कास्की – बेगनास तालमा २२ वर्षीय युवकको शव फेला परेको छ।
पोखरा महानगरपालिका-३१ अलैची कुनास्थित तालमा तैरिरहेको अवस्थामा मंगलबार साँझ युवकको शव फेला परेको हो।
युवक प्युठान मलरानी गाउँपालिका-४ का २२ वर्षीय अनिश श्रेष्ठ रहेको कास्की प्रहरीले जनाएको छ।
शव पोष्टमार्टमको लागि पश्चिम क्षेत्रीय अस्पतालमा पठाइएको छ।
घटनाबारे अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ।


