काठमाडौं- सांग्रिला डेभलपमेन्ट बैंकले महिला बाइक राइडरहरुको स्वागत गरेको छ । स्टप सेक्सुअल भ्वाइलेन्स भन्ने मूल नारा बोकी जनचेतना फैलाउने उद्धेश्यले छिमेकी मुलुक भारतबाट सन् २०२३, अक्टोबर १ का दिन मोटरसाइकलमा नेपाल आएका दुई महिला बाइक राइडरलाई बैंकको केन्दि«य कार्यालय बालुवाटार काठमाडौंमा स्वागत गरिएको हो ।
सो स्वागत कार्यक्रममा बैंकका अध्यक्ष उज्जल सत्याल, प्रमुख कार्यकारी अधिकृत सुयोग श्रेष्ठ र बैंकका संस्थापक शेयरधनी हेमन्तकुमार प्रसादद्धारा भारतबाट नेपाल आएका बाइक राइडरद्वय स्वातीआर र अनिता एम को एक कार्यक्रमवीच स्वागत गर्दै आफ्नो मन्तब्य व्यक्त गरे ।
यस स्वागत कार्यक्रमले स्टप सेक्सुअल भ्वाइलेन्स भन्ने नारा बोकेर हिँडेका उक्त बाइक राइडरलाई प्रेरणा मिल्ने र सो सन्देशले नेपालमा समेत जनचेतना फैलाउने विश्वास बंैकले लिएको छ ।


