काठमाडौँ– सहिद स्मारक ए डिभिजन लिगअन्तर्गत छैटौंँ संस्करणका खेल आजबाट सुरु हुँदैछन्। दुई हप्ता लामो ब्रेकपछि लिगको छैटौँ चरण सोमबारबाट सुरु हुन लागेको हो।
सोमबार दिउँसो दुई बजे दुई खेल सुरु हुनेछन्। एउटा खेल सातदोबाटोको एन्फा कम्प्लेक्समा हुनेछ भने अर्को खेल च्यालसल रंगशालामा हुनेछ।
एन्फामा हुने खेलमा संकटा क्लबले खुमलटार युवा क्लबको सामना गर्नेछ। त्यस्तै, आम पुलिस फोर्सको एपिएफ क्लबले विभागीय डर्बी पुलिस क्लबको सामना गर्नेछ।
जारी लिगमा अहिलेसम्म दुई मात्र क्लब अपराजित छन्; मनाङ मर्स्याङ्दी क्लब र चर्च बोइज क्लब। दुवैको समान ११–११ अंक छ। यद्यपि १२ अंक बनाएर शीर्षस्थानमा सातदोबाटो क्लब रहेको छ।
आजको खेलमा सहभागी हुने संकटा ६ अंकका साथ आठौँ स्थानमा छ भने समान ६ अंक बनाएको खुमलटार नवौँ स्थानमा छ।
पुलिस तालिकाको पुछारमा रहँदा एपीएफ सात अंकका साथ छैटौँ स्थानमा छ।


