बागलुङ- निसिखोला गाउँपालिकाका अध्यक्ष सूर्यबहादुर घर्ती लागुऔषध मुद्दामा दोषी ठहर भएका छन्।
उच्च अदालतको बागलुङ इजलासले घर्तीलाई दोषी ठहर गर्दै साढे तीन वर्ष जेल गर्नुपर्ने फैसला सुनाएको हो।
उच्च अदालतका न्यायाधीश मदन पोखरेल र माधवेन्द्र रेग्मीको संयुक्त इजलासले आइतबार उक्त सजाय सुनाएको हो।
२०७७ साल असार १२ गते निसीखोला गाउँपालिका वडा नं ६ को वडाध्यक्ष हुँदा घर्ती ८० केजी गाँजासहित घरबाटै पक्राउ परेका थिए। पछि उनी धरौटीमा छुटेका थिए।
९ महिना पहिले जिल्ला अदालत बागलुङले घर्तीलाई ५० हजार जरिवाना र साढे तीन वर्ष जेल सजाय तोकेको थियो। त्यसपछि उनी केही समय फरार भएर उच्च अदालतमा पुनरावेदन गरी धरौटीमा रिहा भएका थिए।
घर्ती केही समय फरार भएका उनले गत पुसको हिउँदे गाउँपारिषद समेत ढिला सम्पन्न गरेका थिए।
जिल्लाको फैसलापछि फरार घर्तीले उच्चमा पुनरावेदन गरेपछि राजनीतिक र गाउँपालिकाको कार्यक्रममा सहभागी बन्दै आएका थिए।


