काठमाडौँ- नेपालका लागि यामाहा मोटरसाइकलको आधिकारिक वितरक एमएडब्लु इन्टरप्राइजेजले एफजेड भी३ को स्ट्यान्डर्ड भेरिएन्ट नेपाल ल्याएको छ।
एक कार्यक्रमका बीच एमएडब्लुले नयाँ मोटरसाइक सार्वजनिक गरेको हो।
बीएस६ एफआई इन्जिन लागेर आएको यसको मूल्य ३ लाख ७९ हजार ९०० रुपैयाँ निर्धारण गरिएको छ।
यामाहाको उत्कृष्ट रेसिङ हेरिटेजबाट प्रेरित यो नयाँ स्पोर्टी मोटरसाइकलमा १४९ सिसी एयर कुल्ड फोर स्ट्रोक ब्लुकोर इन्जिन जडान गरिएको छ, जसको अधिकत पावर १२.४ पिएस र टर्क १३.३ एनएम रहेको छ।
एफआई इन्जिन जडान गरिएका कारण यसले प्रतिलिटर पेट्रोलको खपतमा ५० किलोमिटरसम्म माइलेज दिने दावी गरिएको छ। यसको ग्राउन्ड क्लिरियन्स १६५ एमएम रहेको छ।
यो बाइकमा यामाहाले ट्याकोमिटर, ओडोमिटर, सिंगल ट्रिप मिटर, फ्यूल इन्डिकेटर, स्पीडोमिटर र इको ल्याम्प जस्ता फिचर सामेल भएको एलसीडी इन्स्ट्रयुमेन्ट क्लस्टर दिएको छ। यसलाई कम्पनीले राइडर केन्द्रित टेक्नोलोजीमा आधारित भई निर्माण गरेको कम्पनीले जनाएको छ।
अगाडी ४१ एमएमको टेलिस्कोपिक सस्पेन्सन र पछाडी ७ स्टेप एड्जस्टेवल मोनोक्रस सस्पेन्सन जडान गरिएको यो मोटरसाइकल आरामदायी रहेको कम्पनीको भनाइ छ।
सुरक्षाका लागी यसको दुवै चक्कामा डिस्क ब्रेक दिइएको यो बाइकले यामाहाको स्पोर्टीनेस, स्टाइल र एक्साइटमेन्टलाई झल्काउने एमएडब्लु टु ह्विलर्स डिभिजनका सीईओ राजु क्षेत्रीले बताए।


