काठमाडौं– हुन्डाई नेपालले चाडपर्व लक्षित गरी हुन्डाई फेस्टिभ डिलाइटअन्तर्गत ‘फेस्टिभ कार्निवल’ आयोजना गर्ने भएको छ । आउँदो शुक्रबार असोज १९ गते देखि २१ गतेसम्म देशभरका आफ्ना सबै शोरुमबाट उक्त फेस्टिभ सञ्चालन गर्दैछ।
हुन्डाई फेस्टिभ कार्निवल, आफ्ना ग्राहकहरुसँग प्रत्यक्ष भेटघाट गरी शुभ–कामना आदानप्रदान गर्दै विभिन्न कार्यक्रमहरु आयोजना गरी मनाइने छ। कार्निवलमा हुण्डाईको सबै शोरुमहरुमा फरक–फरक कार्यक्रमहरु आयोजना गरिनेछ।
लाइभ फुड स्टलहरु, लाइभ सांगितिक प्रस्तुति, किड्स प्ले जोन, गाडीसम्बन्धि आवश्यक विभिन्न DIY Tips & Tricks, निःशुल्क गाडीको परीक्षण तथा चेक जाँच, मूल्यांकन तथा एक्सचेन्ज सुविधा, ईभि गाडी सम्बन्धि विशेष जानकारी तथा अन्तरक्रिया कार्यक्रम, ईभि हाई भोल्टेज ब्याट्री चेकअप ,मोटोर र्याली जस्ता अरु विभिन्न कार्यक्रम संचालन हुने छन् । तिनदिने यस कार्निवललाई अझै रोचक र प्रतिस्पर्धी बनाउन हुण्डाई TikTok Contest, ‘EXTER Treasure Hunt’, Daily ‘Test Drive & Win’ र महिला चालकहरुप्रति लक्षित Hyundai ‘Wheels on Heels’ जस्ता कार्यक्रमहरुपनि आयोजना गरिनेछ।
कार्नीवलमा आयोजना गरिएका प्रतियोगितामा सहभागीभै विजेता हुनेले विश्व प्रसिद्ध ब्रान्ड BOSCH तथा WHIRLPOOL का वाशिङ मसिन, माइक्रोवेव ओवन, मिक्सर ग्राइन्डरहरु पाउन सक्नेछन्।


