काठमाडौं- सामसङ मोबाइल च्याप्पै, स्कूटर झ्याप्पै अफर सार्वजनिक भएको छ । सामसङ नेपालले दसैं , तिहारलगायतका चाडपर्वलाई लक्षित गर्दै यो अफर ल्याएको हो ।
जसअन्र्तगत ९ जना भाग्यशाली विजेताहरुले ९ वटा टिभीएस १२५ सिसि स्कूटर जितिसकेका छन। सो विजेताहरूलाई असोज २ देखि असोज १५ सम्मको प्रवर्धनात्मक अवधिमा सामसङ स्मार्टफोन वा ट्याब्लेट खरिद गर्ने सहभागीहरूको समूहबाट छनोट गरिएको हो ।
हरेक वर्ष जस्तै यो वर्ष पनि सामसङले आफ्ना ग्राहकहरूले सामसङप्रति देखाउँदै आएको उत्साहप्रति प्रंशसा गरेको छ । यसको सुरुवातभए देखि नै यसले निकै लोकप्रियता प्राप्त गरेकोमा सामसङ नेपालले खुसीयाली जनाएकोे छ । अहिलेसम्म, ९ जना विजेताहरूले नौ वटा टिभीएस १२५ सिसि स्कूटर घर लगिसकेको जनाइएको छ ।
हालसम्म असोज ५ र असोज ७ का दुई विजेताले आफ्नो स्कूटर दाबी गरिसकेका छन् । सो विजेताहरू ताम्राकार कम्प्लेक्सको स्मार्ट जोन मोबाइल एण्ड एसेसरिजबाट सामसङ ग्यालेक्सी एम १४ फाइभजी खरिद गरेकी ललितपुरको कुमारीपाटीकी लीला गमाल र भक्तपुरको स्मार्ट टेक जोन इन्टरप्राइजेजबाट सामसङ ग्यालेक्सी ए २४ खरिद गरेकी भक्तपुरकी जेनी भलान्द्यो रहेका छन् ।


