२०८३ कार्तिक ११ गते मङ्गलबार

विराटनगरका मेयरले खोलेको अस्पतालबाट शिशु बिक्री, डाक्टरसहित तीन जना पुगे जेल

 |  नेपाल क्लिक्स
Sanket

नेपाल क्लिक्स

काठमाडौँ, असोज २४
367943113_1035136134510275_3312950897692806729_n

विराटनगर- नवजात शिशु बेपत्ता तथा बिक्री गरेको कसुरमा पक्राउ डाक्टर तपेश्वरलाल कर्णसहित तीन जना पुर्पक्षको लागि कारागार चलान भएका छन्।

न्यायाधीश अम्बिकाप्रसाद दाहालको इजालासले बुधबार डाक्टर कर्णसहित कटहरी-४ का सूर्यनारयण राजवंशी र भोजपुरको हतुवागढी गाउँपालिका-४ घर भएका २७ वर्षीय गोविन्द राईलाई कारागार चलानको आदेश दिएको हो।

नवजात शिशु बेपत्ता तथा बिक्री गरेको कसुरमा मोरङ जिल्ला अदालतमा ६ जनाविरुद्ध मुद्दा दायर भएको थियो। तीमध्ये तीन जना पुर्पक्षको लागि थुनामा गएका हुन्। अन्य तीन जना धरौटीमा रिहा भएका छन्।

धरौटीमा मुक्त हुनेमा मोरङ कटहरी-२ आदर्शटोलकी ३३ वर्षीया सुधा भन्ने सुक्री राजवंशी (२ लाख), सिराहाको कल्याणपुर नगरपालिका १२ की ३८ वर्षीया नर्स निर्मला यादव (१ लाख) र ४७ वर्षीया दिलमनीदेवी राजवंशी (१० हजार) रहेका छन्।

मोरङ जिल्ला अदालतका सूचना अधिकारी होम सुवेदीका अनुसार जिल्ला सरकारी वकिलको कार्यालयले सोमबार पक्राउ परेका ६ जनाविरूद्ध अपहरण तथा व्यक्ति बेपत्ता, एकीकृत कसुर सम्बन्धी मुद्दा दायर गरेको थियो।

भोजपुर हतुवागढी-४ का २७ वर्षीय अविवाहित गोविन्द राई र उनकी प्रेमिका २६ वर्षीयाको सम्बन्धबाट गत असार १४ मा शिशु जन्मिएकी थिइन्।

विराटनगरको ग्रीनक्रस अस्पतालमा सामान्य अवस्थामा जन्मिएकी शिशुलाई डा.कर्णले मोरङको कटहरी-२ आदर्श टोलका सूर्यनारायण राजवंशी दम्पतीलाई पाँच लाख रुपैयाँमा बिक्री गरेको खुलेको थियो।

प्रहरीले उनीसहित ७ जनालाई नियन्त्रणमा लिएर अनुसन्धान गरेको थियो।

कर्णले बच्चा व्यवस्थापनका लागि अविवाहित बाबु (गोविन्द)सँग ३५ हजार रुपैयाँ लिएको पुष्टि भएको सरकारी वकिल कार्यालयले जनाएको छ। कर्णको क्लिनिक ग्रीनक्रस अस्पतालनजिक छ।

आफ्नो क्लिनिकमा आएकी गर्भवती (अविवाहित) युवतीलाई कर्णले ग्रीनक्रस अस्पतालमा लगेर सुत्केरी गराएका थिए।

त्यसक्रममा अस्पतालकी सफाइ कर्मचारी सुधा राजवंशी र क्लिनिककी सहयोगी नर्स निर्मला यादव हुँदै डा. कर्णले कटहरी-२ की दिलमाया राजवंशी र उनका छोरा सूर्यनारायणलाई उक्त शिशु पाँच लाख रुपैयाँमा बिक्री गरेको प्रहरीको अनुसन्धानले देखाएको थियो।

पक्राउ परेकामध्ये ग्रीनक्रस हस्पिटलका सञ्चालक कृष्ण खवासलाई मुद्दा नचालउने निर्णय सरकारी वकिलले गरेको छ।

ग्रीनक्रस अस्पतालका सुरुवाती सञ्चालक विराटनगरका मेयर नागेश कोइराला हुन्।

नेपाली कांग्रेसबाट मेयरमा निर्वाचित कोइरालाको घरमा ग्रीनक्रस अस्पताल सञ्चालनमा छ।

मेयर भइकन आफूले उक्त अस्पतालको स्वामित्व अरूलाई नै दिएको कोइरालाले बताउँदै आएका छन्।

प्रकाशित: २०८० असोज २४ गते बुधबार १०:१४
प्रतिक्रिया

थप समाचार

विद्युत् व्यापार आशयपत्रको स्वागत गर्दै इप्पानले राख्यो चार माग

काठमाडौं। स्वतन्त्र ऊर्जा उत्पादकहरूको संस्था, नेपाल (इप्पान) ले अन्तरदेशीय विद्युत् व्यापारको तयारीका लागि निजी क्षेत्रलाई आशयपत्र जारी गर्ने सरकारको निर्णयको स्वागत गर्दै अनुमतिपत्र पाउने...

एनपीएलका लागि ९ सहरमा एक्सट्रीमका १० फ्यान जोन, प्रवेश निःशुल्क

काठमाडौँः नेपाल प्रिमियर लिग (एनपीएल) को तेस्रो संस्करणलाई लक्षित गर्दै एक्सट्रीम इनर्जी ड्रिङ्कले देशका ९ सहरमा १० वटा फ्यान जोन सञ्चालन गर्ने भएको छ। कात्तिक ९ देखि मंसिर ५ गतेसम्म हुने एनपीएलका...

भैरहवामा ४ अर्ब २० करोडको अत्याधुनिक अस्पताल अन्तिम चरणमा, पुसदेखि सञ्चालन गर्ने तयारी

नेपालगञ्ज मेडिकल कलेज, सञ्जिविनी नर्सिङ कलेज र सिटी अस्पतालका सञ्चालहरूले 'एडभान्स इन्टरनेसनल हस्पिटल'  निर्माण गरिरहेका हुन्।

एनपीएल क्रिकेट: जनकपुर टस जितेर फिल्डिङमा

काठमाडौँ: राजधानीमा जारी तेस्रो संस्करणको नेपाल प्रिमियर लिग (एनपीएल)को दोस्रो दिनको दोस्रो खेलमा अहिले जनकपुर बोल्ट्स र कर्णाली याक्स भिड्दैछन्। कीर्तिपुरस्थित त्रिवि अन्तर्राष्ट्रिय...

कहीँ नभएको जात्रा हाँडीगाउँमा !

काठमाडौँ: दशैँको कोजाग्रत पूर्णिमाको भोलिपल्टदेखि काठमाडौँको हाँडीगाउँमा मनाइने चोक्काथुनारायणको जात्रा सुरू भएको छ। ‘कहीँ नभएको जात्रा हाँडीगाउँमा’ उखानसँग जोडिएको यो जात्रा तीन दिनसम्म...
ambika
उद्योग

जहाँ संकट, त्यहाँ अम्बिका

सरकारी जागिर हुँदै पुँजीबजार, चन्द्रागिरीदेखि समस्याग्रस्त संस्थाको पुनरुत्थानसम्म, अम्बिकाप्रसाद पौडेलको जोखिम, सिकाइ र उद्यम यात्रा।
TRISHULI_FLOOD (2)
पूर्वाधार

रसुवा–भोटेकोशी बाढीः ३२ हजारभन्दा बढी नागरिक प्रभावित, ७९ अर्बको क्षति

बाढीले निजी घरपरिवारतर्फ मात्रै ६९ अर्ब ५७ करोड रुपैयाँ र व्यावसायिक प्रतिष्ठानतर्फ ९ अर्ब ६० करोड रुपैयाँ बराबरको क्षति पुर्‍रयाएको प्रारम्भिक आकलन छ।
Bijuli_export
आर्थिक नीति

तीन महिनामा १६ अर्ब बढीको बिजुली भारत र बंगलादेश निर्यात

रसुवा बाढीका कारण केही जलविद्युत आयोजनाको उत्पादन बन्द भई निर्यात प्रभावित भए पनि गत वर्षको असोज र चालू आर्थिक वर्ष भदौको तुलनामा यस वर्ष असोजमा विद्युत निर्यातबाट प्राप्त कारोबार रकम बढेको...
advance-international-hospital-nepal
स्वास्थ्य

भैरहवामा ४ अर्ब २० करोडको अत्याधुनिक अस्पताल अन्तिम चरणमा, पुसदेखि सञ्चालन गर्ने तयारी

नेपालगञ्ज मेडिकल कलेज, सञ्जिविनी नर्सिङ कलेज र सिटी अस्पतालका सञ्चालहरूले 'एडभान्स इन्टरनेसनल हस्पिटल'  निर्माण गरिरहेका हुन्।
saudi
विदेश

साउदीमा हुथी आक्रमणः कच्चा तेलको भाउ बढेर पुग्यो ब्यारेलको ११३ डलर माथि

खाडी अशान्त बनेपछि अन्तर्राष्ट्रिय बजारमा कच्चा तेलको भाउ उकालो लागेको छ। ब्रेन्ट क्रुडमा कच्चा तेलको भाउ बढेर ११३.४ डलर पुगेको आयल प्राइस डटकमले जनाएको छ।

सम्पर्क

Homepage Media Pvt. Ltd.
सूचना विभाग दर्ता नंः ३८६१-०७९/८०

Anamnagar, Kathmandu, Nepal
फोन: +977-9849664207
इमेल: [email protected]

विज्ञापनको लागि

फोन: : +977-9802356661
इमेल : [email protected]
  • अध्यक्ष/प्रधान सम्पादक
    नारायण अमृत
  • सम्पादक
    बाबुराम खडका
  • प्रमुख कार्यकारी अधिकृत
    जीवन तिम्सिना