२०८३ कार्तिक १४ गते शुक्रबार

वर्ल्डलिंकका ग्राहकहरुलाई खल्ती र सामसङको उत्कृष्ट अफर

 |  नेपाल क्लिक्स
Sanket

नेपाल क्लिक्स

काठमाडौँ, असोज २१
Wlink – Samsung Creative Final (1)

काठमाडौँ-  इन्टरनेट सेवा प्रदायक कम्पनी वर्ल्ड लिंकका ग्राहकले सामसङ ब्रान्डका विद्युतीय सामग्री खरिदमा आकर्षक तथा विशेष छुट पाउने भएका छन्। आउँदै गरेका चाडपर्व लक्षित गरी सामसङले वर्ल्ड लिंकसँगको सहकार्यमा यस्तो अफर सार्वजनिक गरेको हो।

अफर अन्तर्गत वर्ल्ड लिंकका ग्राहकलाई सामसङ उत्पादनमा साढे १५ हजारसम्मको छुट प्रदान गरिनेछ। जसअनुसार सबैभन्दा धेरै अर्थात १५ हजार ५०० रुपैयाँको छुट आठ केजी क्षमताको सामसङ फ्रन्ट लोड इको बबल वासिङ मसिन खरिदमा पाउन सकिनेछ।

८८ हजार रुपैयाँ बजार मूल्य रहेको उक्त वासिङ मसिन वर्ल्ड लिंकका ग्राहकलाई भने ७५ हजार ५०० रुपैयाँमै उपलब्ध हुनेछ। त्यस्तै ५५ इन्चको सामसङ फोरके यूएचडी टेलिभिजनमा १३ हजार ९१ रुपैयाँको छुट पश्चात ८३ हजार ५०० रुपैयाँमै पाउन सकिनेछ, जसको बजार मूल्य ९६ हजार ५९१ रुपैयाँ रहेको छ।

यसैगरी ६६ हजार ५०० रुपैयाँ पर्ने ४३ इन्चको सामसङ फोरके यूएचडी टेलिभिजनमा आठ हजार रुपैयाँ छुट पाउन सकिनेछ। यसबाहेक ३७ हजार ८०० बजार मूल्य रहेको २३० लिटर क्षमताको सामसङ सिङ्गल डोर रेफ्रिजेरेटरमा छ हजार ३०० रुपैयाँ छुटको व्यवस्था गरिएको छ।

मोबाइल तर्फ ३१ हजार ९९९ रुपैयाँको आठ जीबी र्याछम तथा १२८ जीबी स्टोरेज भएको सामसङ ए२४ एलटीई स्मार्टफोन तीन हजार ९९९ रुपैयाँ छुट पश्चात् मात्र २८ हजार रुपैयाँमा खरिद गर्न सकिने कम्पनीले जनाएको छ।

छुट लिन के गर्ने?
यो छुट सुविधाका लागि वर्ल्ड लिंकका काउन्टरमा गएर अथवा अनलाइनबाट तीन वा १२ महिनाको इन्टरनेट प्याकेज खरिद तथा रिन्यु गर्नुपर्नेछ। त्यसपछि वर्ल्ड लिंकका काउन्टरबाट आफूले छुट प्राप्त गर्न चाहेको सामसङ उत्पादनको भौचर प्राप्त गर्न सकिनेछ।

उक्त भौचर सामसङका कुनै पनि आधिकारिक स्टोरमा गएर देखाउँदा अफर अन्तर्गतको छुट सुविधा मिल्ने जनाइएको छ। यसअघि २६ सेप्टेम्बरमा खल्ति द्धारा वर्ल्ड लिंकका ग्राहकहरुका लागि दुबई घुम्ने अफर ल्याएको थियो।

प्रकाशित: २०८० असोज २१ गते आईतबार ०१:४५
प्रतिक्रिया

थप समाचार

पोखरामा ‘पल्सर आरपीएम’ हुँदै, स्टन्ट र स्ट्रीट कल्चरको रोमाञ्चक अनुभव लिन पाइने

काठमाडौँ: युवामाझ लोकप्रिय मोटरसाइकल स्टन्ट, एक्सन स्पोर्ट्स र स्ट्रीट कल्चरलाई समेट्दै ‘पल्सर आरपीएम’ कात्तिक १४ गते पोखरामा आयोजना हुने भएको छ। पोखरा रंगशालास्थित अन्नपूर्ण स्केट पार्कमा...

मेटलाइफ नेपालले सुरु गर्‍यो अनलाइन दाबी ट्र्याकिङ सेवा

काठमाडौँ: मेटलाइफ नेपालले बीमित ग्राहकलाई आफ्नो दाबी प्रक्रियाको अवस्था अनलाइनबाटै हेर्न मिल्ने सेवा सुरु गरेको छ। नयाँ प्रणालीमार्फत ग्राहकले ग्राहक सेवा केन्द्रमा फोन नगरी वा कम्पनीको...

कृषि विकास बैंकको स्मार्ट प्लस एपबाट डिसहोमका सेवा नवीकरण गर्न सकिने

काठमाडौँ: कृषि विकास बैंकको स्मार्ट प्लस मोबाइल एपबाट अब डिसहोमका विभिन्न सेवा नवीकरण गर्न सकिने भएको छ। डिसहोमका अनुसार ग्राहकले एपमार्फत इन्टरनेट तथा आईपीटीभीको संयुक्त प्याकेज, इन्टरनेट...

दराज ११.११ नोभेम्बर १ देखि, ८० प्रतिशतसम्म छुट र थाइल्यान्ड भ्रमण जित्ने अवसर

काठमाडौँ: अनलाइन सपिङ प्लेटफर्म दराज नेपालले तिहार तथा छठलाई लक्षित गर्दै ‘दराज ११.११’ अभियान ल्याउने भएको छ। ‘द बिग बोस इज ब्याक’ नारासहित सञ्चालन हुने यस अभियानमा उपभोक्ताले ८० प्रतिशतसम्म...

नियोफिन हायर पर्चेज एनपीएलको अफिसियल प्लाटिनम क्याप स्पोन्सर

नियोफिन हायर पर्चेज प्रालि नेपाल प्रिमियर लिग (एनपीएल) को तेस्रो संस्करणको अफिसियल प्लाटिनम क्याप स्पोन्सर बन्ने भएको छ। यससम्बन्धमा नियोफिन हायर पर्चेज, क्रिकेट एसोसिएसन अफ नेपाल (क्यान) र...
ambika
उद्योग

जहाँ संकट, त्यहाँ अम्बिका

सरकारी जागिर हुँदै पुँजीबजार, चन्द्रागिरीदेखि समस्याग्रस्त संस्थाको पुनरुत्थानसम्म, अम्बिकाप्रसाद पौडेलको जोखिम, सिकाइ र उद्यम यात्रा।
advance-international-hospital-nepal
स्वास्थ्य

भैरहवामा ४ अर्ब २० करोडको अत्याधुनिक अस्पताल अन्तिम चरणमा, पुसदेखि सञ्चालन गर्ने तयारी

नेपालगञ्ज मेडिकल कलेज, सञ्जिविनी नर्सिङ कलेज र सिटी अस्पतालका सञ्चालहरूले 'एडभान्स इन्टरनेसनल हस्पिटल'  निर्माण गरिरहेका हुन्।
hyatt_place
उद्योग

पौने तीन अर्बमा कुपन्डोलमा पाँचतारे ‘हायात प्लेस’ होटल बन्दै, दुई वर्षमा सञ्चालन हुने

हालसम्म होटलको ४८ प्रतिशत वित्तीय प्रगति भएको छ।कूल प्रगति मध्ये १७ प्रतिशत जग्गा खरिदको हिस्सा रहेको छ। होटल आगामी सन् २०२८ को मध्यमा सम्पन्न गर्ने लक्ष्य रहेको सायनले जनाएको छ।
Amit_Agrawal_Greenline
बैंकिङ

ऋण नतिरेपछि ग्रिनलाइनका अमित अग्रवालको सम्पत्ति लिलाम गर्दै एनआईएमबी

बैंकले आरती घिराई अग्रवालको नाममा मालपोत कार्यालय कलंकीमा दर्ता भएका दुई रोपनी १५ आना जग्गा लिलाम गरेर ऋण असुली गर्न लागेको हो।
TRISHULI_FLOOD (2)
पूर्वाधार

रसुवा–भोटेकोशी बाढीः ३२ हजारभन्दा बढी नागरिक प्रभावित, ७९ अर्बको क्षति

बाढीले निजी घरपरिवारतर्फ मात्रै ६९ अर्ब ५७ करोड रुपैयाँ र व्यावसायिक प्रतिष्ठानतर्फ ९ अर्ब ६० करोड रुपैयाँ बराबरको क्षति पुर्‍रयाएको प्रारम्भिक आकलन छ।

सम्पर्क

Homepage Media Pvt. Ltd.
सूचना विभाग दर्ता नंः ३८६१-०७९/८०

Anamnagar, Kathmandu, Nepal
फोन: +977-9849664207
इमेल: [email protected]

विज्ञापनको लागि

फोन: : +977-9802356661
इमेल : [email protected]
  • अध्यक्ष/प्रधान सम्पादक
    नारायण अमृत
  • सम्पादक
    बाबुराम खडका
  • प्रमुख कार्यकारी अधिकृत
    जीवन तिम्सिना