काठमाण्डौ– सिद्धि विनायक स्न्याक्स एण्ड नुडल्स प्रालिले नयाँ ब्राण्ड गज्जबको मिठो चाउचाउ बजारमा ल्याएको छ। कम्पनीद्धारा उत्पादित गज्जबको पिरो चाउचाउको अपार सफलतापछि कम्पनीले अर्को ब्राण्ड गज्जबको मिठो लिएर आएको हो ।
कम्पनीका अनुसार यो गज्जबको मिठो चाउचाउ बजारमा उपलब्ध अन्य चाउचाउ भन्दा फरक स्वादमा उपलब्ध छ । यस चाउचाउमा कम्पनीले सिंगापुरको सिजनिंग प्रयोग भएको बताएको छ भने उपभोक्ताले नयाँ स्वाद लिन सक्ने पनि पनि कम्पनीको दावी छ ।
स्वादमा राम्रो, पौष्टिक र सबैको पहुँचमा हुने उत्कृष्ट गुणस्तरको चाउचाउ उत्पादन गर्ने उद्धेश्यले सिद्धि विनायक स्न्याक्स एण्ड नूडल्स प्रालिले आफ्नो फ्ल्यागसिप ब्राण्ड गज्जबको बजारमा ल्याई आफ्नो उद्यम सुरु गरेको छ ।
भविष्यमा यसको ब्रान्ड पोर्टफोलियोलाई थप विस्तार गर्ने योजना रहेको कम्पनीले जनाएको छ । उपभोक्ताहरूले कम्पनीको व्यवहार, विश्वास र कार्यहरूमा इमान्दार र वैधानिक चासो राख्छन् र ब्रान्डहरू जसमा उपभोक्ताहरूले विश्वास गर्छन् र उपभोक्ताहरू बिना कम्पनीको अस्तित्व हुँदैन।


