काठमाडौं– एभरेष्ट बैंक लिमिटेडद्घारा नेपाल अटो तथा इ–रिक्सा यातायात प्रालि तिलोत्तमा रुपन्देहीलाई वित्तिय साक्षरता तथा क्यूआर कोड हस्तान्तरण गरेको छ । लम्बिनी कृषि उपज थोक बजार तिलोत्तमा–५ मणिग्राम रुपन्देहीमा आयोजित एक विशेष कार्यक्रमा बैंकका प्रमुख कार्यकारी अधिकृत सुदेश खालिङले नेपाल अटो तथा इ–रिक्सा यातायात प्रालिका ५५ भन्दा बढी सदस्यहरुलाई क्यूआर कोड हस्तान्तरण गरे ।
तिलोत्तमा नगरपालिकाका उप–प्रमुख जागेश्वर देवि चौधरीको प्रमुख आतिथ्यमा सञ्चालित उक्त कार्यक्रममा सम्पन्न भएको हो । उप–प्रमुख चौधरीले एभरेष्ट बैंकको यस वित्तिय साक्षरता तथा क्यूआर कोड हस्तान्तरण कार्यले सर्वसाधरणलाइ सरल तथा सुरक्षित बैंकिङ्ग सुविधा उपलब्ध हुने कुराको विश्वास व्यक्त गरिन।
त्यस्तै, बैंकका प्रमुख कार्यकारी अधिकृत खलिङले लम्बिनी कृषि उपजथोक बजार तिलोत्तमा–५ मणिग्राम रुपन्देहीका सर्वसाधारणहरु माझ यसरी वित्तिय साक्षरता प्रदान गर्न पाउँदा खुसी लागेको र यसले सम्पूर्ण त्तिलोत्तमा बासीहरुमा सुरक्षित बैंकिङ्ग गर्न हौसाल मिल्ने र नयाँ उद्यम गर्न बैंकले सहयोग गर्ने विश्वास दिलाए
उनले नेपाल अटो तथा इ–रिक्सा यातायात.संग आबद्ध ५५ भन्दा बढी चालकहरुलाई क्यूआर कोड हस्तान्तरण गरिएकोमा यसले निजहरुलाई नगद कारोबार बाट झन्झट मुक्त हुने बताए ।
उक्त कार्यक्रममा नेपाल राष्ट्र बैंक सिद्धार्थनगर भैरहवाका प्रमुख सतेन्द्र राज सुवेदी तथा एभरेष्ट बैंकका बजार तथा संस्थागत निक्षेप विभाग प्रमुख पुष्प राज उप्रतीले १०० जनाभन्दा बढी टेम्पो तथा इ–रिक्सा चालक र महिला उद्यमी दिदीबहिनीहरुलाई वित्तिय साक्षरता सचेतना प्रदान गरे। सो वित्तिय साक्षरता सचेतना कार्यक्रममा श्री उप्रेतीले स–साना बचतले पनि भविष्यमा आइपर्ने जोखिम व्यवस्थापन गर्न मद्दत पुग्ने कुरा उल्लेख गरे ।
फोन पे को सहकार्यमा क्यूआर कोड हस्तान्तरण गरिएको उक्त कार्यक्रमा फोन पे का प्रमुख कार्यकारी अधिकृत दिवश सापकोटाको समेत उपस्थिति रहेको थियो । तिलोत्तमा नगरपालिकाका वडा नं. ५ का वडा अध्यक्ष रमेश डुम्रे, नेपाल अटो तथा इ–रिक्सा यातायात प्रालि तिलोत्तमाका सभापति शेषकान्त भुषाल तथा सचिव खड्ग बहादुर के.सी, तिलोत्तमा नगरपालिकाको कार्यलयका आर्थिक विकास तथा प्रमुख कृष्ण प्रसाद पाण्डेलगायत बैंकका डिजिटल विभाग प्रमुख शंकर पोखरेल, बैंकका प्रमुख प्रबन्धकश्री हरिश आचार्य, लुम्बिनी प्रदेश प्रमुख लव प्रसाद कुइकेल, मणिग्राम शाखाका शाखा प्रबन्धक विमल भुषाल लगायतअन्य विशिष्ट कर्मचारीको समेत उपस्थिति रहेको थियो ।
स्थापनाकाल देखिनै ग्राहकहरुको पहिलो रोजाइको यस बैंकमा हालसम्म करिब १३ लाखभन्दा बढी सन्तुष्ट ग्राहकहरु रहेका छन् तथा देशैभरि छरिएर रहेको आफ्नो १२७ शाखा संजाल, ३ एक्सटेन्सन काउण्टर, ७ प्रादेशिक कार्यालय, १६२ एटीएमहित विश्वव्यापी नेटवर्कबाट अत्याधुनिक मोबाइल, इन्टरनेट र एसएमएस बैकिंग सुबिधा प्रदान गर्दै आइरहेको छ । यस बैंकले नेपाल सरकारको राजस्व संकलनको लागि ३२ वटा संकलन केन्द्रबाट समेत सेवा दिदै आइरहेको छ ।


