्डिसनका कारण बिरामी परेको थिएँ।

एन्थोनीले बार्सिलोनाका विरुद्ध यूरोपा लिग प्ले-अपमा गोल गरेका थिए। उनले रियल वेटिसविरुद्ध युनाइटेडले निकालेको ४-१ गोलको जितमा पनि शानदार प्रदर्शन गरेका थिए। यद्यपी चेल्सी विरुद्ध युनाइटेडको अन्तिम प्रिमियर लिग खेलमा घाइते भएका कारण उनको पहिलो सिजन दुखद् रुपमा समाप्त भयो। यसको मतलब उनले म्यानचेस्टर सिटीविरुद्धको एफए कप फाइनल गुमाए।

एफए कप फाइनलको तीन दिनपछि उनकी पूर्वप्रेमिका ग्राबिएला क्वालिनले ब्राजिलमा उनीविरुद्ध प्रहरीमा उजुरी हालिन्। एन्थोनीले घरेलू हिंसा, धम्की र शारीरिक हमला गरेको आरोप थियो। युनाइटेडले त्यो समय कुनै टिप्पणी गरेको थिएन। तर एक महिनापछि एन्थोनीले इन्स्टाग्राममा बयान जारी गर्दै भनेका थिए, ‘यो झुठो आरोप हो।’

आरोप लागेपछि पनि युनाइटेडमा उनी समस्यामा परेनन्। उनी प्रि-सिजन खेल्न अमेरिका जाने टोलीमा चुनिए। उनले डर्टमन्ड र लेन्सविरुद्धको खेलमा गोल गरेका थिए। त्यो बेला टेन हगले भनेका थिए, ‘उनले प्रि-सिजनमा राम्रो प्रदर्शन गरिरहेका छन्, गोल गरिरहेका छन्। उनले विचलित नभई फुटबलमा ध्यान केन्द्रित गर्नुपर्छ।’

आर्सनसँग युनाइटेड पराजित भएको अघिल्लो दिन एन्थोनी बोलिभिया र पेरुविरुद्धको विश्वकप छनोट खेलका लागि राष्ट्रिय टोलीमा समावेश हुन ब्राजिल गएका थिए। जब उनी ब्राजिलमा उत्रिए तब उनका विरुद्ध प्रेमिकाले थप विवरण पेस गरिन्। एन्थोनीले उनलाई तिव्र गतिमा दौडिरहेको कारबाट बाहिर फाल्दिने धम्की दिएको, छातीमा मुक्का हानेको र तातो पानीले हमला गरेको लागायतका थप आरोप उनले लगाएकी थिइन्।

इंग्ल्यान्डमा पनि उनीविरुद्ध प्रहरीमा उजुरी पर्‍यो। जसको छानबिन ग्रेटर म्यानचेस्टरको पुलिसले गरिरहेको छ। त्यसपछि एन्थोनीलाई ब्राजिलले टिमबाट हटाइदियो। त्यसपछि ब्राजिलको एक टेलिभिजनसँग भनेका छन्, ‘मैले कुनै पनि महिलालाई छोएको छैन। यो शतप्रतिशत सत्य हो। म सबै सबूत लिएर आउनेछु। मैले कसैमाथि हमला गरेको छैन र गर्दिनँ पनि। मैले न अपराध गरेको छु न त शारिरिक हिंसा नै गरेको छु।’

तर, त्यसको केही दिन पछि अन्य दुई जना महिलाले एन्थोनीले हिंसा गरेको आरोप लगाए। सन् २०२२ मा भएको त्यो घटनापछि अस्पतालमा उपचार गर्नुपरेको रायसा डी फ्रीटासले उल्लेख गरिन्। साओ पाउलो नाइट क्लबमा एन्थोनी र ब्राजिलियन खेलाडी डूडूकी पूर्वपत्नी मल्लू ओहानाले आफूमाथि हमला गरेको उनको आरोप थियो।

३३ वर्षीय बैंकर इंग्रिड लानाले एन्थोनीले सन् २०२२ अक्टोबरमा उनीमाथि आक्रामक व्यवहार गरेको आरोप लगाइन्। तीन महिनासम्म मौन रहेको युनाइटेडले एन्थोनीविरुद्ध लागेको आरोपका बारेमा स्टेटमेन्ट जारी गर्‍यो। थप दुई जना महिलाले पनि उनीमाथि आरोप लगाएपछि क्लबले एन्थोनी प्रशिक्षणमा सहभागी नहुने घोषणा गर्‍यो।

युनाइटेडले अहिले उनलाई टिममा समावेश गर्ने घोषणा गरेको छ। युनाइटेडले भनेको छ, ‘एन्थोनीले आफूमाथि लागेको आरोपबारे छानबिन गर्न ब्राजिल र युकेका प्रहरीलाई सहयोग गरेका छन्। उनले यो क्रम जारी राख्नेछन्। उनले प्रशिक्षण पुनः सुरु गर्नेछन्। प्रहरीको अनुसन्धान जारी रहुन्जेल उनी प्रशिक्षण गर्न र खेल्न उपलब्ध हुनेछन्।’ शनिवार क्रिस्टल प्यालेससँग युनाइटेड पराजित भयो। चालू सिजनको सुरुवात युनाइटेडका लागि सुखद् हुन सकेको छैन। प्यालेससँगको हारपछि प्रशिक्षक टेन ह्याग माथि दबाब बढेको छ। अर्को तर्फ  टेन ह्यागको सम्बन्ध अर्का विंगर जेर्डान सान्चोसँग चिसिएको छ। यस्तोमा टेन ह्यागका लागि एन्थोनीको उत्कृष्ट प्रदर्शन आवश्यक परेको छ।  युनाइटेडले बुधबार च्याम्पियन्स लिगमा गालाटासारेसँग र शनिवार प्रिमियर लिगमा ब्रेनफुटसँग खेल्दैछ।

गोलडटकमबाट

प्रकाशित: २०८० असोज १५ गते सोमबार ०१:१७
प्रतिक्रिया

थप समाचार

एनपीएलका लागि ९ सहरमा एक्सट्रीमका १० फ्यान जोन, प्रवेश निःशुल्क

काठमाडौँः नेपाल प्रिमियर लिग (एनपीएल) को तेस्रो संस्करणलाई लक्षित गर्दै एक्सट्रीम इनर्जी ड्रिङ्कले देशका ९ सहरमा १० वटा फ्यान जोन सञ्चालन गर्ने भएको छ। कात्तिक ९ देखि मंसिर ५ गतेसम्म हुने एनपीएलका...

एनपीएल क्रिकेट: जनकपुर टस जितेर फिल्डिङमा

काठमाडौँ: राजधानीमा जारी तेस्रो संस्करणको नेपाल प्रिमियर लिग (एनपीएल)को दोस्रो दिनको दोस्रो खेलमा अहिले जनकपुर बोल्ट्स र कर्णाली याक्स भिड्दैछन्। कीर्तिपुरस्थित त्रिवि अन्तर्राष्ट्रिय...

रसेल र लोकेशको आक्रामक ब्याटिङका बाबजुद विराटनगर पराजित, चितवन ८ रनले विजयी

नेपाल प्रिमियर लिग (एनपीएल) अन्तर्गत आजको पहिलो खेलमा चितवन राइनोजले विराटनगर किंग्सलाई ८ रनले पराजित गरेको छ। खेलको अन्तिम चरणमा विराटनगरले लगातार विकेट गुमाउँदा जितको नजिक पुगेर पनि हार...

टस जितेर विराटगरले चितवनलाई दियो पहिले ब्याटिङको निम्तो

नेपाल प्रिमियर लिग (एनपीएल) अन्तर्गत आजको पहिलो खेलमा विराटनगर किङ्ग्सले टस जितेर पहिले बलिङ गर्ने निर्णय गरेको छ। कीर्तिपुरस्थित त्रिवि अन्तर्राष्ट्रिय क्रिकेट मैदानमा जारी खेलमा विराटनगरले...

एनपीएल क्रिकेट : आज दुई खेल हुँदै 

काठमाडौं। राजधानीमा जारी नेपाल प्रिमियर लिग (एनपीएल)अन्तर्गत आज दुई खेल हुँदैछन्। कीर्तिपुरस्थित त्रिवि अन्तर्राष्ट्रिय क्रिकेट मैदानमा हुने पहिलो खेलमा मध्यान्ह १२ बजे चितवन राइनोज र विराटनगर...
ambika
उद्योग

जहाँ संकट, त्यहाँ अम्बिका

सरकारी जागिर हुँदै पुँजीबजार, चन्द्रागिरीदेखि समस्याग्रस्त संस्थाको पुनरुत्थानसम्म, अम्बिकाप्रसाद पौडेलको जोखिम, सिकाइ र उद्यम यात्रा।
TRISHULI_FLOOD (2)
पूर्वाधार

रसुवा–भोटेकोशी बाढीः ३२ हजारभन्दा बढी नागरिक प्रभावित, ७९ अर्बको क्षति

बाढीले निजी घरपरिवारतर्फ मात्रै ६९ अर्ब ५७ करोड रुपैयाँ र व्यावसायिक प्रतिष्ठानतर्फ ९ अर्ब ६० करोड रुपैयाँ बराबरको क्षति पुर्‍रयाएको प्रारम्भिक आकलन छ।
Bijuli_export
आर्थिक नीति

तीन महिनामा १६ अर्ब बढीको बिजुली भारत र बंगलादेश निर्यात

रसुवा बाढीका कारण केही जलविद्युत आयोजनाको उत्पादन बन्द भई निर्यात प्रभावित भए पनि गत वर्षको असोज र चालू आर्थिक वर्ष भदौको तुलनामा यस वर्ष असोजमा विद्युत निर्यातबाट प्राप्त कारोबार रकम बढेको...
advance-international-hospital-nepal
स्वास्थ्य

भैरहवामा ४ अर्ब २० करोडको अत्याधुनिक अस्पताल अन्तिम चरणमा, पुसदेखि सञ्चालन गर्ने तयारी

नेपालगञ्ज मेडिकल कलेज, सञ्जिविनी नर्सिङ कलेज र सिटी अस्पतालका सञ्चालहरूले 'एडभान्स इन्टरनेसनल हस्पिटल'  निर्माण गरिरहेका हुन्।
saudi
विदेश

साउदीमा हुथी आक्रमणः कच्चा तेलको भाउ बढेर पुग्यो ब्यारेलको ११३ डलर माथि

खाडी अशान्त बनेपछि अन्तर्राष्ट्रिय बजारमा कच्चा तेलको भाउ उकालो लागेको छ। ब्रेन्ट क्रुडमा कच्चा तेलको भाउ बढेर ११३.४ डलर पुगेको आयल प्राइस डटकमले जनाएको छ।

सम्पर्क

Homepage Media Pvt. Ltd.
सूचना विभाग दर्ता नंः ३८६१-०७९/८०

Anamnagar, Kathmandu, Nepal
फोन: +977-9849664207
इमेल: [email protected]

विज्ञापनको लागि

फोन: : +977-9802356661
इमेल : [email protected]
  • अध्यक्ष/प्रधान सम्पादक
    नारायण अमृत
  • सम्पादक
    बाबुराम खडका
  • प्रमुख कार्यकारी अधिकृत
    जीवन तिम्सिना