काठमाडौँ- एसियाली खेलकुद अन्तर्गत पुरुष क्रिकेटमा भारतले नेपाललाई २०३ रनको लक्ष्य दिएको छ।
टस जितेर ब्याटिङ रोजेको भारतले निर्धारित २० औभरको खेलमा ४ विकेट गुमाएर २०२ रन जोड्न सफल भएको हो।
नेपालका अविनाश बोहराले १६.२ ओभरको बलमा भारतका यशस्वी जैसवालको विकेट लिए।
यद्यपि जैसवालले ४९ बलमा सय रन बनाएका थिए। उनले ८ चौका र ७ छक्का प्रहार गरेका थिए।
सन्दीप लामिछानेले जितेश शर्मालाई आउट गराएर टिमका लागि तेस्रो विकेट लिएका थिए। लामिछानेले ५ बल सामना गरेका जितेश ४ रन बनाएर पेभेलियन फर्किए।
दीपेन्द्र सिंह एरीले भारतीय ब्याटर ऋतुराज गायकवाडलाई आउट गराएका थिए। गायकवाड २३ बलमा २५ रन बनाएर आउट भए।
सोमपाल कामीले तिलक वर्मालाई आउट गराए। उनले १० बलमा २ रन बनाए।
भारतका शिवम दुवेले २५ र रिंकु सिंहले ३७ रन जोडे।
मंगलबार बिहान झेजियाङ युनिभर्सिटी अफ टेक्नोलोजी पिङफियाङ क्रिकेट फिल्डमा भारतले टस जितेर ब्याटिङ गरिरहेको छ।
यसअघि नेपालले भारतसँग टी-२० खेलेको थिएन।


