काठमाडौं – पशुपति क्षेत्र विकास कोषको सदस्य सचिवमा राजुकुमार खत्रीलाई जिम्मेवारी दिइएको छ।
संस्कृति, पर्यटन तथा नागरिक उड्डयन मन्त्री सुदन किराँतीले खत्रीलाई मंगलबार सदस्य सचिवको जिम्मेवारी दिएका हुन्।
कोषका सदस्य सचिव डा. मिलनकुमार थापा भ्रष्टाचार मुद्दामा तानिएपछि खत्रीलाई सदस्य सचिवको जिम्मेवारी दिइएको मन्त्रालयले जनाएको छ। यसअघि खत्री कोषका सदस्य थिए।
अर्को व्यवस्था नहुञ्जेलसम्म खत्रीलाई सदस्य सचिवको जिम्मेवारी दिइएको मन्त्रालयले जनाएको छ।
थापालाई पशुपतिनाथ मन्दिरमा जलहरी लगाउँदा भ्रष्टाचार गरेको आरोपमा सोमबार अख्तियारले विशेष अदालतमा मुद्दा दायर गरेको थियो। मुद्दा दायर भएसँगै उनी निलम्बनमा परेका थिए।


