२०८३ कार्तिक ११ गते मङ्गलबार

ओलीलाई ‘चुनौती दिँदै’ एमालेमा पौडेल र पोखरेलका छुट्टाछुट्टै गुट

 |  नेपाल क्लिक्स
Sanket

नेपाल क्लिक्स

काठमाडौँ, असोज १९
bishnu_shankar

काठमाडौँ- विराटनगरमा भएको नेकपा एमाले कोशी प्रदेशको अधिवेशनमा घनश्याम खतिवडा निर्वाचित भए।

एमाले केन्द्रीय सदस्य विनोद ढकाललाई ८२ मतले पराजित गरी खतिवडा निर्वाचित भएका हुन्।

असोज १६ गते मतगणना सकिँदा खतिवडाले ५१२ मत ल्याए। ढकालले ४३० मत पाए।

यो अधिवेशनमा खतिवडालाई एमाले अध्यक्ष केपी ओलीले सहयोग गरेका थिए।

ढकाललाई पूर्वराष्ट्रपति विद्यादेवी भण्डारीले सहयोग गरेको बुझिन्छ।

कुनै बेला ओली र ढकालको सम्बन्धलाई लिएर एमालेको विपरीत खेमामा ठूलो बहस हुने गरेको थियो।

आपराधिक पृष्ठभूमिका व्यक्तिहरूसँगको साँठगाँठ, तिनीहरूलाई जोगाउन गरिएका अनेकन हत्कण्डाका कारण ओली र ढकालको सम्बन्ध चर्चामा आउँथ्यो।

आपराधिक पृष्ठभूमिका मोरङका पर्शुराम बस्नेतलगायतलाई मुद्दा नचलाउन दबाब दिँदै ढकालले विराटनगरमा २०६८ सालमा आमहड्ताल नै गरेका थिए। त्यसको विरोधी कित्तामा खतिवडा थिए।

खतिवडालगायत नेतालाई ज्यान मार्ने धम्की पर्शुराम समूहले दिएको भन्दै खतिवडालगायत नेता काठमाडौंमा आएर तत्कालीन प्रधानमन्त्री झलनाथ खनाललाई नै भेटेका थिए।

तर, यसबेला आउँदा ढकालको साथमा न ओली भए, न पर्शुराम नै।

ओली-ढकाल सम्बन्ध के कारण बिग्रियो भन्ने स्पष्ट छैन। कतिपय सन्दर्भमा ओली-ढकालको सम्बन्धलाई ‘व्यक्तिगत’ मान्ने नेता पनि छन्।

यसपालि ओली कित्तामा रहेका अधिकांश नेताले ढकाललाई खुलेरै असहयोग गरे। उनको पक्षमा भीम आचार्य मात्रै देखिए।

कोशीका पूर्वमुख्यमन्त्री शेरधन राई, नेता भानुभक्त ढकाल, विशाल भट्टराई, लालबाबु पण्डित, वर्तमान मुख्यमन्त्री हिक्मत कार्की, राजेन्द्र गौतम, नरेश पोखरेललगायत ओली समूहका धेरैले ढकाललाई हराउन भूमिका खेले। ढकाल हराउने समूहका यी नेता विगतमा उनलाई साथ दिन्थे।

खतिवडा एमाले फुट्दा मालेमा पुगेका थिए। ढकाल भने एमालेमै सक्रिय थिए। खतिवडालाई पहिले ओलीले मन पराउँदैनथे। अहिले ओली र उनीनिकटका धेरै नेता खतिवडाको पक्षमा देखिएका छन्।

एमाले कोशीमा ओली र भण्डारीका छुट्टाछुट्टै समूह बनेको बताइन्छ। त्यहाँ उपाध्यक्ष विष्णु पौडेलको भूमिका खासै नदेखिए पनि महासचिव शंकर पोखरेलको भूमिका रह्यो।

पूर्वराष्ट्रपति भण्डारी सक्रिय राजनीतिमा आउन खोजेपछि एमालेमा दुई गुट बनेको दाबी गरिन्छ। ओली भण्डारीलाई सक्रिय राजनीतिमा आएको देख्न चाहँदैनन् भनिन्छ।

तर, ओली पक्षकै दुई नेता समूह बनाउँदै हिँडेका देखिन्छन्। ओलीपछि नेतृत्वमा आउने प्रतिस्पर्धामा रहेका नेताहरूले अहिलेदेखि फरक-फरक समूह बनाएको दाबी एमाले वृत्तमा छ।

समग्रमा अहिले प्रतिस्पर्धा उपाध्यक्ष पौडेल र महासचिव शंकर पोखरेलको बनेको नेताहरूको स्वीकारोक्ति छ। तर, भण्डारीको बारेमा भने नेताहरू खुलेका छैनन्।

‘पूर्वराष्ट्रपतिले प्यानल बनाएको हल्ला चलेको हो, तर अहिले पौडेल र पोखरेलबीच प्रतिस्पर्धा देखिन्छ,’ एक नेताले भने।

पौडेल-पोखरेल दुवै ओलीनिकटै हुन्। प्रदेश अधिवेशनमा ओलीनिकट दुवै नेताका दुई समूहले आन्तरिक शक्ति संघर्ष गरिरहेको देखिन्छ।

उपाध्यक्ष पौडेल, गुरुङलगायत नेताको छुट्टै समूह बनेको दाबी गरिन्छ। शंकर पोखरेललगायत नेता ओलीको पक्षमा छन्।

यसको असर कोशीमा मात्रै नभएर गण्डकी र लुम्बिनी प्रदेशको पार्टीको अधिवेशनमा देखियो।

लुम्बिनीमा पौडेलनिकट पाल्पाका राधाकृष्ण कँडेलले जिते। गण्डकीमा गुरुङनिकट नवराज शर्माले जिते। ओलीनिकट खगराज अधिकारी समूहका मायानाथ अधिकारी पराजित भए।

कर्णालीमा गुलावजंग शाहले जिते। उनी पौडेलनिकट हुन्। बागमती प्रदेशमा कैलाश ढुंगेलले जितेका छन्। उनी ओलीनिकट हुन्।

ओलीले सबै अधिवेशनहरूमा सहमतिमा नेतृत्व टुंग्याउन निर्देशन दिएका थिए। तर, नेताहरूले प्यानलै बनाएर प्रतिस्पर्धामा आफूनिकटहरूलाई उतारे।

कतिपय नेताले यसलाई पार्टीमा ओलीको ‘एकाधिकार’लाई चिरेको बताउँछन्। पार्टीभित्रको आन्तरिक लोकतन्त्र थप सुदृढ हुने बताउँछन्।

‘सहमतिमा नेतृत्व चुन्न नसकेपछि प्रतिस्पर्धाबाटै छान्ने हो, यसले पार्टीभित्रको आन्तरिक लोकतन्त्र बलियो बन्छ,’ एक नेता भन्छन्, ‘यसलाई पार्टी अध्यक्षविरूद्ध लागेको वा समर्थन गरेको भन्ने कुरा मान्न सकिन्नँ।’

कोशी प्रदेशको अधिवेशनमा अध्यक्ष ओली, महासचिव पोखरेल पुगेका थिए। तर, पौडेल भने गएनन्।

एमाले कोशीका एक नेता भने अध्यक्ष ओलीनिकटकै दुई समूहबीच प्रतिस्पर्धा भएको दाबी गर्छन्।

तर, पार्टी अध्यक्षको नाम लिएर कोशी प्रदेश सरकारको शक्ति आफूविरूद्ध लागेको ढकाल स्वयंले बताए।

उनले बिहीबार पत्रकार सम्मेलन गर्दै प्रतिनिधिहरूलाई धम्क्याउने र प्रलोभन देखाउने काम भएको भन्दै असन्तुष्टि व्यक्त गरे।

कोशी प्रदेश सरकारको नेतृत्व अहिले ओलीनिकट हिक्मत कार्कीले गरिरहेका छन्।

अब नेकपा एमालेमा मधेस प्रदेश र सुदूरपश्चिम प्रदेशको अधिवेशन हुन बाँकी छ।

पाँच वटा प्रदेशमा समूह बनाएरै प्रतिस्पर्धा भएकाले ती प्रदेशमा सहमतिमा नेतृत्व चुनिने सम्भावना कम छ।

यो प्रतिस्पर्धाको असर पार्टीको भावी नेतृत्व चयनसम्मै देखिने सम्भावना छ। भावी नेतृत्वमा पौडेल र पोखरेलबीच प्रतिस्पर्धा हुने ठानिएको छ।

प्रकाशित: २०८० असोज १९ गते शुक्रबार ०४:०९
प्रतिक्रिया

थप समाचार

प्रधानमन्त्री राहत कोषमा १८ अर्ब १३ करोड

काठमाडौँ: रसुवाको भोटेकोशी बाढीपछि प्रधानमन्त्री दैवी प्रकोप उद्धार कोष र प्रधानमन्त्री राहत कोषमा आर्थिक सहयोग जुट्ने क्रम जारी छ। प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयका अनुसार...

बैंकक उडे ऊर्जामन्त्री, यस्तो छ कार्यतालिका

भ्रमणमा टोलीमा नेपाल मौमस विज्ञान विभागको महानिर्देशक अर्चना श्रेष्ठ, मन्त्रालयका शाखा अधिकृत देवचन्द्र गड्तौला, जलवायु, विपद् उत्थानशीलता तथा अन्तर्राष्ट्रिय विकास विज्ञ तथा वैकल्पिक ऊर्जा...

लुम्बिनी विकास कोषको उपाध्यक्षमा आनी छोइङ डोल्मा नियुक्त

काठमाडौँ: बौद्ध भिक्षुणी तथा चर्चित गायिका आनी छोइङ डोल्मा लुम्बिनी विकास कोषको उपाध्यक्षमा नियुक्त भएकी छन्। संस्कृति, पर्यटन तथा नागरिक उड्डयनमन्त्री खडगराज पौडेलका अनुसार मन्त्रालयको...

चार वर्षभित्र नागरिकका प्रश्नको चित्तबुझ्दो जवाफ दिने कांग्रेस बनाउँछु : सभापति थापा

काठमाडौं । नेपाली कांग्रेसका सभापति गगनकुमार थापाले आगामी चार वर्षभित्र युवा पुस्तादेखि सर्वसाधारण र कांग्रेसलाई मत दिएर अहिले टाढिएका नागरिकसम्मका प्रश्नको सही र चित्तबुझ्दो जवाफ दिन सक्ने...

जीबी राईले भने- ‘नेपाल फर्कन तयार छु, रवि र छविलाई जोड्नु उचित होइन’

काठमाडौँ: सहकारी ठगी प्रकरणमा लामो समयदेखि फरार रहेका जिबी राईले आफू नेपाल फर्कन तयार रहेको बताएका छन्। उनले बचतकर्ताको रकम फिर्ता गर्न सरकारसँग सहकार्य गर्न चाहेको पनि उल्लेख गरेका छन्। सेतोपाटीलाई...
ambika
उद्योग

जहाँ संकट, त्यहाँ अम्बिका

सरकारी जागिर हुँदै पुँजीबजार, चन्द्रागिरीदेखि समस्याग्रस्त संस्थाको पुनरुत्थानसम्म, अम्बिकाप्रसाद पौडेलको जोखिम, सिकाइ र उद्यम यात्रा।
TRISHULI_FLOOD (2)
पूर्वाधार

रसुवा–भोटेकोशी बाढीः ३२ हजारभन्दा बढी नागरिक प्रभावित, ७९ अर्बको क्षति

बाढीले निजी घरपरिवारतर्फ मात्रै ६९ अर्ब ५७ करोड रुपैयाँ र व्यावसायिक प्रतिष्ठानतर्फ ९ अर्ब ६० करोड रुपैयाँ बराबरको क्षति पुर्‍रयाएको प्रारम्भिक आकलन छ।
Bijuli_export
आर्थिक नीति

तीन महिनामा १६ अर्ब बढीको बिजुली भारत र बंगलादेश निर्यात

रसुवा बाढीका कारण केही जलविद्युत आयोजनाको उत्पादन बन्द भई निर्यात प्रभावित भए पनि गत वर्षको असोज र चालू आर्थिक वर्ष भदौको तुलनामा यस वर्ष असोजमा विद्युत निर्यातबाट प्राप्त कारोबार रकम बढेको...
advance-international-hospital-nepal
स्वास्थ्य

भैरहवामा ४ अर्ब २० करोडको अत्याधुनिक अस्पताल अन्तिम चरणमा, पुसदेखि सञ्चालन गर्ने तयारी

नेपालगञ्ज मेडिकल कलेज, सञ्जिविनी नर्सिङ कलेज र सिटी अस्पतालका सञ्चालहरूले 'एडभान्स इन्टरनेसनल हस्पिटल'  निर्माण गरिरहेका हुन्।
saudi
विदेश

साउदीमा हुथी आक्रमणः कच्चा तेलको भाउ बढेर पुग्यो ब्यारेलको ११३ डलर माथि

खाडी अशान्त बनेपछि अन्तर्राष्ट्रिय बजारमा कच्चा तेलको भाउ उकालो लागेको छ। ब्रेन्ट क्रुडमा कच्चा तेलको भाउ बढेर ११३.४ डलर पुगेको आयल प्राइस डटकमले जनाएको छ।

सम्पर्क

Homepage Media Pvt. Ltd.
सूचना विभाग दर्ता नंः ३८६१-०७९/८०

Anamnagar, Kathmandu, Nepal
फोन: +977-9849664207
इमेल: [email protected]

विज्ञापनको लागि

फोन: : +977-9802356661
इमेल : [email protected]
  • अध्यक्ष/प्रधान सम्पादक
    नारायण अमृत
  • सम्पादक
    बाबुराम खडका
  • प्रमुख कार्यकारी अधिकृत
    जीवन तिम्सिना