काठमाडौ- सगरमाथा लुम्बिनी ईन्स्योरेन्स कम्पनी लिमिटेड (सलिको) ले आफ्नो समाजिक उत्तरदायित्व अन्तरगत कास्कीको पोखरा महानगरपालिका १ मा निर्माणाधिन बिन्ध्यवासिनी प्राकृतिक चिकित्सालयको पूर्वाधार निर्माण तथा विकासको लागि आर्थिक सहयोग स्वरुप ५ लाख रुपैयाँ सहयोग प्रदान गरेको छ ।
‘विश्वासको सम्बन्ध, एकताको प्रतीक’ आदर्श बोकेको सगरमाथा लुम्बिनी ईन्स्योरेन्स कम्पनी लिमिटेड (सलिको) ले एक कार्यक्रमका बीच सो सहयोग प्रदान गरेको हो ।
कम्पनी व्यवसायिक कार्यमा मात्र नभई समग्र सामाजिक बिकासमा टेवा पु¥याउन लागि परेको भन्न सकिन्छ । व्यवसायिक समाजिक उत्तरदायित्वमा सचेत सलिकोले यस अघि समेत शिक्षा, स्वास्थ्य, गरिवीनिवारण जस्ता सामाजिक क्षेत्रमा आर्थिक सहयोग पु¥याउँदै आएको छ ।


