२०८३ कार्तिक १३ गते बिहिबार

संसदमा मोदीको कालापानी भ्रमणदेखि फेसबुक-इन्स्टा र टिकटकबाट हुने ठगीसम्म

 |  नेपाल क्लिक्स
Sanket

नेपाल क्लिक्स

काठमाडौँ, असोज २५
parliament-24
फाइल तस्बिर।

काठमाडौं- राष्ट्रिय स्वतन्त्र पार्टीका सभापति रवी लामिछानेले, भारतका प्रधानमन्त्री नरेन्द्र मोदी नेपालमा आएकोबारे सदनलाई जानकारी गराउन सरकार र परराष्ट्र मन्त्रालयसँग माग गरेका छन्।

प्रतिनिधि सभाको बिहीबारको बैठकमा विशेष समय लिएर बोल्दै उनले मित्रराष्ट्रको सरकार प्रमुख नेपाली भूमिमा आउँदा सरकारको औपचारिकताका विषयमा प्रश्न उठाएका हुन्।

‘मित्रराष्ट्रको सरकार प्रमुख हाम्रो भूमिमा आउँदा सरकारले उहाँलाई स्वागत गर्न पर्दैन? कुनै औपचारिकता हुदैँन? यसबारेमा सदनलाई सरकारले, परराष्ट्र मन्त्रालयले वास्तविकता जानकारी गराउनु पर्‍यो भनेर विशेष ध्यानाकर्षण गराउँनको लागि विशेष समय माग गरेको हो। यसको जवाफ सदनलाई छिटो भन्दा छिटो होस्।’

नेपालको भूमिमा भएको भ्रमणको जानकारी पाउनु सबैको अधिकार भएको भन्दै सरकार र परराष्ट्र मन्त्रालयलाई त्यसबारे यथार्थ जानकारी दिन सदनमार्फत ध्यानाकर्षण गराए।

नेकपा माओवादी केन्द्रका सांसद देवेन्द्र पौडेलले सरकालाई नेपालमा रहेका विश्वविद्यालयको स्तर वृद्धिमा ध्यान दिन सुझाव दिए।

बिहीबार प्रतिनिधिसभाको शुन्य समयमा उनले नेपालमा नै पठनपाठनको सहज वातावरण बनाउँने विश्वास जगाउन पनि नेपालमा रहेका विश्वविद्यालयहरुलाई स्तरिकरण गर्न आवश्यक रहेको बताएका हुन्।

‘हाम्रो विश्वविद्यालयहरुको स्तरिकरण गर्ने र नेपालमा नै पठनपाठनको व्यवस्था गर्ने विश्वास जगाउँने र नेपालमा नै त्यस प्रकारको शिक्षा प्राप्त गर्नका निम्ति सहज वातावरण बनाउँने तिर सरकारको गम्भीर ध्यान जानका लागि अनुरोध गर्छु।’

सम्भावित परिस्थितिजन्य घट्नामा सरकार सर्तक रहनु पर्ने उनको भनाई छ।

‘सम्भावित थप त्यहाँ हुन सक्ने र संसारभरी त्यस्तो प्रकारका परिस्थितिजन्य रुपमा आउन सक्ने घट्नामा सरकार सर्तक रहेर नेपाली नागरीकलाई सुरक्षित बनाउने,’ उनले भने, ‘फिर्ता बोलाउने र नेपालमा नै बसेर अध्ययन गर्ने गरि आत्माविश्वास जगाउँने सरकारले बिशेष पहल गर्न अनुरोध गर्दछु।’

नेपाली कांग्रेसका सांसद प्रदीप पौडेलले समाजिक सञ्जालको माध्यमबाट व्यापारको ठगी धन्दा बढेको भन्दै सरकारको ध्यानाकर्षण गराएका छन्।

बुधबार प्रतिनिधिसभाको बैठकमा शून्य समयमा बोल्दै उनले टिकटक, ईन्टा ,फेसबुक लगायतका सामाजिक सञ्जालमा सामानको विज्ञापन गरी किन्न लगाउँने र अनलाइनको माध्यमबाट भुक्तानी गरेपछि सामान पनि प्राप्त नहुने र खाता बन्द गर्ने जस्ता ठगीका काम भइरहेको भन्दै सरकारले तत्काल ठगीको अन्त्य गर्न गर्नुपर्ने बताए।

‘पछिल्लो समय ठगीको नयाँ धन्दा सुरु भएको छ। टिकटक, ईन्टा ,फेसबुक लगायतका सामाजिक सञ्जालमा सामानको विज्ञापन गर्ने किन भन्ने र पैसा अनलाइनको माध्यमबाट भुक्तानी गरेपछि सामान पनि प्राप्त नहुने र खाता बन्द गर्ने यसरी ठगी धन्दा सुरु भएको छ,’ उनले भने, ‘सरकारले तत्काल सम्बन्धित निकायलाई सक्रिय बनाएर प्रविधिको माध्यमबाट गर्ने ठगिको अन्त्य गरोस् र कारबाही गरोस्।’

उनले सरकारले चाडवाडमा भएको मूल्य वृद्धिलाई नियन्त्रण गर्न नसक्दा जनतामा आशा पनि कम हुँदै गएको बताए।

नेकपा एमालेका प्रमुख सचेतक, पदम गिरीले स्थानिय तहका कर्मचारीहरुको शान्तिपूर्ण आन्दोलनमा सरकार निर्ममतापूर्वक दमनमा उत्रिएको आरोप लगाएका छन्।

‘स्थानीय तहका कर्मचारीले गरेका शान्तिपूर्ण आन्दोलनमा सरकार निर्ममतापूर्ण दमनमा उत्रिएको छ,’ उनले भने, ‘धेरै कर्मचारीहरु घाईते भएका छन्। सरकारको उक्त कदमको निन्दा गर्न चहान्छु।’

यस्तै, उनले चाडपर्वको अवसरमा सरकारले चिनीको अभाव गरेर कालो बजारीलाई प्रश्रय दिएको भन्दै जनताले सहज रुपमा पाउँनु पर्ने सामानको सहज आपूर्तिको माग गरे।

‘चाडपर्वको अवसरमा चिनिको अभाव सिर्जना गरिएको छ। नेपालका उद्यामीहरुसँग प्रयाप्त मात्रामा चिनी छ तर त्यो बजारमा आउँन सकेको छैन्। र बजारमा कालो बजारी मौलाएको छ,’ उनको माग थियो, ‘सरकारले त्यस्तो कालो बजारीलाई प्रसय दिने काम गरेको छ। जनतामाथि यती ठूलो खेलवाड नगरोस र जनताले सहज रुपमा पाउँनु पर्ने सामानलाई यस्तो प्रकारले बञ्चित नगरियोस भन्न चहान्छु।’

नेपाली कांग्रेसका सांसद अर्जुन नरसिंह केसीले देशमा नीतिगत भ्रष्टाचार मौलाएको बताएका छन्। बिहीबार प्रतिनिधिसभाको बैठकमा विशेष समयमा बोल्दै उनले देशमा नीतिगत भ्रष्टाचारको आडमा मनपरीतन्त्र चलेको भन्दै त्यसलाई नियन्त्रण गर्न समयमा नै सचेत हुन आवश्यक रहेको बताएका हुन्।

‘अहिले जुन नीतिगत भ्रष्टाचारका बढेको छ त्यसको अर्थ सबैलाई थाहा हुनु आवश्यक छ। नीतिगत भ्रष्टाचारको आडमा जुन किसिमको मनपरीतन्त्र छ , त्यसलाई नियन्त्रण गर्न हामीले समयमा नै सचेत हुन सकेनौँ भने त्यसले अत्यन्तै नकारात्मक स्थिति पैदा गर्दछ।’

अहिले जनताको निराशा विस्तारै विद्रोहमा परिवर्तन हुँदै गएको उनको टिप्पणी छ। ‘भुसको आगो जस्तो सल्केर जनतामा जुन निराशा छ। समयमा निराकरण गर्न सक्नुपर्छ,’ उनले भने।

एमालेका सांसद ठाकुर गैरेले पाल्पाली जनताहरु स्वास्थ्य बिमाको सेवाबाट वञ्चित रहेको भन्दै सरकारको ध्यानाकर्षण गराएका छन्।

उनले जिल्ला अस्पतालमा एउटा डाक्टरको लागि मन्त्रीसँग भेटेपछि एकजना गएको पनि सरुवा गरेको भन्दै सरकारलाई के तरिका हो के भईरहेको भन्दै प्रश्न गरे।

‘पाल्पाली जनताले स्वास्थ्य विमा मार्फत सेवा पाउँनु पर्ने बाले, मन्त्रीसँग पनि आग्रह गरे तर पनि कुनै चासो भएन र पाल्पाली जनता अझै पनि विमा पाउँनबाट वञ्चित छन्। जिल्ला अस्पतालमा एउटा डाक्टरको लागि सदनमा बोले, मन्त्रीसँग पनि भेटेपछि एकजना डाक्टर १६ गते पुग्नु भयो तर १९ गते फेरि सरुवा भयो यो के तरिका हो के भईरहेको छ?’

 

प्रकाशित: २०८० असोज २५ गते बिहिबार ०४:०२
प्रतिक्रिया

थप समाचार

भारत–चीन जोड्ने कर्णाली करिडोर: व्यापार, पर्यटन जलविद्युतको सम्भावना 

सुर्खेत: भारतको जमुनाहादेखि चीनको हिल्सा नाकासम्म जोड्ने कर्णाली करिडोरलाई उत्तर–दक्षिण व्यापारिक मार्गका रूपमा विकास गर्ने लक्ष्य राखिएको छ। करिब ५०५ किलोमिटर लामो यो करिडोरले कर्णालीका...

स्पेनमा रेल दुर्घटनाः ६८ जनाको मृत्यु, तीन दिन राष्ट्रिय शोक घोषणा

काठमाडौं। स्पेनमा दुई तीव्र गतिमा कुदिरहेका रेल एकआपसमा ठोक्किँदा मृत्यु हुनेको संख्या ६८ पुगेको छ। यसअघि दुर्घटनामा ५० जनाको मृत्यु भएको विवरण सार्वजनिक भएको थियो। स्थानीय समयअनुसार बिहान...

कांग्रेसको नयाँ कार्यसमितिले आजदेखि जिम्मेवारी सम्हाल्ने

काठमाडौं । नेपाली कांग्रेसको १५औँ महाधिवेशनबाट निर्वाचित नयाँ केन्द्रीय कार्यसमितिले आजदेखि विधिवत् रूपमा पार्टी सञ्चालनको सम्पूर्ण जिम्मेवारी सम्हाल्ने भएको छ। ललितपुरको सानेपास्थित...

पौने तीन अर्बमा कुपन्डोलमा पाँचतारे ‘हायात प्लेस’ होटल बन्दै, दुई वर्षमा सञ्चालन हुने

हालसम्म होटलको ४८ प्रतिशत वित्तीय प्रगति भएको छ।कूल प्रगति मध्ये १७ प्रतिशत जग्गा खरिदको हिस्सा रहेको छ। होटल आगामी सन् २०२८ को मध्यमा सम्पन्न गर्ने लक्ष्य रहेको सायनले जनाएको छ।

पोखरामा ‘पल्सर आरपीएम’ हुँदै, स्टन्ट र स्ट्रीट कल्चरको रोमाञ्चक अनुभव लिन पाइने

काठमाडौँ: युवामाझ लोकप्रिय मोटरसाइकल स्टन्ट, एक्सन स्पोर्ट्स र स्ट्रीट कल्चरलाई समेट्दै ‘पल्सर आरपीएम’ कात्तिक १४ गते पोखरामा आयोजना हुने भएको छ। पोखरा रंगशालास्थित अन्नपूर्ण स्केट पार्कमा...
ambika
उद्योग

जहाँ संकट, त्यहाँ अम्बिका

सरकारी जागिर हुँदै पुँजीबजार, चन्द्रागिरीदेखि समस्याग्रस्त संस्थाको पुनरुत्थानसम्म, अम्बिकाप्रसाद पौडेलको जोखिम, सिकाइ र उद्यम यात्रा।
advance-international-hospital-nepal
स्वास्थ्य

भैरहवामा ४ अर्ब २० करोडको अत्याधुनिक अस्पताल अन्तिम चरणमा, पुसदेखि सञ्चालन गर्ने तयारी

नेपालगञ्ज मेडिकल कलेज, सञ्जिविनी नर्सिङ कलेज र सिटी अस्पतालका सञ्चालहरूले 'एडभान्स इन्टरनेसनल हस्पिटल'  निर्माण गरिरहेका हुन्।
TRISHULI_FLOOD (2)
पूर्वाधार

रसुवा–भोटेकोशी बाढीः ३२ हजारभन्दा बढी नागरिक प्रभावित, ७९ अर्बको क्षति

बाढीले निजी घरपरिवारतर्फ मात्रै ६९ अर्ब ५७ करोड रुपैयाँ र व्यावसायिक प्रतिष्ठानतर्फ ९ अर्ब ६० करोड रुपैयाँ बराबरको क्षति पुर्‍रयाएको प्रारम्भिक आकलन छ।
Bijuli_export
आर्थिक नीति

तीन महिनामा १६ अर्ब बढीको बिजुली भारत र बंगलादेश निर्यात

रसुवा बाढीका कारण केही जलविद्युत आयोजनाको उत्पादन बन्द भई निर्यात प्रभावित भए पनि गत वर्षको असोज र चालू आर्थिक वर्ष भदौको तुलनामा यस वर्ष असोजमा विद्युत निर्यातबाट प्राप्त कारोबार रकम बढेको...
rameshwar-shah-4
अन्तर्वार्ता

‘जनकपुरमा २ अर्बको होटलदेखि मुक्तिनाथसम्म लगानी गर्दैछौँ’ [अन्तर्वार्ता]

पर्यटकका लागि सबैभन्दा ठूलो कुरा सुरक्षा हो। उनीहरू आफ्नो पैसा र समय खर्च गरेर नेपाल आउँछन्। सुरक्षा जोखिमको सन्देश गएपछि बुकिङ रद्द हुनु स्वाभाविक हो।

सम्पर्क

Homepage Media Pvt. Ltd.
सूचना विभाग दर्ता नंः ३८६१-०७९/८०

Anamnagar, Kathmandu, Nepal
फोन: +977-9849664207
इमेल: [email protected]

विज्ञापनको लागि

फोन: : +977-9802356661
इमेल : [email protected]
  • अध्यक्ष/प्रधान सम्पादक
    नारायण अमृत
  • सम्पादक
    बाबुराम खडका
  • प्रमुख कार्यकारी अधिकृत
    जीवन तिम्सिना