सुनसरी- सुनसरीको इटहरी उप-महानगपालिका-३ भित्री सडक खण्डमा मोटरसाइकल दुर्घटना हुँदा एक जनाको मृत्यु भएको छ।
दुर्घटनामा अन्य तीन जना घाइते रहेको प्रहरीले जनाएको छ।
मृत्यु हुनेमा धनकुटा महालक्ष्मी नगरपालिका-८ का २६ वर्षीय दीपक मिरिङचिङ मगर छन्।
उनको धरानस्थित बिपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठानमा उपचारको क्रममा मंगलबार राति मृत्यु भएको प्रहरीले जनाएको छ।
राति साढे ९ बजे को३१प ६९४८ र को२१प ६४३१ नम्बरको मोटरसाइकल एक आपसमा ठोक्किदाका थिए।
दुर्घटनामा इटहरी-३ का ३० वर्षीय सागर तामाङ, सुन्दरहरैंचा-९ का १८ वर्षीय साहिम थापामगर र इटहरी-४ का २० वर्षीय स्नेहा सुब्बा घाइते छन्। तामाङको बिपी प्रतिष्ठान र अन्यको इटहरीस्थित क्लिनिकमा उपचार भइरहेको प्रहरीले जनाएको छ।


