काठमाडौं– वर्षभरि रिलिज भएका सर्वाधिक (सुपरहिट) सफल नेपाली चलचित्रहरु, डिशहोममा मात्र ‘एस्क्लुसीप’ प्रदर्शन भइरहेको छ । विभिन्न कारणवश हल सम्म गएर मन परेको नयाँ चलचित्र हेर्न छुटाउनु भएका दर्शकहरुले अब डिशहोममार्फत परिवार एकै साथ बसेर हेर्न सकिनेछ ।
अहिले दिपकराज गिरी, केदार घिमिरे, बुद्धी तामाङ आदि कलाकारहरुको अभिनय रहेको चलचित्र छक्का पञ्जा ४ डिशहोम सिनेमा घर च्यानल नं. १०८ मा असोज १९गते देखि प्रदर्शन भईरहेको छ ।
प्रकास, कृष्ण लिला, नाई नभन्नु ल ६, प्रसाद २, लाखे, घन चक्कर, मन्त्र, राधा, गुञ्जन, तिम्रो मेरो साथ, पासो, ह्यारिकी प्यारी, काँडेतार, गणपति जस्ता नयाँ चलचित्रहरु डिशहोम सिनेमाघर को साथै प्लस मुभि र रमाइलो टिभीमा प्रदर्शन हुनेछन् । सिनेमा घर च्यानल नं. १०८ मा चलचित्र हेर्न डिशहोमको ग्राहक सेवा केन्द्रको फोन नं. १६६००१२२००० मा फोन गरेर, नजिकैको डिशहोम विक्रेता वा डिलरमार्फत सेवा लिएर र आफ्नै मोवाईलबाट एसएमएस पठाएर चलचित्र हेर्न सकिन्छ ।
यस्तै डिशहोमको नियमित प्याकेज रिचार्ज गर्दा आकर्षक बोनस संगै नयाँ नयाँ नेपाली चलचित्र हेर्न सिनेमा घर च्यानल नं. १०८ को टिकट निशुल्क पनि पाउन सकिनेछ । ३ महिना अथवा रु एक हजार वा सो भन्दा माथिको रिचार्जमा ३२५ वरावरको एउटा मुभी टिकट, ६ महिना अथवा दुई हजार वा सो भन्दा माथिको रिचार्जमा ६५० बराबरको २ ओटा मुभी टिकट, १२ महिना अथवा पाँच हजार वा सो भन्दा माथिको रिचार्जमा १३ सय वरावरको ४ ओटा मुभी टिकट ग्राहकहरुले पाउन सक्नेछन ।
डिशहोमको नियमित प्याकेज रिचार्ज गरेको भोलिपल्ट बिहान ६ बजेपछि ८ अंकको सिनेमाघर च्यानल नं. १०८ को टिकट कुपन नम्वर ग्राहकको रजिष्टर्ड मोवाईल नं. मा एसएमएस मार्फत प्राप्त हुनेछ ।


