२०८३ कार्तिक १४ गते शुक्रबार

रियलमा बेलिंघमले गरिरहेको चमत्कार

 |  थोमस हिन्डल
Sanket

थोमस हिन्डल

काठमाडौँ, असोज २०
jude_bellingghum

जुड बेलिंघम स्पेनको राजधानी मड्रिडमा चम्किरहेका छन्। रियल मड्रिडका यी इंग्लिस मिडफिल्डरको सुरुवात हेर्ने हो भने उनी गोल संख्या र असिस्टको मामलामा क्लबका लिजेन्ड क्रिस्टियानो रोनाल्डोसँग बराबरी गर्ने प्रयासमा देखिन्छन्।

रियल मड्रिडमा ५ नम्बरको जर्सी लगाएर उनले तहल्का पिटिरहेका छन्। मंगलबार च्याम्पियन्स लिगको समूह चरणमा नापोलीविरुद्ध गरेको दर्शनीय गोलले जिनेदिन जिदानको याद दिलाएका थिए।

मड्रिडले ३-२ गोल अन्तरले जितेको खेलमा दोस्रो गोल गरेका उनी मड्रिडको इतिहासमा च्याम्पियन्स लिगमा आफ्ना सुरुवाती दुई खेलमा गोल गर्ने दोस्रो खेलाडी बने। यसरी क्लबका लागि सुरुवाती दुई च्याम्पियन्स लिगमा लागतार गोल गर्ने अर्का खेलाडी हुन्-रोनाल्डो।

केवल ९ खेल हेरेर बेलिंघमलाई रोनाल्डोसँग तुलाना गर्नु मूर्खतापूर्ण हुन सक्छ। निसन्देह, रोनाल्डोले रियल मड्रिडमा १० वर्ष बिताए, ४५० गोल गरे अनि दुई पटक ला लिगा, चार पटक च्याम्पियन्स लिग र चार पटक बालोन डि’ओर जिताए।

तुलानात्मक रुपमा बेलिंघमले रियलमा शानदार सुरुवात गरेका छन्। यद्यपि ला लिगाको अंक तालिकामा शीर्ष स्थानमा रहेको रियलसँग केवल १ अंकको अग्रता छ। १४ पटक यूरोपियन च्याम्पिन्स लिग जितेको टिममा आएर तत्कालै प्रभाव देखाउन सक्ने खेलाडी कमै हुन्छन्। सन् २००९ मा म्यानचेस्टर युनाइटेडबाट रोनाल्डो रियलमा आएका थिए। उनले त्यो बेला देखाएको प्रभाव छुट्टै थियो।

अहिले बेलिंघम रियलमा आएका छन्। यस्तो प्रतित हुन्छ रियलको टिममा नयाँ मेगास्टार आएको छ, उसले रोनाल्डो स्तरको प्रभाव राख्ने क्षमता राख्छ।

सन् २००८ मै रियलले रोनाल्डोलाई ताकेको थियो। त्यो बेला रोनाल्डो पनि युनाइटेड छाड्न चाहन्थे। त्यो बेला उनी प्रिमियर लिगका सर्वश्रेष्ठ खेलाडी र बालोन डि’ओर विजेता बनिसकेका थिए। म्यानचेस्टर युनाइटेड छाड्ने हल्लालाई रोनाल्डोले खण्डन गरेका थिए। सर एलेक्स फर्गुसनका खेलाडी थप एक सिजन युनाइटेडमा खेल्न तयार भएका थिए।

तर सन् २००९ मा रियलका अध्यक्ष फ्लेरेन्टिनो परेजले रोनाल्डोलाई भित्र्याउन मेहनत गरे। अन्ततः पेरेजको प्रयास सफल भयो। उनी रियलमा अनुबन्ध भए। स्पेनिस राजधानीमा उनको भव्य स्वागत गरियो। रोनाल्डोले समर्थकको हुटिङकाबीचमा रियलको जर्सीमा शिर उठाएर दुवै हात फैलाए। उनको स्वागत अल्फ्रेडो डी स्टेफानो स्टेडियममा गरिएको थियो। स्टेफेनोलाई त्यो समय रियलका सर्वश्रेष्ठ खेलाडी मानिन्थ्यो। तुलानात्मक रुपमा बेलिंघमको आगमन सामान्य नै थियो।

तुलानात्मक रुपमा बेलिंघमले रियलमा शानदार सुरुवात गरेका छन्। यद्यपि ला लिगाको अंक तालिकामा शीर्ष स्थानमा रहेको रियलसँग केवल १ अंकको अग्रता छ।

रोनाल्डो र वेलिङ्घमको स्वागत उस्तै हुने कुरा पनि थिएन। किनकी रियल आउँदा रोनाल्डोले बालोन डि’ओर जितिसकेका थिए। उनी प्रिमियर लिगका सुपरस्टार थिए। सेन्टियागो बर्नबेउमा आफ्नो इतिहास बनाउनका लागि उनी तयार देखिन्थे। तर, वेलिङ्घमको स्थिती फरक थियो। यद्यपी इंग्लयान्ड र जर्मनीमा उनलाई विश्वका प्रतिभाशाली मिडफिल्डर मध्ये एक भएको मान्ने ठूलो जमात थियो। तर रियलका समर्थक यो कुरामा उतिसारो आश्वस्त थिएनन्। १९ वर्षका उनी त्यो देशमा जन्मिएका थिए, जुन देशमा ला लिगाको जस्तो ‘टेक्निकल’ मिडफिल्डर उत्पादन गर्न सफल बनेको थिएन। र, बेलिंघमले जिदानले लगाउने जर्सी लगाउनेवाला थिए।

तर समर्थकले सोचे भन्दा ठिक विपरित बेलिंघमले आभास गराइदिए। आफ्नो परिचयात्मक प्रेस कन्फ्रेन्समा उनी विनम्र देखिए। आफ्नो क्षमतामा आश्वस्त सुनिएपनि उनी रियलका महान खेलाडीको स्तर आफू नरहेको स्वीकार गरेका थिए। उनले रियललाई फुटबल इतिहासको सबैभन्दा महान क्लब भनेका थिए। उनले जिदानलाई फुटबलका सर्वश्रेष्ठ खेलाडी मध्येका एक भएको बताए। तरपनि उनले भनेका थिए, ‘मैले जिदान जस्तो बन्ने कोशिश गरिनँ।’

वर्नवेउमा निश्चितरुपमा एक खालीपन भर्न आवश्यक थियो। रोनाल्डो रियलको इतिहासका सर्वश्रेष्ठ खेलाडी हुन्। यो विषय पनि कसले फुटबलको कुन सिद्धान्तको कुन पक्षलाई ठिक ठान्दछ भन्ने हिसाबले तय हुने कुरा हो। यद्यपि रोनाल्डो कि सर्वश्रेष्ठ हुन् वा बललाई किक मार्नेवाला सर्वश्रेष्ठ खेलाडी हुन्। ९ वर्षसम्म उनले रियललाई प्रभावशाली ढंगले अघि बढाए। उनले लस ब्लांकोसका लागि बनेका गोलका सबै रेकर्ड तोडिदिए। जित्नका लागि जे-जे उपाधि थिए, ती सबै जिते। त्यो पनि यस्तो युगमा, जहाँ पेप गर्डिवलाको नेतृत्वको बार्सिलोना स्पेन र यूरोपियन फुटबलमा हावी भइरहेको थियो। तर रोनाल्डोले प्रभावशाली ढंगले आफ्नो दममा मैदानमा चमत्कार गरिरहे। रोनाल्डोसँगै थिए अन्य लिजेन्ड-करिम बेन्जिमा, सर्जियो रामोस्, जाबी अलन्सो, ग्यारेथ बेल लगायत। तर रोनाल्डोले सुपरस्टारको भूमिका निभाएका थिए। उनले हरेक पटक बल छुँदा विपक्षी डिफेन्डरमा डरको भावना पैदा हुन्थ्यो।

जब रोनाल्डो मैदानमा हुन्थे, तब रियल कहिलै मर्दैन थियो। उनी आफ्नै दममा खेललाई उल्टाइदिन सक्थे। हरेक कुरा सहज बनाउने ल्याकत राख्थे। क्याम नाउमा बार्साका हैरान दर्शकलाई शान्त रहन आग्रह गर्थे। युभेन्टसविरुद्ध बाइसिकल गोल गर्दा टुरिनमा ४१ हजार दर्शकले उठेर सम्मान व्यकत गरेका थिए।

रियलसँग उनी जस्तो कोही थिएन। सन् २०१८ मा रोनाल्डो बाहिरिएपछि बेन्जेमाले रियलको नेतृत्व गरे। जब उनी ३० वर्ष लागे तब रोनाल्डो प्रतिस्थापनका लागि उनी दीर्घकालीन समाधान नहुने निश्चित थियो। भिनिसियस जुनियरले केही हदसम्म रियललाई अघि बढाउने जिम्मेवारी उठाए। खासगरी बल माथि आक्रमक रुपमा हावी हुने र गोल गर्ने मामलामा उनी रोनाल्डोको प्रतिस्थापन हुन सक्दैनन्। त्यसमा उनको कुनै गल्ती छैन। कनिकी ब्राजिलियन खेलाडीलाई रोनाल्डोलाई झैं स्पेनिश फुटबलको शोख छैन।

तर बेलिंघम रोनाल्डोको कार्यभार सम्हाल्नका लागि तयार देखिन्छन्। सेन्टियागो वर्नवेउमा खेलका क्रममा आउने दबाबलाई सम्झिएर यस्तो खेल खेल्छन् कि उनी विश्वका सर्वश्रेष्ठ खेलाडी हुन्। उनी भिनिसियसलाई छाड्ने हो भने पिचमा बाँकी रहेका सबै खेलाडी भन्दा बढी ड्रिबल गर्छन्। उनी तिव्र गतिमा दौडिन्छन् र बल अघि बढाउँछन्। यस्तो लाग्छ-उनी निकै लामो समय देखि बल पक्रिएर राखेका छन्। अनि शानदार पास खोज्छन्, वा दिन्छन्। बल नियन्त्रण गर्ने कला यस्तो छ कि उनका गलत निर्णय पनि सही झैं लाग्छ। उनी सही समयमा क्रस पाउनका लागि डिफेन्स लाइनका अन्तिम खेलाडीको काँधलाई याद गर्छन्।

बेलिंघम रोनाल्डोको कार्यभार सम्हाल्नका लागि तयार देखिन्छन्। सेन्टियागो वर्नवेउमा खेलका क्रममा आउने दबाबलाई सम्झिएर यस्तो खेल खेल्छन् कि उनी विश्वका सर्वश्रेष्ठ खेलाडी हुन्।

आफ्नो दाहिने खुट्टालाई बायाँ तर्फ घुमाउँछन् अनि गोल किपर तर्फ बल लैजान्छन्। सोही कारण उनी सही क्षेत्रमा पुग्छन्। उनी अवसरको खोजि गर्छन्। उनी रिबाउन्डको नजिकबाट आक्रमण गर्छन्। उनले आफ्नो छोटो करियरमा हालै नेपल्समा जे देखाए त्यो शानदार थियो।

जब उनले किक हानेको बलले नेट छुन्छ। तब उनले आफ्नो ट्रेडमार्क सेलिब्रेसन गर्छन्। जसको सुरुवात उनले वर्घिङघम शहरबाटै सुरु गरेका थिए। उनी दर्शकको नजिक दौडिन्छन्, अनि शिर ठाडो पारेर दुवै हात फैलाउँछन्। यो रोनाल्डोको ‘सिउ’ त होइन, तर करिब त्यस्तै भने हो।

बेलिंघमले सुरुवाती सात ला लिगा खेलमा ६ गोल गरेका छन्। जसले रियलमा रोनाल्डोको सुरुवाती आँकडालाई प्रतिविम्वित गर्छ। यद्यपि रोनाल्डोले च्याम्पियन्स लिगका सुरुवाती दुई खेलमा ४ गोल गरेका थिए। रोनाल्डोले यो अवधिमा असिस्ट भने गरेका थिए। तर असिस्टको ममलामा बेलिंघमले रोनाल्डोलाई पछि पारेका छन्।

तर बेलिंघम गोलस्कोरिङको मोर्चामा सुस्त हुन सक्छन्। उनी रोनाल्डोको स्ट्राइक रेटमा कायम रहन असमर्थ हुन सक्छन्। रोनाल्डो एक हाइ भोल्युम, हाई प्रोडक्सन गोलस्कोरर थिए। जसले आफ्नो रियलमा पहिलो सिजनमै ३५ खेलमा ३३ गोल गरेका थिए।

भिनिसियस पुरै फिट भएका छन्। रोड्रिगोले सुस्त सुरुवात गरेपनि गोलका लागि फर्म मिल्ने सम्भावना छ। बेलिंघमले अस्थायी रुपमा गोल गर्ने भार उठाए जस्तो देखिन्छ। मिडफिल्डबाट खेलेर २० गोल गरेर सिजन समापत गर्नु उनको सफलता हुनेछ। किनकी उनले डर्टमन्डमा कहिलै पनि दोहोर अंकमा गोल गरेका थिएनन्।

तर पनि उनको प्रभाव डर्टमन्डमा भन्दा रियलमा अधिक हुनेछ र महत्वपूर्ण पनि। रोनाल्डो र बेलिंघम मौलिकरुपमा भिन्न खेलाडी हुन्। जसले मड्रिडको सपना माथि एक किसिमले कब्जा गरेका छन्।

गोल डटकमबाट

प्रकाशित: २०८० असोज २० गते शनिवार ०६:२५
प्रतिक्रिया

थप समाचार

आर्या फार्मास्युटिकल्स र नेपाल प्रिमियर लिगबीच तीनवर्षीय सहकार्य

काठमाडौँः आर्या फार्मास्युटिकल्सले नेपाल क्रिकेट संघ (क्यान) र नेपाल प्रिमियर लिग ९एनपीएल० सँग तीनवर्षीय सहकार्य गर्ने भएको छ। कम्पनीले आफ्नो स्थापनाको ३०औँ वर्षका अवसरमा एनपीएलसँग स्वास्थ्य...

मोइन अलीको अर्धशतकसहित काठमाडौँविरुद्ध जनकपुरको सहज जित

काठमाडौँ: राजधानीमा जारी तेस्रो संस्करणको नेपाल प्रिमियर लिग (एनपीएल) अन्तरगत आजको पहिलो खेलमा जनकपुर बोल्ट्स विजयी भएको छ। जनकपुरले काठमाडौँ गोर्खाजलाई ८ विकेटले हराएको हो। जितका लागि पाएको...

त्रिवि मैदान बाहिर सानो व्यापार, ठूलो राहत : कुमारीको मुहारमा चमक

काठमाडौँ: नेपाल प्रिमियर लिग (एनपीएल) ले त्रिवि क्रिकेट मैदानबाहिरको चहलपहलसँगै साना व्यापारीको व्यापार पनि बढाएको छ। खेल हेर्न आउने दर्शकको भीडले मैदानबाहिर चटपटे, चाउचाउ, पानीलगायतका सामान...

टस हारेर ब्याटिङ गर्दै पोखरा, मैदानमा दिनेश खरेल र मेहदी हसन

काठमाडौँ: नेपाल प्रिमियर लिग (एनपीएल)को तेस्रो सिजनमा आज पोखरा एभेन्जर्स र सुदूरपश्चिम रोयल्सले प्रतिस्पर्धा गर्दैछन्। कीर्तिपुरस्थित त्रिवि अन्तर्राष्ट्रिय क्रिकेट मैदान सुदूरपश्चिमले टस...

एनपीएलले बढायो होटलहरूको कारोबार

काठमाडौँ: कीर्तिपुरस्थित त्रिवि क्रिकेट मैदानमा जारी तेस्रो संस्करणको नेपाल प्रिमियर लिग (एनपीएल)ले काठमाडौंका होटल तथा पर्यटन व्यवसायमा आर्थिक गतिविधि बढाएको छ। यसवर्षको एनपीएलमा नेपाल...
ambika
उद्योग

जहाँ संकट, त्यहाँ अम्बिका

सरकारी जागिर हुँदै पुँजीबजार, चन्द्रागिरीदेखि समस्याग्रस्त संस्थाको पुनरुत्थानसम्म, अम्बिकाप्रसाद पौडेलको जोखिम, सिकाइ र उद्यम यात्रा।
rameshwar-shah-4
अन्तर्वार्ता

‘जनकपुरमा २ अर्बको होटलदेखि मुक्तिनाथसम्म लगानी गर्दैछौँ’ [अन्तर्वार्ता]

पर्यटकका लागि सबैभन्दा ठूलो कुरा सुरक्षा हो। उनीहरू आफ्नो पैसा र समय खर्च गरेर नेपाल आउँछन्। सुरक्षा जोखिमको सन्देश गएपछि बुकिङ रद्द हुनु स्वाभाविक हो।
advance-international-hospital-nepal
स्वास्थ्य

भैरहवामा ४ अर्ब २० करोडको अत्याधुनिक अस्पताल अन्तिम चरणमा, पुसदेखि सञ्चालन गर्ने तयारी

नेपालगञ्ज मेडिकल कलेज, सञ्जिविनी नर्सिङ कलेज र सिटी अस्पतालका सञ्चालहरूले 'एडभान्स इन्टरनेसनल हस्पिटल'  निर्माण गरिरहेका हुन्।
hyatt_place
उद्योग

पौने तीन अर्बमा कुपन्डोलमा पाँचतारे ‘हायात प्लेस’ होटल बन्दै, दुई वर्षमा सञ्चालन हुने

हालसम्म होटलको ४८ प्रतिशत वित्तीय प्रगति भएको छ।कूल प्रगति मध्ये १७ प्रतिशत जग्गा खरिदको हिस्सा रहेको छ। होटल आगामी सन् २०२८ को मध्यमा सम्पन्न गर्ने लक्ष्य रहेको सायनले जनाएको छ।
Amit_Agrawal_Greenline
बैंकिङ

ऋण नतिरेपछि ग्रिनलाइनका अमित अग्रवालको सम्पत्ति लिलाम गर्दै एनआईएमबी

बैंकले आरती घिराई अग्रवालको नाममा मालपोत कार्यालय कलंकीमा दर्ता भएका दुई रोपनी १५ आना जग्गा लिलाम गरेर ऋण असुली गर्न लागेको हो।

सम्पर्क

Homepage Media Pvt. Ltd.
सूचना विभाग दर्ता नंः ३८६१-०७९/८०

Anamnagar, Kathmandu, Nepal
फोन: +977-9849664207
इमेल: [email protected]

विज्ञापनको लागि

फोन: : +977-9802356661
इमेल : [email protected]
  • अध्यक्ष/प्रधान सम्पादक
    नारायण अमृत
  • सम्पादक
    बाबुराम खडका
  • प्रमुख कार्यकारी अधिकृत
    जीवन तिम्सिना