राष्ट्रिय स्वतन्त्र पार्टीका सभापति एवम् चितवन-२ मा प्रतिनिधि सभा सदस्यका उम्मेदवार रवि लामिछानेविरुद्धको रिट सर्वोच्चमा दर्ता भएको छ।
लामिछानेलाई गैरकानूनी रुपमा उन्मुक्ति दिइएको भन्दै सिन्धुलीका युवराज सफलले दायर गरेको रिट सर्वोच्च अदालतमा रिट निवेदन दर्ता भएको हो।
लामिछानेमाथि पर्याप्त अनुसन्धान नगरी मुद्दा नचलाउने निर्णय गरेको भन्दै महान्यायाधिवक्ताको कार्यालयलाई पनि रिटमा विपक्षी बनाइएको छ। रविविरुद्ध मुद्दा नचलाउने भनी महान्यायाधीवक्ता कार्यालयले गरेको निर्णय बदर हुनुपर्ने र उनीमाथि अनुसन्धान गरी मुद्दा चलाउने आदेश हुनुपर्ने रिटमा सफलको माग छ।
रिट निवेदनमाथि मंगलबार प्रारम्भिक सुनुवाइका लागि पेसी तोकिएको छ।


