काठमाडौँ- साईनिङ नेपाल फाउन्डेसनले सामुदायिक विद्यालयमा एसइइ परिक्षामा उत्कृष्ट अंक ल्याउने विद्यार्थीलाई सम्मानस्वरुप ल्यापटप वितरण गरेको छ ।
पशुपति बिकास कोषका सदस्य सचिव राजु कुमार खत्रीको प्रमुख अतिथ्यतामा आज गौशालास्थित श्री मङगलादेवी माध्यमिक बिधालयको हलमा काठमाडौं महानगरपालिका वडा नं ९ का तीनवटा सामुदायिक विद्यालयका विद्यार्थीलाई सम्मान तथा ल्याप्टप वितरण गरिएको हो ।
उक्त कार्यक्रममा समाजसेवी शशिकान्त अग्रवालसहित विभिन्न पार्टीका नेताहरुको उपस्तिथि थियो । कार्यक्रममा कामपा वडा ९ का सामुदायिक विद्यालयका प्रधानाध्यापकहरु, शिक्षकहरु तथा विद्यार्थीहरुको उपस्थित रहेको थियो । फाउन्डेसनका अध्यक्ष सुनिल आमात्यको सभापतित्व उक्त कार्यक्रम सम्पन्न भएको थियो ।

गौशालास्थित मङगलादेबि माध्यामिक विद्यालयकी छात्रा करुणा खरेल, तिलगंगास्थित शारदा माध्यामिक विधालयकी छात्रा प्रमिशा न्यौपाने र सिनामंगलस्थित गुहेश्वरि माध्यामिक विद्यालयका छात्र अमन यादवले उच्च अंक हासिलको आधारमा सम्मानसहित तीनै जनालाई एक–एक थान ल्यापटप प्रदान गरिएको थियो।


