काठमाडौँ- नेपाल औषधि उत्पादक संघको अध्यक्षमा महेश प्रसाद प्रधान निर्वाचित भएका छन्।
राजधानीमा सम्पन्न २९औं वार्षिक साधारण सभाले प्रधानलाई अध्यक्ष पदमा निर्वाचित गरेको हो।
३६ मत ल्याएर विजयी बनेका प्रधानका प्रतिस्पर्धी विप्लव अधिकारीलेे १७ मत प्राप्त गरे।
यस्तै सदस्यहरुमा सुमित चन्द्र श्रेष्ठले सर्वाधिक ४७ मत पाए।
निवर्तमान कोषाध्यक्ष प्रभात रुंगटाले ४६ मत, पंकजकुमार तिवारी ४५, पृथ्वीराज राजभण्डारी ४३ मत पाएका छन्।
त्यस्तै सन्तोष बरालले ४१ मत, शैलेस वैद्य, सुदर्शन खगोली र सजनराज रेग्मीले समान ३९ मत पाएर निर्वाचित भएका छन्।


